ढ्दो मोटोपनको कारणले संसारभर ज्यान गुमाउने या दीर्घ रोगले पीडित हुने क्रम जारी छ । स्वस्थ्यकर जीवनशैलीको चार मुख्य बाधकहरू धूमपान, मदिरा, प्रशोधित कार्बोहाइड्रेट तथा जनावरबाट पाइने खानाको धेरै उपभोग हो ।
पोषणको विषयमा धेरै अध्ययन तथा अनुसन्धान भएका छन् । ७० प्रतिशत मृत्यु दीर्घकालीन रोगका कारणले हुन्छ, जुन स्वयं जीवनशैलीको परिणाम हो । सही जीवनशैलीको अनुसरण गरेमा ९० प्रतिशत टाइप–२ मधुमेह, ८० देखि ९० प्रतिशत मुटुरोग, ४० देखि ७० प्रतिशत क्यान्सर निराकरण गर्न सकिने तथ्य विभिन्न अनुसन्धान देखाएका छन् ।
–खानाबाट पाइने पोषण
खानाबाट पाइने पोषणलाई दुई भागमा विभाजन गर्न सकिन्छ । ती हुन्–
–म्याक्रोन्युट्रियन्स: प्रोटिन, कार्बोहाइड्रेट, फ्याट: जति धेरै यो वर्गको खाइन्छ उति नै आयु कम हुन्छ ।
–माइक्रोन्युट्रियन्स: भिटामिन, मिनरसल्स फाइटोकेमिकल्स, एन्टी अक्सिडेन्ट: यो वर्गका खाना जति धेरै खाइन्छ त्यति दीर्घजीवी भइन्छ ।
–फाइटोकेमिकल्स भनेको वनस्पतिमा पाइने विभिन्न जैविकको मिश्रण हो । एन्टिअक्सिडडेन्टको माने अक्सिडेसन गर्नबाट रोक्नु हो । जसको अर्थ कोष खराब हुनबाट बचाउनु हुन्छ ।