ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तथा विशाल नेपाल कम्युनिस्ट पार्टीको शान्तिनगरस्थित संयुक्त कार्यालयको ताला पुस ३ गते तोडफोड गरिएको छ । ताला फोरेर खुलै रहेको अर्को ताला ढोकामा झुन्ड्याइदिएको पाइएको छ । त्यहाँ मोर्चा र पार्टीका कुनै कागजपत्र नराखिएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बताउनुभयो । उहाँका अनुसार यसभन्दा अघि मोर्चाको कार्यालय मैतीदेवीमा हुँदा पनि पटकपटक ताला फोरिएको थियो ।
ग्रेटर नेपालको अभियान बिरुद्ध षड्यन्त्रमा लागेका देशि-बिदेशी गिरोहले महत्वपुर्ण कागगात र फसाउन सकिने डकुमेन्ट लिने उद्देश्यले ढोकाको ताल्चा फोरेको हुनसक्ने फणिन्द्र नेपालले बताए ।