Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

​रोल्पा घटनामा रास्वपाद्वारा दुःख व्यक्त: महामन्त्री विपिनद्वारा विज्ञप्ति जारी

कालो किताब August 13, 2026
IMG-20260813-WA0004

​रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त: प्रभावकारी खोजी र राहतको माग
​

काठमाडौँ। अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको निधन र ५ जना बेपत्ता भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले विपद्‌मा परी अकालमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ साथै बेपत्ताहरूको प्रभावकारी खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

​

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा पछिल्लो २४ घण्टामा रोल्पा लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरिएको छ। यस्तो कठिन परिस्थितिमा पनि सीमित स्रोतसाधनका बाबजुद उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकको प्रयास सह्रानीय रहेको विज्ञप्तिमा उल्लेख छ।

​

विपद् आइसकेपछि मात्रै तात्ने र पूर्वतयारीमा सधैं चुक्ने परम्परागत तथा फितलो कार्यशैलीकै कारण आम नागरिकले बर्सेनी ज्यान गुमाउनु परिरहेको भन्दै रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीय) लाई विपद्‌को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न र प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ।

​

निरन्तरको वर्षाले देशभरको जनजीवन, सडक सञ्जाल र बस्तीहरू जोखिमपूर्ण बनेकाले सम्भावित विपद्‌बाट जोगिन उच्च सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नदी किनार तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन रास्वपाले आम नागरिकमा अपिल समेत गरेको छ। साथै, पार्टी संयन्त्रलाई पनि देशभर विपद् पूर्वको तयारी र विपद् पछाडिको कार्यमा राज्यका संयन्त्रहरूलाई सघाउन चौबीसै घण्टा तयार रहन निर्देशन दिइएको छ।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: पत्रकारविरुद्ध उपसभामुख रुबीको उजुरी – इतिहासमै पहिलो घटना
Next: उपसभामुखको उजुरीदेखि निवासबाटै पक्राउसम्म: पत्रकार किशोर श्रेष्ठ काण्डमा प्रचण्डको ‘इन्ट्री’, दिए कडा चेतावनी!

Related Stories

Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0
FB_IMG_1788448363364

KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

कालो किताब September 3, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.