सतिले सरापेको देश ? नेपाल पक्कै पनि त्यस्तो हैन किन भने यो सत्य नै हैन । यो त् हारको मनस्थिति बोकेका कर्म नगरेर अन्धबिस्वास र भाग्यबादको भ्रममा बाच्नेहरुले बोल्ने कुरा मात्र हो अर्थात यस्ता अन्धबिस्वासलाई हतियार बनाएर शासन गर्नेहरुले रैती कमजोर बनाउन रचिएको बाक्यांश मात्र हो।
त्यसो भए किन नेपालको हबिगत उस्तै छ ? हिजोका राणा, राजा, पन्च र सामन्तको शोशण बिरुद्ध दर्जनौ क्रान्ति भए। पुरानो ब्यबस्था पतन र नयाँ व्यबस्थाको स्थापना संगै नयाँ नेता-शासकको उदय हुदै गर्दा नयाँहरु प्रति जनताको भरोसा पनि हुने नै भयो। तर हरेक नयाँ पात्र र सत्ताका नाइकेहरुले जनतालाई धोकादिने मात्र हैन अत्याचार गरे। राणा-राजा र राजपरिवारको चाकरी गरेर राजनीति गरेका पंचहरु(२०४७ सालको परिवर्तन पछि हालको राप्रपा) को बिकल्पमा कांग्रेस र एमाले जस्ता पारि राज्यको मूल शक्ति भएर आए।
संसदिय ब्यबस्था भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो। दरवारिया भाइ भारदार, एमाले कांग्रेस र राप्रपाले देश नै बेचेर खाए। देश गरिबी र अविकासको सिकार भयो। भ्रस्टाचार,अत्याचार र जातीय -क्षेत्रीय विभेद बढ्यो, महाकाली -टनकपुर जस्तो रास्ट्रघाति सन्धि गरेर देश इन्डियालाई बुझाए , बिदेसी हस्तक्षेप र अक्सर इन्डियाको सिमा अतिक्रमणले देशको क्षेत्रफल निरन्तर घटिरहदा अस्तित्व नै खतरामा परिरहेको छ। यो हबिगत हुदा समेत संसदबादी शक्तिहरु बिदेसिको चाकरी गरेर सत्तामा रमाईरहे । देखिएको पनि यस्तै र माओबादिले आरोप लाएको पनि यस्तै थियो । यी तमाम बेथितिलाइ मुद्धा बनाएर माओबादिले जनयुद्ध थालनी गर्यो र नागरिकहरुले अपार समर्थन र सहभागिता पनि जुट्यो। १० बर्षको सशस्त्र जनयुद्ध पछि राजनैतिक दलहरु माओबादिको मुद्धामा सहमत भए पछि २०६५ सालमा देशमा गणतन्त्रको स्थापना पनि भयो र संबिधान सभामार्फत संबिधान बनेको पनि १० बर्ष हुन् लाग्यो।
के हिजो राखेका मागहरु आज पुरा भयो ? नेपालको हबिगत प्रमाणका रुपमा साक्षी नै छ। यहि बहिगतबाट आक्रान्त भएका जनतालाई विकल्प दिने नयाँ शक्ति चाहिएको थियो।
आम नेपालि जस्तै धन कमाउन अमेरिका गएका रबि लामिछानेको त्यहाको बसाइ निकै कस्टकर थियो। कुनै प्राबिधिक र उच्च शिक्षा अध्यन नभएका कारण आम नेपालीले गुजारा चलाउन अमेरिकामा जस्तो काम गर्नु पर्छ त्यहि गर्नुको विकल्प थिएन। किन भने उनको पढाइ १२ क्लास मात्र थियो। त्यस माथि बहु बिवाह र पारिवारिक खटपट, आर्थिक सकस लगायतले उनलाई नेपालमा आएर टेलिभिजनमा काम गर्नु सुरक्षित बहसुत भयो र त्यसै गरे। नेपालको हबिगत बुझेका रबि लामिछानेले नेपाल आएर न्युज २४ टेलिभिजन मार्फत आफुलाई चर्चित र लोकप्रीय बनाए। मनग्गे नाम कमाए । राप्रमा नेता उद्धब पौडेलकि डिभोर्सि छोरी संग (३+) बिहे गरे। अविकास, भ्रस्टाचार, बेथिति , रास्ट्रघात , गरिबी , अशिक्षा जस्ता समस्याले आक्रान्त नेपालि जनता माथिको पत्रकारिता देशका लागि हितकारी रहयो। तर यहि नागरिक हितकारी पत्रकारिताको आबरणमा जब उनले राजनीति गर्न थाले उनको मात्र हैन देशकै दुर्दशा सुरु भयो।
रबिलाई राजनीतिमा जाने भुत यति भयानक रुपमा सबार भयो कि त्यसका लागि जे सुकै गर्न सक्ने हदमा उत्रीए । डाक्टर बाबुराम भट्टराई , पुर्व प्रधान न्यायाधिश सुशिला कार्की लगायतलाई विज्ञका रुपमा राखेर सडक बाटै प्रधानमंत्री बनाउने अभियान भनेर हल्ला चलाए र आफ्नो लोकप्रीयताको आडमा उनले द लिडर नामक कार्यक्रम चलाउने भन्ने बहानामा हजारौ युवाहरुबाट करोडौ पैसा समेत उठाएका थिए। त्यसो गर्दा आफु आयोजक नै प्रधानमन्त्री घोसित हुन् नसक्ने देखेर सायद त्यसलाई त्यहि बन्द गरे। यहा भित्र पनि रहस्यमय खिचडी पाकेको श्रोतको भनाइ छ।
रबिको लोकप्रियता यति चुलिदै गयो कि उनको नयाँ टेलिभिजन खोल्ने र त्यसैलाई प्रयोग गरेर प्रधानमन्त्री बन्ने महत्वकांक्षा खहरेको भल भन्दा तिब्र बन्यो। उनले ट्याकार टुकुर गरेर केहि लाख जम्मा गरेका पनि थिए। तर त्यति नै मात्र पैसाले टेलिभिजन खोल्न संभव पनि थिएन।
नेपालको भ्रस्ट, दलाल , गैर जिम्मेवार र असक्षम कर्मचारीतन्त्र र राजनीतिको चुपुवामा परेका लाखौ युवाहरुको राज्य प्रतिको असन्तुस्टि र आक्रोशलाई भजाउन सक्ने तागत भएका पत्रकार रबि लामिछानेले जसरि पनि आफ्नै टेलिभिजन खोल्ने र त्यसका लागि मिडिया कर्मका दौरान संबन्ध स्थापित भएका तस्कर माफियाहरुको सहारा लिने निर्णयमा पुगे। त्यसैको परिणाम थियो जीबी राइ सहितको गिरोह संगको संबन्ध। तर सायद उनलाई यो थाहा थिएन होला, दलाल र तस्करहरु म संगको संबधमा आउनु भन्दा पहिले कैयौ पार्टीमा पसेर आएका हुन्छन भनेर। जीबी राइको धन कुम्ल्याउने धन्दाको सहयात्री रबि लामिछाने एकजना मात्र हैन बिगतमा कांग्रेसीहरु पनि उत्तिकै सारथि रहेको पाईनुले पनि आसंकालाइ पुस्ट्याउछ।
यसरि पार्टनरशीपमा कम्पनि खोलेर जीबी राइ संगको सहकार्यमा रविले ग्यालेक्सी ४ के नामक टेलिभिजन खोल्ने र टेलिभिजनमा सरकारका बेथिति बिरुद्ध लोकप्रिय प्रस्तुति दिदै अझ लोकप्रियता बढाउने र अनुकुल पारेर राजनीतिमा जाने रणनिति तय गरे । आफ्नै टेलिभिजन र उक्त टेलिभिजनमा कार्यरत सैयौ पत्रकारहरु भएपछी जसरि पनि चुनाब जितिन्छ भन्ने उनले बुझेका थिए र त्यसै गरे। जीबी राइले कांग्रेसी संगको सम्बन्धबाट जति कालो धन जम्मा गरे त्यो भन्दा बढि रबि संगको संगतबाट कमाइ हुने ठानेर नै होला रबि संगको सहकार्यका लागि जीबी राइ तयार भए।
कुशासन, बेथिति र भ्रस्टाचारले थिल्थिलो भएको देशका जनतालाई खुसि पार्ने सपना बाड्दै पत्रकारिता गरिरहेका रबि लामिछानेले पत्रकारिता फर्फत देशको बेथिति र भ्रस्ट राजनीतिलाई सुधाने भन्दा पनि नागरिक असन्तुस्टिलाइ टेकेर आफु पनि राजनीतिमा जाने माध्यम बनाए। त्यसका लागि जीबी राइ संगको सहकार्यमा सहकारी रकम अपचलन गरेरै भए पनि ग्यालेक्सी टेलिभिजन खोल्न लागि परे। सायद गगन थापा लगायतका कांग्रेसको साथ् पाएपछि यो सबै पचिहाल्छ भन्ने लागेको पनि हुन्छ तर २०७९ को चुनाबमा एकाएक २० सिट आएपछि कांग्रेस भन्दा के कम भन्ने भावना रबिमा जागेको पनि हुन् सक्छ। त्यस माथि सत्ता समिकरणका समय कांग्रेसको अनुकुल नचलेको परिणाम पनि रबि र कांग्रेस संबन्धमा दरार आयो। यसर्थ रबिलाइ तह लाउन कांग्रेसले जीबी राइको समेत बलि नै चढायो भन्दा फरक पर्दैन।
यसर्थ न्युज २४ टेलिभिजनले चर्चित बनेका रबि लामिछाने अर्को टेलिभिजन ग्यालेक्सी ४ के मार्फत नांगिए। कुसासन र बेथितिको विकल्प दिने आशा बाड्दै राजनीतिमा आएका रबि लामिछानेको जन्म नै गैर कानुनि धन्दाको जगमा भएको रहेछ भन्ने देखिनु नेपालि जनता माथिको धोका हो।
त्यसो भए अबको विकल्प के ? जुन जोगी आएपनि कानै चिरेको ? या समयले अर्को विकल्प दिने छ ? नयाँ आउनेले फेरी धोका दिदैंन भन्ने के ग्यारेन्टी ? प्रश्न मात्रै हो त् ? समाधान छैन ? अबस्य छ। किन मैदानमा भएकालाई जनताले सुधार्ने छन् , या भएका मध्य कम भ्रस्टलाइ रोज्ने छन् या फेरी पनि नयाँ राजनैतिक शक्ति र नेतृत्व जन्मिने छ र बिगतका तमाम धोकेबाजहरुलाई सिमित गरिदिने छ। तर यसका लागि अहिलेको जस्तो झोले-सक्रिय कार्यकर्ताको कर्म छोडेर आफ्नो नेतृत्व , सरकार या जोसुकै प्रति स्वतन्त्र खबरदारी गरिरहने र चुनाबका बेला माथि उल्लेखित कुनै विकल्पलाई रोज्दै भोट दिने विधिको बिकास नभए सम्म देशको हबिगत सुध्रेला जस्तो देखिदैन।
यस कारण यहा भ्रस्ट, तस्कर , माफिया र अक्सर संसदिय ब्यबस्था रहेको देशका राजनितिज्ञहरुको कुनै पार्टि हुदैन, जात हुदैन , वर्ग हुदैन बरु हुन्छ भने उनीहरुको जात अर्थात थर भनेको भ्रस्ट, वर्ग भनेको सामन्त । वर्ग बिहिन , जातीय विभेद रहित समाजमा २ जाति हुन्छ भनेको सायद यहि हो एउटा भ्रस्ट अर्को सामन्त ? यो बिबेचना पनि आखिर निरासाकै परिणाम न हो। तर पनि आशाका किरणहरु अबस्य देखिने छन्। बिस्वमा बहादुर ठानीएको नेपलिको देश। शान्ति सेनामा बिस्वकै सबै भन्दा बढि सैनिक खटाएर इतिहास रचेको नेपालीको देश। स्वतन्त्रता, स्वाभिमान र अस्तित्वको रक्षाको लागि भयानक युद्ध लडेका न्यायप्रेमी नेपालीहरुको देश यो धर्ति रहेसम्म अटल र अमर रहने नै छ तर बिकाशको गति धोलो भएको मात्र न हो। सबै लागे असंभव के छ र !