काठमाडौं, चैत १६, २०८१ – अराजकता र आतंकको बलमा लुटपाट, हत्या र विध्वंसका गतिविधि मार्फत ज्ञानेन्द्र शाहलाई राजा बनाउने ठेक्का लिएकाहरूले यति सम्म झूट प्रचारमा ल्याए कि प्रहरीले विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था आयो। प्रहरीलाई गाडीले किचेर अघि बढ्ने प्रयास हुँदा समेत प्रहरीले सामान्य बल प्रयोग गरेन, जबकि उनीहरू समूहसहित संसद् भवनतर्फ जाँदै थिए।
तर, दुर्गा प्रसाईंले भने, “सरकारले मलाई मार्ने भएपछि अज्ञात स्थानमा लुकेको मात्र हुँ, भागेको होइन,” भन्दै मजाकको रूपमा प्रस्तुत गरेका छन्। यता, चोरीडकैतीको फुटेज बाहिरिएपछि राप्रपाका केही नेताहरू प्रहरी नियन्त्रणमा छन्।
सामाजिक सञ्जालमा एनी कुँवर भनिने एक राजावादी महिला र उनका अर्का साथीले माथिल्लो तलाको कोठामा भिडियो खिचिरहेका पत्रकार सुरेश रजकलाई चाबी लगाएर थुनेको र तल्लो तलाको कोठामा मट्टितेल हालेर आगो लगाएको घटना सार्वजनिक भएको छ।
उनीहरूले भिडियोमा पानीले आगो निभाएको दाबी गरेका छन्, तर आगो नभएको ठाउँमा पानीले के निभाउन खोजियो? यदि उनीहरूको नियत आगो निभाउने थियो भने आगो लगाउने नै थिएनन्। भिडियोमा देखिएअनुसार उनीहरूले पानी नभई पेट्रोल वा अन्य प्रज्वलनशील पदार्थ कोठामा छरेका थिए।
त्यसपछि उनीहरूले आगो झोस्दै तल झरेर नाटकीय भिडियो बनाएका छन्। यो घटना निर्मल निवास ब्यक्तिहरुले गतेको फेखिन्छ । त्यसपछि दन्किएको आगो निभाउन आएको दमकललाई भगाईदिन्छन र जसोतसो प्रहरीको दमकल आइपुग्दा समेत उनीहरूले आक्रमण गरी आगो निभाउन दिएनन्। लुटपाट र चोरी गरेको भिडियोहरु नै सार्वजनिक छन ।
रहस्यमय कुरा के छ भने, अघिल्लो दिन राजावादी नेता तथा एभिन्यूज टिभीका मालिक भास्कर राज राजकर्णिकारको नेतृत्वमा राजावादी आन्दोलनलाई घनीभूत पार्ने आह्वान गरिएको थियो।
भोलिपल्ट एभिन्यूजकै पत्रकारलाई राजावादीहरूले नै मारेका छन्, आसंका देखिन्छ । यसले मिडिया मालिक र पत्रकारबीच वैचारिक मतभेद थियो वा ती पत्रकार राजावादी थिएनन् भन्ने प्रश्न उठ्छ। राजावादीहरूले किन दुस्मनी साँधे? कारण के हो? अनगिन्ती आसंका छन । यश तहको क्रुरता राजनितिको कुन आचरणम पर्ला ? आरोप मात्र हो या सत्य नै यहि हो? समयले देखाउला । कामाना गरौ यो अनुमान झुटो साबित होस ।
जे होस्, माथिका कुराहरूको वास्तविकता प्रहरी अनुसन्धानले बाहिर ल्याउने नै छ र यो विषय अदालतसम्म पुग्न सक्छ र सत्यता खुल्ने छ ।
यो अपराधमा संयुक्त रुपमा संलग्न राजाबादिहरु दोस भने एक अर्कालाई पन्च हाउन उधत छन । भने उनै पस्चातप नहुनुलाई राजाबदी समुहको मनोबललाई उदांगो बनाउछ ।
समग्रमा राजाबादिहरु यो आरोपलाई आंसिक मात्र स्विकार्छन भने नाइके मध्यका एक दुर्गा प्रसाईं फरार छन र नाटकिय बयान दिइरहेका छन । चोरिको आरोपमा अहिले सम्म ४९ जना राजाबादिहरुलाई प्रहरिले पक्राउ गरेको छ । तर, राजावादीहरूले पत्रकार रजकको शवमा गोली भेटिएको भन्दै सामाजिक सन्जालमा काल्पनिक भ्रम फैलाएपछी प्रहरीले जवाफ दिएको छ ।
प्रहरीले भनेको छ- “पोस्टमार्टम नै भै नसकेको ब्यक्तिको शरिरमा गोलि रहेछ भन्ने जस्ता झूटा प्रचार गर्ने, सेयर वा लाइक गर्नेलाई दण्डित गर्ने चेतावनी दिएको छ।
पक्राउ परेका ४१ जनाको लिस्ट हेर्नुहोस ।





