Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

​सभामुख सरकारको सजिलोका लागि काम गर्ने व्यवस्थापक होइनन्, संसदको गरिमा र नियमको संरक्षक हुनुपर्दछ- महेश बर्तौला

कालो किताब May 31, 2026 1 minute read
file_00000000d45871fa9a647c1fe2861394

आजको प्रतिनिधिसभा बैठकले संसदीय प्रक्रियाको मूल आत्मामाथि गम्भीर प्रश्न उठाएको छ। के संसद विधि, नियम र प्रक्रियाले चल्ने सर्वोच्च संस्था हो वा सत्तालाई सहजता दिने औपचारिक मञ्च मात्रै? आज बसेको प्रतिनिधिसभा बैठकको क्रममा प्रधानमन्त्रीले आकस्मिक रूपमा हात उठाएकाले सभामुखले तत्काल रोस्ट्रम प्रयोग गर्न अनुमति दिनु, त्यसपछि दलीय आधारमा एक-एक जनाले दुई मिनेटभित्र प्रधानमन्त्रीलाई प्रश्न गर्न सभामुखको आसनबाट रुलिङ हुनु र अनि प्रधानमन्त्रीले सांसदहरूले उठाएका विषयमा फटाफट कुनै तयारीविना फगत औपचारिकता पूरा गर्न जवाफ दिएर हडबडाउँदै बैठक कक्षबाट बाहिरिनु सामान्य संसदीय अभ्यास र नियमभन्दा बिल्कुल फरक एवं प्रक्रियागत रूपमा निकै विवादास्पद र त्रुटिपूर्ण रहेको देखिन्छ।

संसदीय नियमावलीअनुसार प्रधानमन्त्री वा मन्त्रीले संसदमा जवाफ दिनुपर्दछ, तर त्यो पूर्वसूचना, बैठकको कार्यसूची र व्यवस्थित संसदीय प्रश्नोत्तर प्रक्रियाभित्र मात्र सम्भव हुन्छ। आजको बैठकको दृश्य र सभामुखको बैठक सञ्चालनको समग्र तरिका हेर्दा न त बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुनै पूर्वजानकारी नै रहेको देखिन्थ्यो, न त स्पष्ट संसदीय प्रक्रिया अवलम्बन नै गरिएको देखिन्थ्यो। यसले प्रधानमन्त्रीले दिएको जवाफ कुन हैसियतमा आएको हो भन्ने प्रश्न समेत उठाएको छ। प्रधानमन्त्रीले त्यो जवाफ प्रधानमन्त्रीको हैसियतले दिनुभएको हो, रक्षामन्त्रीको हैसियतले दिनुभएको हो वा गृहमन्त्रीको हैसियतले?

संसदमा सरकारको तर्फबाट जवाफ दिने प्रक्रिया स्पष्ट र विधिसम्मत हुनुपर्छ। सांसदहरूलाई समेत कुन विषयमा जवाफ आउँदैछ भन्ने जानकारी हुनुपर्छ, ताकि आवश्यक पूरक प्रश्न र संसदीय निगरानीको भूमिका प्रभावकारी बन्न सकोस्। आजको बैठकको दृश्यले सभामुखको भूमिकामाथि स्पष्ट रूपमा प्रश्न उठाएको छ। सभामुख संसदको निष्पक्ष अभिभावक हो, कुनै दल वा सरकारको सुविधाका लागि काम गरिदिने व्यवस्थापक होइन। उहाँबाट अपेक्षा गरिने कुरा निष्पक्षता, तटस्थता र नियमको कठोर पालना हो। सभामुख सरकारको सहजकर्ता होइन, संसदको गरिमा र नियमको संरक्षक हो। तर सभामुखबाट प्रक्रियाभन्दा परिस्थितिलाई प्राथमिकता दिएको स्पष्ट रूपमा देखिएको छ। यस प्रकारको अभ्यासले विपक्षी वा सांसदहरूलाई मात्र होइन, स्वयं सभामुख, प्रधानमन्त्री र उहाँको दललाई पनि दीर्घकालीन रूपमा फाइदा गर्दैन।

संसदीय नियमावलीले सभामुखलाई बैठक सञ्चालनको सन्दर्भमा केही विशिष्ट अधिकार दिए पनि त्यो अधिकार मनोमानी रूपमा सत्तालाई सुविधा वितरणका लागि होइन, निष्पक्षता र प्रक्रियाको साथसाथै संसदीय मूल्य-मान्यता र गरिमाको रक्षा गर्नका लागि हो। प्रधानमन्त्रीको संसदमा उपस्थिति संसदीय दृष्टिले सकारात्मक भए पनि त्यसलाई विधिसम्मत प्रश्नोत्तर प्रणालीभन्दा बाहिर आकस्मिक शैलीमा प्रयोग गर्दा संसदीय निगरानी कमजोर हुन्छ। सांसदहरूलाई पूर्वजानकारी नदिई आकस्मिक रूपमा प्रश्न गर्न उर्दी लगाउने र तत्क्षणमा जवाफ दिने अभ्यासले संसदलाई प्रभावकारी बहस र खबरदारी गर्ने लोकतान्त्रिक संस्थाका रूपमा होइन कि केवल सरकारको सहजताअनुसार औपचारिकता प्रदर्शन गर्ने थलोका रूपमा विकास गर्छ।

संसद र सभामुखको मूल दायित्व सरकारलाई सहज मात्रै बनाउनु होइन, बरु सरकारलाई प्रश्न गर्ने, खबरदारी गर्ने र जनताप्रति जवाफदेही बनाउने हो। तर आजको बैठकमा बिल्कुल फरक दृश्य देखियो। संसदको आजको बैठकले के स्पष्ट सन्देश दिएको छ भने संसदीय प्रक्रिया क्रमशः कमजोर हुँदै गएको छ, नियमको व्याख्या र प्रयोग परिस्थितिअनुसार गरिँदै छ र संसदको संस्थागत मर्यादा प्रधानमन्त्री केन्द्रित व्यवस्थापनतर्फ झुकेको छ। यदि यही प्रवृत्ति निरन्तर रह्यो भने संसद सांसदहरूको केवल उपस्थिति जनाउने मञ्चमा मात्रै सीमित हुन्छ र लोकतन्त्रको आत्मा—जवाफदेहिता, पारदर्शिता र संस्थागत सन्तुलन—कमजोर हुँदै जान्छ। संसदको गरिमा कुनै व्यक्तिको सुविधा वा सत्ता वा दलगत राजनीतिक सहजताभन्दा माथि हुन्छ र हुनै पर्दछ। नियमावली, प्रक्रिया र निष्पक्षताको कडाइका साथ पालना नै संसदीय लोकतन्त्रको वास्तविक शक्ति हो। सभामुखबाट यही नै अपेक्षा गरिन्छ।

— महेश बर्तौला

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: अझै षड्यन्त्र गर । सुकरात बनेर झुण्डिन तयार छु- जनआस्था संपादक किशोर श्रेष्ठको रास्वपा लक्षित जवाफ
Next: कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?

Related Stories

IMG-20260614-WA0005

नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला

कालो किताब June 14, 2026 0
20260608_163849

भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !

कालो किताब June 8, 2026 0
Screenshot_20260607_164814

सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video

कालो किताब June 7, 2026 0

Recent Posts

  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
  • सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video
  • प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
  • कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
  • सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video
  • प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
  • कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

IMG-20260614-WA0005

नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला

कालो किताब June 14, 2026 0
20260608_163849

भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !

कालो किताब June 8, 2026 0
Screenshot_20260607_164814

सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video

कालो किताब June 7, 2026 0
FB_IMG_1780542096534

प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?

कालो किताब June 4, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS News feeds

Recent Posts

  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
  • सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video
  • प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
  • कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.