यौन जन्य लालच या जाल सिर्जना गरि फसाएर पैसा बार्गेनिङ गरि ठगी गर्ने कसुरमा जोडिएकी आरोपित भैसेपाटी प्रहरी इन्स्पेक्टर बिनु कुमारी शाही १ महिना देखि फरार थिईन । आज भने उनले जिल्ला अदालत ललितपुरमा आत्मसमर्पण गरेकी छिन ।
हुन त तिकडम या प्रभाव सिर्जना गर्न सक्नेहरु हिरासतलाई छल्न फरार हुने र सिधै अदालत जाने प्रचलन नेपालमा ब्यापक रुपमा देखिदै आएको छ ।
त्यसैगरी फरार रहेकी बिनुको अहिले बेलुका सवा ४ बजे सम्म पनि ललितपुर जिल्ला अदालतमा बयान जारी छ । आजको अदालती बसहले बिनुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कि बाहिरै छोडेर अनुसन्धान गर्ने भन्ने आदेश हुने जिल्ला अदालत ललितपुरका सुचना अधिकारी राम सजिवन महतोले कलोकिताबलाई बताए ।