Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

आफूहरूविरुद्ध निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सरकारलाई गंगा दाहालको आह्वान, भ्रामक अफवाह फैलाउनेप्रति खेद व्यक्त

कालो किताब August 20, 2026 1 minute read
FB_IMG_1787247615457

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा आर्थिक अनियमितता र पद दुरुपयोगको भ्रामक प्रचार भइरहेको भन्दै त्यसको कडा शब्दमा खण्डन गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उहाँले जुनसुकै निकायबाट हुने कानुनी छानबिनका लागि आफू र आफ्नो परिवार तयार रहेको स्पष्ट पार्नुभएको छ।

नेपालको राजनीतिक तथा सामाजिक रूपान्तरण, नागरिक अधिकारको पुनर्बहाली र गणतन्त्र स्थापनाका लागि भएका बलिदानको इतिहास जोड्दै दाहालले विगतदेखि नै क्रान्ति र आन्दोलनसँग जोडिएका नेतृत्व तथा तिनका परिवारलाई लक्षित गरी अनर्गल प्रचार गर्ने काम भइरहेको उल्लेख गर्नुभएको छ। पुराना सामन्ती अवशेष र राजनीतिक प्रतिशोध साध्न खोज्ने तत्त्वहरूले सर्वसाधारणमा भ्रम फैलाउन यस्ता आधारहीन आरोप लगाएको उहाँको ठम्याइ छ।

“समाज परिवर्तनको क्रान्तिमा होमिएको हाम्रो बाल्यकाल असामान्य ढङ्गले बित्यो। भोलिको बिहानीको आशासमेत नगरी अनेकौँ रातहरू बिताएका हामीले आज सुन्नै नसकिने आरोप सार्वजनिक रूपमै सुन्नुपर्दा दुःख लागेको छ र गम्भीर ध्यानाकर्षण पनि भएको छ।”

विगतमा आफूहरूमाथि दुबईमा ४० अर्ब रुपैयाँ रहेको, भाटभटेलीलगायतका ठूला व्यापारिक संस्था र घरजग्गामा लगानी रहेको भन्दै अफवाह फैलाइएको तर ती आरोपहरू कुनै तथ्य र प्रमाणबाट पुष्टि हुन नसकेको उहाँले बताउनुभयो।

“कुनै पनि आरोप पुष्टि नभएपछि बजारमा अहिले ४० अर्बको ठाउँमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ। म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन्? हेक्का रहोस्, सत्य अन्ततः सत्य नै हुन्छ।”

उहाँले राज्यका कानुनी निकायले गर्ने जुनसुकै छानबिनमा सहयोग गर्न आफूहरू तयार रहेको र दोषी ठहरिए कारबाही भोग्न पनि तयार रहेको स्पष्ट पार्नुभयो। सम्पत्ति विवरण सरकारसमक्ष पहिले नै बुझाइसकेको उल्लेख गर्दै उहाँले बिनाकारण र बिनाप्रमाण लगाइने आरोप स्वीकार्य नहुने बताउनुभयो।

एक छोरीका नाताले र क्रान्तिको निरन्तरताका रूपमा आफ्ना बुवालाई सहयोग गर्नु अपराध हो र? भन्दै उहाँले समाजका अगुवा र आम नागरिकसमक्ष प्रश्नसमेत गर्नुभएको छ।

“हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ। हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन राम्रोसँग थाहा छ। हामी मृत्युवरण गर्छौँ तर जनतालाई धोका दिन सक्दैनौँ, यही नै हाम्रो स्कुलिङ हो। आफ्नो व्यक्तिगत जीवनसमेत नभनी मैले छोरीको नाताले बुवालाई सहयोग गर्नु नै अपराध हो त?”

दाहालले जनयुद्ध र जनआन्दोलनको जगमा बनेको संविधान तथा कानुनी शासनप्रति आफ्नो पूर्ण निष्ठा रहेको दोहोर्याउँदै सम्पूर्ण न्यायप्रेमी नागरिकहरूलाई यस्ता प्रायोजित र भ्रामक प्रचारको भ्रममा नपर्न हार्दिक अनुरोध गर्नुभएको छ।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: चोरेर समातिएका राजदूतदेखि शरणार्थी बनेकासम्म: कुटनीतिको कालो इतिहास!
Next: संसदलाई लत्याउने, प्रश्न गर्ने पत्रकारलाई हत्कडी! बालेन सरकारमाथि विश्व समुदायको गम्भीर प्रश्न

Related Stories

Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0
FB_IMG_1788448363364

KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

कालो किताब September 3, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.