यहि चैत्र १५ गतेको राजाबादिहरुको कार्यक्रम शान्तिपुर्ण हुने भनिए पनि जनहत्या, लुटपाट, तोडफोड र आगजनीबाट रास्ट्रको खरबौ रुपैया खरानी भयो । एक पत्रकारलाई जिउदै जलाईयो । आन्दोलनकारिहरुको अपराधिक गतिबिधिको फोटो भिडियो लिने पत्रकारहरु धम्क्याईए । अतिबादले चरम सिमा पार गर्यो । काठमाण्डौ पुरै आतंकित भयो । शहरका सबैजसो सिसिटिभी क्यामेरा फुटाईए । सुपरमार्केटमा लुटपाट गरियो । सडक तथा पेटिका सार्वजनिक संपती सबै तोडफोड गरियो । सर्वसाधारणका घर, अफिस, कोठाका महगा सामानहरु चोरियो । यो तमाम हर्कतहरु हुदा सहर कुरुप हुने नै भयो । एकजना आन्दोलनकारी पनि मरे । जडिबुटिको सरकारी औषधि कारखाना , मेसिन उपकरण र उत्पादित औषधीहरु जलाईए । सैयौ कारहरु जलाईए ।
मानिलिउ एउटा खतरनाक गिरोह जस्ले जे सुकै गर्छ, उस्का अगाडि समाज र राज्य निरीह छ । यस घटनाबाट शहर फोहोर भएको र सरसफाई नगरेको भन्दै काठमाण्डौ महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोक्यो । आन्दोलनका मुख्य आयोजक वा कमण्डर पुर्व राजा ग्यानेन्द्र शाह भएकाले यो जरिवाना उसैबाट असुल्न महानगर टोलि पत्र लिएर निर्मलनिबास गयो । तर बीभत्स दरवार हत्या काण्डहुदा समेत अनुसन्धान त परको कुरा भयो, एउटा प्रस्न सोध्न समेत नपाउने असिमित संबैधानिक उन्मुक्तिको उपभोग गर्दै रैतिमाथी शासन गर्दाको मज्जा भुलेका छैनन । यसर्थ ग्यानेन्द्रले कानुन मुताबिक जरिवाना तिर्ने कुरै थिएन । उनका दाजु राजा हुदाको समय हुन्थ्यो भने बालेनको टाउको पत्रकार पदम ठकुराठिको जस्तै आधा मात्र बाकी रहन्थ्यो । उनी आफै राजा हुदाको समय हुन्थ्यो भने अरु केके हुन्थ्यो।
दाजु राजा हुदा समेत संबैधानिक उन्मुक्तीमा हालिमुहाली गरेका ग्यानेन्द्र दरवार हत्या काण्ड पछि फेरि दोस्रोपटक राजा भएका ब्यक्ती हुन । जुनसुकै अपराधमा कानुन नलाग्ने असिमित उन्मुक्तिको अभ्यास गरेका पुर्व राजालाई महानगरले कानुन बमोजिम जरिवाना पत्र पठाएको मन परेन र पत्र बुझ्न अस्विकार गरियो । अन्तत महानगरले उक्त जरिवानाको पत्र हुलाकबाट पठायो ।
नेपाल राजनितिमा कित दासताले घर गरेको छ भने कित कायरता । यत्रो बीभत्स १५ गतेको घटनाका दोसि ग्यानेन्द्र शाहलाई पक्राउ गर्न नसकेको संघिय सरकारलाई सबक हुने गरि महानगरले जरिवाना तिराउने निर्णय गर्यो । यसबेला बालेन शाह प्रधानमन्त्री हुन्थे भने संभवत यसबेला ग्यानेन्द्र शाह पुलिस हिरासतमा हुन्थे । अर्थात नागरिक सर्वोच्चता र कानुनी समानता बालेनले मात्र कायम गर्न सक्ने रहेछन भन्नै कर लाग्यो ।
समानता कायम गर्न निर्भिकता र इमान्दारिता पनी आबस्यक छ जुन बालेनले देखाए ।
अर्कोतिर राजाबादी गतिबिधिका लागी ग्यानेन्द्र शाहले प्रवाह गरेको होस या बिदेशबाट आएको होस, तमाम पैसाको प्रवाहको खोजी हुन नसक्नु र बिध्वंशकारी गतिबिधी बढिरहनुले संघिय सरकारको कमजोरी देखिन्छ ।