Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

झापा २ मा प्रा.डा. युवराज संग्रौलाको उम्मेदवारी किन अर्थपूर्ण ? बिज्ञ मत

कालो किताब January 26, 2026 1 minute read





संसद, कूटनीति र सम्भावनाको मोड


संसद, कूटनीति र सम्भावनाको मोड: प्रा.डा. युवराज संग्रौलाको उम्मेदवारी किन अर्थपूर्ण छ ?

नेपालको संसदको प्रभावकरिका कति ?किन फितलो ? Parliamentary Network on World Bank & IMF, Asian Parliamentary Assembly (APA),Inter-Parliamentary Union (IPU) लगायत थुप्रै अन्तर्राष्ट्रिय संसदीय मञ्चहरूमा नेपालको सहभागिता रहदै आएको छ । कागजमा हेर्दा यो सहभागिता गौरवपूर्ण देखिन्छ। तर व्यवहारमा प्रश्न उस्तै छ—

✒️ यी सहभागिताबाट राष्ट्रले के पायो ?
✒️ किन संसदिय कूटनीति औपचारिकता र परिणाम–शून्य अभ्यासमै सीमित रह्यो ?

यही प्रश्नको केन्द्रमा आज झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्—
संविधानविद्, अन्तर्राष्ट्रिय कानुनका विज्ञ, नागरिक सर्वोच्चता र समतामूलक राज्यका पक्षधर प्रा.डा. युवराज संग्रौला। उनी अहिले चुनाव चिन्ह ‘टेबल पंखा’ लिएर मत मागिरहेका छन्।

जित–हार चुनाबको नियम हो। प्रा.डा. संग्रौला जित्छन् कि हार्छन्—यो अहिले नै ठोकुवा गर्न सकिँदैन। तर उनको उम्मेदवारीलाई बौद्धिक वृत्तले “आशाको दियो बाल्ने प्रयास” का रूपमा व्याख्या गर्न थालेको छ।

यत्रो प्रतिष्ठा, पहिचान र वैचारिक उचाइ बनाएको व्यक्तिले “मामुली सांसद” बन्न किन चुनाव लड्यो ?
—यो प्रश्न स्वाभाविक हो।

“देशको अवस्था र भविष्य सुधार्ने मामिलामा म मौन बस्न सकिनँ। जिते काम गरेर देखाउनेछु, हारे पनि कुनै गुनासो रहने छैन।”

यो कथन आफैँमा नेपालको वर्तमान राजनीति माथिको गम्भीर अभियोग पनि हो – संसदमा संरचना छ, क्षमता छैन।

संघीय संसदमा अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति जस्ता महत्वपूर्ण संरचनाहरू छन्।

यी निकायहरूको उद्देश्य स्पष्ट छ— संसदिय कूटनीतिमार्फत राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने, वैदेशिक सहयोग, अनुदान र सहकार्यलाई राष्ट्रिय प्राथमिकतासँग जोड्ने, संविधानको भाग–४ मा उल्लिखित निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन भए–नभएको निगरानी गर्ने।

तर समस्या संरचनामा मात्र होइन, संरचना चलाउने पात्रमा पनि छ। जब योग्यता नभएकालाई प्रत्यक्षमा जिताइन्छ, र सक्षमलाई समानुपातिकबाट पनि पन्छाइन्छ, त्यसको परिणाम संसदको अभ्यासमै देखिन्छ— न बहसको स्तर उक्लिन्छ, न राष्ट्रको आवाज बलियो बन्छ।

संसदिय कूटनीति किन कमजोर रह्यो ?

अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाले मित्रराष्ट्र, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्था, संसदीय संघ–संस्थासँग सम्बन्ध विस्तारदेखि लिएर, कार्यपत्र, भाषण, भ्रमण, सहकार्य, वैदेशिक सहायता अनुगमनसम्मका विस्तृत जिम्मेवारी बोकेको छ।

तर प्रश्न उही हो— यी सबै अधिकार र अवसरको उच्चतम उपयोग किन हुन सकेन ?

यसको उत्तर हालसालै संसदमा देखिएको एउटा दृश्यले दिएको छ— पाका सांसदहरूको प्रस्तुती नै फितलो या उनीहरू मौन बस्ने समस्या। अर्कोतिर फेसबुकमा लोकप्रिय मानिने एक प्रखर बक्ता युवा सांसदले प्रेस काउन्सिल विधेयकमाथि गरेको असंयमित, तथ्यहीन र उग्र भाषणले नेपालको संसदको स्तर नै माटोमा मिलाएको अनुभूति गरायो। यो उदाहरण मात्र हो, समस्या प्रणालीगत छ।

यहीँबाट खुल्छ संग्रौलाको सम्भावना

प्रा.डा. युवराज संग्रौला संसदमा पुग्लान या नपुग्लान तर उनको विज्ञता, प्रतिबद्धताबाट अन्य प्रतिस्पर्धीलाई दबाब भने अवश्य पर्ने छ। विज्ञ राजनीतिज्ञ सांसदहरूको प्रवेशले संसदको प्रभावकारिता अवश्य बढ्ने छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व बहुपक्षीय र विश्वस्तरीय संसदीय मञ्चमा वस्तुगत, तथ्यपरक र कानुनी रूपमा सबल बन्ने आधार दिने छ।

कस्ता व्यक्ति संसदमा जानु पर्छ ?

1) अध्ययन, अनुसन्धान र तर्कमा आधारित प्रस्तुति दिने । 2) राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनप्रतिको गहिरो दक्षता राख्ने 3) संस्कारिक राजनीतिज्ञ, जसले नागरिक सर्वोच्चताको आधार खडा गर्न सकोस्
4) राज्यका निर्देशक सिद्धान्तलाई व्यवहारमा उतार्ने स्पष्ट दृष्टि होस् । 5) कुनै व्यक्ति, वंश, परिवार वा पार्टीको अधिनायकत्वभन्दा माथि उठेको राष्ट्रिय सोच राख्ने।

आज झापा–२ मा एमाले, कांग्रेस, माओवादी, रास्वपा लगायत दलहरू आ–आफ्नो पार्टी र भोट बैंकको अधिनायकत्व स्थापित गर्न केन्द्रित देखिन्छन्।
राप्रपा भने पूर्वराजा ज्ञानेन्द्र र उनको वंशगत हितको राजनीति पुनर्स्थापनाको रणनैतिक खेलमा व्यस्त छ।

यस भीडभन्दा फरक र स्वतन्त्र उम्मेदवारी दिए निर्भिकता पुर्वक एक्लै उभिएका छन्— प्रा.डा. युवराज संग्रौला, जो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको साझा हित को राजनीति गर्दै आएका व्यक्ति हुन्।

बौद्धिकले हारे के ? जिते के हुने ?

बौद्धिकले जिते— नेपालको संसदले पहिलो पटक
बौद्धिक उचाइ, कानुनी गहिराइ र अन्तर्राष्ट्रिय विश्वसनीयता सहितको प्रतिनिधि पाउनेछ।

हारे भने पनि—यो प्रयासले एउटा गम्भीर प्रश्न छाडेर जानेछ— संसदको चुनावमा जित्ने सांसदको योग्यता खोज्ने मानक उग्र, भ्रमपूर्ण, हिंसात्मक र अराजक अभिव्यक्ती नै रहेछ ?

झापा–२ को यो निर्वाचन केवल एक सांसदिय सिटको प्रतिस्पर्धा मात्र होइन, बरु नेपालको संसद कुन दिशामा जाने ? भन्ने प्रश्नसँग जोडिएको ऐतिहासिक परीक्षा पनि हो।


About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: उल्टो निर्वाचन झापा २ मै किन ? प्रा.डा.संग्रौलाको बाटो – नागरिक सर्वोच्चता के हो?
Next: राप्रपा भन्दा रास्वपा कहाँ फरक ?

Related Stories

IMG-20260614-WA0005

नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला

कालो किताब June 14, 2026 0
20260608_163849

भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !

कालो किताब June 8, 2026 0
Screenshot_20260607_164814

सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video

कालो किताब June 7, 2026 0

Recent Posts

  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
  • सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video
  • प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
  • कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
  • सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video
  • प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
  • कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

IMG-20260614-WA0005

नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला

कालो किताब June 14, 2026 0
20260608_163849

भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !

कालो किताब June 8, 2026 0
Screenshot_20260607_164814

सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video

कालो किताब June 7, 2026 0
FB_IMG_1780542096534

प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?

कालो किताब June 4, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS News feeds

Recent Posts

  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
  • सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video
  • प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
  • कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.