राजाबादी गिरोहको आक्रमणले खरानी भएको देशको धरोहर जडिबुटी स्थित औषधि कारखाना अबलोकन गरियो । त्यहबाट बाहिर निस्किने क्रममा एक बुढा बा संग भेट भयो । वहाले भन्नुभयो – “नेपालको निकायहरु परिपक्क हुनअझै दसकौ लग्ने रछ ।” मैले सोधे किन बा? – “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा आयोजित कार्यक्रम भन्ने शब्द जिल्ला प्रहरि कार्यालयले निकालेको बिग्यप्तिमा प्रयोग गरेको पाईयो । “जसरी यो शब्दलाई स्विकार्दै र पत्याउदै त्यसदिनको क्रुर हिंसात्मक गतिबिधिलाई सुगन्धित शब्दका फुलमालाले सजाईदिने सारथि प्रहरी नै हुन खोजेको ह हैन ? या नेपाल प्रहरिको बिबेक पुगेन ? आश्चर्य लागेको छ ।” जनताको सार्वभौमिकता, रास्ट्रीय अखण्डता, शन्ती, स्थायित्व र सह अस्तित्व बिरुद्ध मात्र हैन देश नै इण्डियामा मिलाउनुपर्छ भन्ने दुर्गा प्रसाईं सहितका राजाबादी समुहद्वरा प्रायोजित यी जाली शब्दलाई राज्यले समेत सोहिरुपमा स्विकार्दै हौस्यौउनु गलत भएको र बरु भन्दा ग्यानेन्द्र शाह द्वारा परिचालित लोकतन्त्र बिरोधी अरास्ट्रीय तत्व भनेको भए उपर्युक्त हुने उनको भनाई थियो । ती बाले थप अरु केही भन्दै हुनुहुन्थ्यो हामी अलिक हतारमा भएकाले बाहिरियौं ।