Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

राप्रपा भन्दा रास्वपा कहाँ फरक ?

कालो किताब February 5, 2026





राजनीतिक विश्लेषण


मजदुर, गरिब तथा पिछडिएका वर्ग–समुदायको हक–हित र उत्थानका लागि सीमित व्यक्ति र परिवारमा मात्र सम्पूर्ण सम्पत्तिको बेलगाम केन्द्रीकरण हुने व्यवस्थालाई नियन्त्रण गरी समानता कायम गर्ने उद्देश्यले स्थापित कम्युनिस्ट पार्टी, र पूँजीपति वर्गको हितमा नीति बनाएर औद्योगिकीकरणको एजेन्डा बोकेको नेपाली कांग्रेस—यी दुई पार्टी नै नेपालको समग्र विकासको सन्तुलन कायम गर्ने बलिया आधार हुन्।

यस अर्थमा यी पार्टीहरू एउटै सिक्काका दुई पाटा जस्तै हुन्। अर्थात्, यी दुवै पार्टी जनता स्वयंबाट बनेका र जनताकै हितका लागि काम गर्न स्थापित राजनीतिक शक्ति हुन्।

यसबीच शासक घरानाद्वारा पूर्व–शासकहरूको स्वार्थ पूरा गर्न, स्पष्ट वैचारिक आधारविनै स्थापित, रूढिवादी संभ्रान्त–कुलीन तन्त्रको हिमायती राप्रपाको चर्चा गरिरहनु आवश्यक नै छैन।

तर कांग्रेस र कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा मतदाता समूहले समयमै नियमित र वस्तुगत खबरदारी गर्न नसक्दाको परिणामस्वरूप एमाले र कांग्रेसको झण्डै दुई–तिहाइको सरकारसमेत नेपालका लागि अभिशाप सावित भयो। यही परिस्थितिमा “वैकल्पिक राजनीति” को वकालत गर्ने दलहरू उदाए—तर कसरी?

चोरहरूलाई “चोरी गर्न पाइने व्यवस्था ल्याइदिन्छु” भन्ने आश्वासन दिएर आकर्षित गरियो।
बलात्कारीलाई “बलात्कार गर्नु तिम्रो अधिकार हो” भन्ने खालको सोचलाई समर्थन जुटाइयो।
कुलीन र सामन्त वर्गका लागि सामन्ती व्यवस्थाको वकालत गरियो।

यसको प्रमाण स्पष्ट छ।
एलिट र कुलीन वर्गलाई खुसी पार्न भनियो—
“हामी संघीयता खारेज गराउँछौँ। गरिब, महिला, दलित, मधेसी, अपाङ्गलगायतलाई दिइएको आरक्षण र अधिकार खारेज गराउँछौँ।”

तर उही समयमा दलित र गरिब वर्गलाई लोभ्याउन भनियो—
“हामी संघीयता र समावेशिताप्रति प्रतिबद्ध छौँ।”

यसर्थ, राप्रपाभन्दा यिनीहरू फरक कहाँ देखिए?

नेपालमा पुराना पार्टीहरूको कामको गति र गुणस्तरमाथि प्रश्न उठ्नु स्वाभाविक हो। तर जेन–जी विद्रोहबाट पाठ सिक्दै, त्यसले उठाएका एजेन्डालाई सम्बोधन नगरी अब राजनीति सम्भव छैन।

क्रान्ति र सुधारका एजेन्डालाई सबैभन्दा बढी माओवादी पृष्ठभूमिका नेता र पार्टीहरूले आत्मसात् गरे—चाहे माफी मागेर होस् वा प्रतिबद्धतासहित अन्य तरिकाबाट। यसमा प्रचण्ड र विप्लव अगाडि देखिए।

त्यसपछि नेपाली कांग्रेसभित्रै विद्रोह गर्दै गगनकुमार थापाले सुधारको आवाज उठाए। एमाले नेतृत्वले भने जेन–जी आन्दोलनलाई आपराधिकरण गर्दै आफ्नो कमजोरी स्वीकार नगरे पनि, उक्त आन्दोलनका मागप्रति सकारात्मक देखिने संकेत दिएको छ।

जे भए पनि, यी सबै पार्टीहरू नेपालका स्थापित राजनीतिक दल हुन्। तिनीहरू निश्चित राजनीतिक विचारधाराबाट निर्देशित छन्। त्यसैले तिनको विगत, वर्तमान र भविष्यको यात्रा तुलनात्मक रूपमा स्पष्ट छ।

तर तिनलाई जिम्मेवार रूपमा खबरदारी गर्नुपर्ने कार्यकर्ता र मतदाताहरू चुक्दा नेपालको राजनीति क्रमशः दूषित हुँदै गएको विश्लेषण पनि उत्तिकै सत्य हो।


About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: झापा २ मा प्रा.डा. युवराज संग्रौलाको उम्मेदवारी किन अर्थपूर्ण ? बिज्ञ मत
Next: परमाणु युद्धको बाटो खोल्दै अमेरिका

Related Stories

File picture

जनताको करबाट १००% तलबभत्ता, काममा २५% पनि उपस्थिति छैन: दुई-तिहाइ सरकारको यो कस्तो सन्देश?

कालो किताब August 13, 2026 0
Snapshot_20260708225748

प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता

कालो किताब July 22, 2026 0
Snapshot_20260712163543

अनुसन्धानको मर्यादा, प्रहरी नेतृत्व र राज्यको दायित्व: पूर्व DIG हेमन्त मल्ल ठकुरीको दृष्टि- भिडियो

कालो किताब July 22, 2026 0

Recent Posts

  • संसार हल्लाउने नेपालका प्रस्ताव: राष्ट्रसङ्घमा ऐतिहासिक प्रस्तुति र विश्व नेतृत्वको आधार
  • इण्डियालाई पछि पार्दै राष्ट्रसंघको नयाँ मुख्यालय काठमाडौँमा कसरि? पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको ऐतिहासिक अवसर
  • भोटेकोशी विपत्ति र राष्ट्रसङ्घ महासभा: कूटनीतिक उचाइ नाप्ने बालेन्द्रको अवसर
  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • संसार हल्लाउने नेपालका प्रस्ताव: राष्ट्रसङ्घमा ऐतिहासिक प्रस्तुति र विश्व नेतृत्वको आधार
  • इण्डियालाई पछि पार्दै राष्ट्रसंघको नयाँ मुख्यालय काठमाडौँमा कसरि? पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको ऐतिहासिक अवसर
  • भोटेकोशी विपत्ति र राष्ट्रसङ्घ महासभा: कूटनीतिक उचाइ नाप्ने बालेन्द्रको अवसर
  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

1790146147500

संसार हल्लाउने नेपालका प्रस्ताव: राष्ट्रसङ्घमा ऐतिहासिक प्रस्तुति र विश्व नेतृत्वको आधार

कालो किताब September 23, 2026 0
samukta-rastrasang_u2QM1fkVNR

इण्डियालाई पछि पार्दै राष्ट्रसंघको नयाँ मुख्यालय काठमाडौँमा कसरि? पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको ऐतिहासिक अवसर

कालो किताब September 23, 2026 0
FB_IMG_1790099520402

भोटेकोशी विपत्ति र राष्ट्रसङ्घ महासभा: कूटनीतिक उचाइ नाप्ने बालेन्द्रको अवसर

कालो किताब September 22, 2026 0
FB_IMG_1789925655707

आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”

कालो किताब September 20, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • संसार हल्लाउने नेपालका प्रस्ताव: राष्ट्रसङ्घमा ऐतिहासिक प्रस्तुति र विश्व नेतृत्वको आधार
  • इण्डियालाई पछि पार्दै राष्ट्रसंघको नयाँ मुख्यालय काठमाडौँमा कसरि? पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको ऐतिहासिक अवसर
  • भोटेकोशी विपत्ति र राष्ट्रसङ्घ महासभा: कूटनीतिक उचाइ नाप्ने बालेन्द्रको अवसर
  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.