Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

उल्टो निर्वाचन झापा २ मै किन ? प्रा.डा.संग्रौलाको बाटो – नागरिक सर्वोच्चता के हो?

झापा २ को जनमत र निर्वाचन परिणाम के होला?
कालो किताब January 22, 2026 1 minute read
image






प्रा. डा. युवराज संग्रौला – झापा–२ निर्वाचन

नागरिक सर्वोच्चताको बहश चलाउने झापा २ का उम्मेद्वार डा. संग्रौला: को हुन्?

प्रा. डा. युवराज संग्रौला कुनै पदको लोभमा राजनीतिमा आएका व्यक्ति होइनन्। पदमा पुग्न चाकरी गर्ने र पुगेपछि आफ्नो सुविधा बढाउनेहरूको भीडमा प्रा. डा. संग्रौलाले महान्यायाधिवक्ता हुँदा आफ्नो तलबबाहेकका सबै सुविधा कटौती गरेर सुशासनको अभियान आफैंबाट थालनी गरे। भाइरल विषयमा जथाभावी बोल्दै चर्चा बटुलेर आफ्नो ओकालत धन्दाको मूल्यवृद्धि गर्नेहरुको भीडमा डा. संग्रौला एक्ला नैतिकवान् व्यक्ति हुन्, जसले महान्यायाधिवक्ताबाट अवकाश लिएपछि स्वार्थ बाझिने भन्दै झगडिया व्यक्तिका मुद्दामा बहस गर्नै छोडे। ३ दसक अघिको समय आफ्नो बलबुताले विश्व स्तरको कानुनी शिक्षा दिने कलेज खोलेर , आफ्ना सबल बिध्यार्थी मार्फत देशलाई अन्तरास्ट्रिय प्रतिस्पर्धामा जिताउन सफल उक्त कलेज नै नेपाल सरकारलाई हस्तान्तरणको बाटो कोरे । यसैपनी डा. संग्रौला बिस्व प्रसिद्ध लेखक पनि हुन् , भुराजनिती र अन्तरास्ट्रिय कानुनका बिज्ञ पनि हुन् ।

उनी नैतिकहिन राजनैतिक समाजमा दियो बनेर बल्न चाहन्छन, अबिबेकी राज्य ब्यबस्थामा इमानको बीउ रोप्न चाहन्छन । यो संकटपुर्ण राजनीतिक निकासको संवाहक बन्न चाहन्छन्। विश्वका कैयौँ देशका प्रतिष्ठित विश्वविद्यालयमा अध्यापन गरी, आवासीय अधिकार लिएर बस्न गरिएको प्रस्तावलाई खारेज गरेका लब्धप्रतिष्ठित विद्वान् हुन् प्राडा संग्रौला । अन्तर्राष्ट्रिय कानुन, संवैधानिक शासन र न्याय प्रणालीमा दशकौँको अनुभव बोकेका संग्रौलाले आजको राज्य संरचनामा जेनरेशन जेड (Gen Z) युवाहरूले उठाएका गम्भीर प्रश्नहरूलाई समाधानको खाका सहित प्रस्तुत गरेका छन्।

झापा–२ को अबस्था ?

हरेक पदमा रहेका व्यक्तिहरू संविधानमातहत रहने व्यवस्थामा समेत संविधान मिचिने गरेको नेपालमा फेरि — एउटा शासक वंशलाई संविधान र कानुन नलाग्ने ब्यबस्थाको पक्षमा पैरबी गर्नेहरूसँग समेत प्रा. डा. युवराज संग्रौलाले चुनाव लड्नुपरेको छ।

अहिले विभिन्न आवरणमा झापाली जनतालाई झुक्याउनेहरू चुनावी मैदानमा छन्। हरेक बहानामा नागरिकमाथि गरिने विभेद, अन्याय, अपमान, गैरजिम्मेवारी र जवाफदेहीविहीन कुशासनले आजको नेपाली राज्यव्यवस्थालाई गहिरो प्रश्नको घेरामा ल्याइदिएको छ।

सत्ता परिवर्तन धेरै पटक भयो, शासन र शासकहरूको नाम फेरियो, तर नागरिकको जीवनस्तर र राज्यको नैतिक चरित्रमा अपेक्षित सुधार ल्याउन कसैले प्रयास गरेनन्। यही यथार्थको पृष्ठभूमिमा सुशासन र नागरिक सर्वोच्चताको स्पष्ट एजेन्डा बोकेर प्रा. डा. युवराज संग्रौला झापा–२ बाट चुनावी मैदानमा उत्रिएका छन्। ज्ञान, इमान, बौद्धिकता, प्रतिष्ठा र वैचारिक स्पष्टताका आधारमा उनी यस निर्वाचनका सबैभन्दा गम्भीर, वैकल्पिक र दूरगामी सोच भएका उम्मेदवारका रूपमा देखिएका छन्। समस्या देखाउने मात्र होइन, समस्याको संरचनात्मक निकास प्रस्तुत गर्दै स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्नु — आजको दलकेन्द्रित राजनीतिमा दुर्लभ राजनीतिक साहस हो।

यस्ता उच्च प्रतिभा र इमान भएका उम्मेदवार पाउने झापा क्षेत्र नं. २ का नागरिकको मात्र होइन, समग्र निर्वाचनकै गरिमा बढाएको छ।

सत्ता–इतिहास: शासन फेरियो, चरित्र फेरिएन

नेपाली राजनीतिक इतिहासमा सत्ता गुमाएपछि पनि परिवर्तनपछि नयाँ आवरणमा शासन संरचनामाथि प्रभाव जमाइरहने प्रवृत्ति नयाँ होइन। वि.सं. २००७ मा सत्ता गुमेपछि राणा शासन पुनर्स्थापनाको सपना बोकेर संगठित भएका कुलीन शासकहरू २०१५ को चुनाव हुँदै राजदरबार प्रवेश गरे र २०१७ देखि २०४७ हुँदै आजसम्म उही कुलिनतन्त्रलाई काँध थापिरहेका छन्। त्यस अवधिमा समानता, समन्याय, नागरिक अधिकार, बहुदलीय अभ्यास र विधिको शासनलाई योजनाबद्ध रूपमा कमजोर बनाइयो।

त्यसो त, पूँजीपतिहरूको प्रतिनिधिका रूपमा यथास्थितिवादी धार बोकेको नेपाली कांग्रेस होस् वा गरिब–बहिष्कृत र अपहेलित सर्वहारा, मजदुर, किसान र बेसहारा वर्गको पार्टीको रूपमा वैज्ञानिक समाजवादको नारा बोकेर जन्मिएको कम्युनिस्टको समेत चरित्रमा अपेक्षाकृत रूपान्तरण हुन नसक्नु नै मुख्य समस्या हो।

डा. संग्रौलाले यही समस्याको समाधानको मार्ग समेत स्पष्ट पारेका छन्। त्यसो त रुढिवादी कुलिनतन्त्रको झण्डा बोकेको राप्रपा पनि उही पुरानो सामन्ती व्यवस्था फर्काउने सपना बोकेर राजनीतिमा छ।

तर यी सबैलाई बाध्य बनाएर राष्ट्रहितमा — नागरिकको पक्षमा उभ्याउने अभियानमा लागेका डा. संग्रौला “एक्ला बृहस्पति झुटा” भने झैँ भएका छन्। किनभने उनी स्वतन्त्र उम्मेदवार हुन्।

संग्रौलाले ओकिलत गर्ने गरेको नागरिकतन्त्र अर्थात् जवाफदेही प्रशासन र जिम्मेवार राजनीति हो। यसरी नैतिकता र वैधानिकताको कसीमा बाँध्न सक्ने बौद्धिक क्षमता भएका डा. संग्रौलाले जितुन् वा हारुन्, तर झापा–२ बाट नागरिकमा राजनीतिक इमान, राष्ट्रहित र विज्ञताको बहसले विधिवत् प्रवेश पाएको छ।

संग्रौला किन एक्लै?

विचार जब विज्ञानबाट निर्दिष्ट हुन्छ, त्यसले विकासको माग गर्दछ। यसर्थ डा. संग्रौलाद्वारा प्रतिपादित विचारको विकासमा भावी पुस्ताले काम गर्नेछ। आज एक्लै हुनुले युग परिवर्तनको झिल्को नेपालबाटै सुरु गर्न कुनै बाधा पुर्‍याउने छैन। जसरी इतिहासका विचारकहरू आफ्नो समयमा एक्लै थिए र विरोधीहरूबाट लगातार चुनौती खेपेका थिए, तर पनि आज उनीहरूको वैज्ञानिक विचार र आविष्कारले युगलाई डोर्‍याएको छ। समाजलाई यहाँसम्म ल्याएको छ। भने भविष्यको सुनौलो गन्तव्यको बाटो खोज्न थप अनुसन्धान र विकासका लागि आजको पुस्तालाई अवसर सुम्पिएको छ। डा. संग्रौलाको यो जवाफ नै आजको जेनरेशन जेड पुस्ताका लागि प्रश्न बनेको छ।

झापा–२ को निर्वाचनले सांसद मात्र होइन, युगको मार्ग कोर्ने छ।

यहाँ प्रा. डा. युवराज संग्रौला एक जना चुनावी उम्मेदवार मात्र होइनन्, उनी सम्पूर्ण यथास्थिति, रुढिवादी, भ्रम र षड्यन्त्रको जगमा जमिरहेको दूषित राजनीति विरुद्ध उभिएको वैचारिक चुनौतीका रूपमा खडा छन्। यसै कारण — सामन्त–कुलीन वर्गको राजनीतिक प्रतिनिधि राप्रपाको कुरा गर्नु व्यर्थ छ। पूँजीवादी यथास्थितिको संरक्षक कांग्रेस मात्र होइन, गरिब र बहिष्कृतहरूको प्रतिनिधिका रूपमा सक्रिय समाजवादी कम्युनिस्ट दलसम्मले परिवर्तनको नारा दिएर पनि विकल्प दिन नसकेको निष्कर्ष निकालेका मतदाताहरूको तर्फबाट संग्रौला उभ्याएका छन्।

नागरिककेन्द्रित वैचारिक नेतृत्व संसदमा प्रवेश गराएर निजी स्वार्थकेन्द्रित सत्ता संरचनामाथि निर्मम प्रश्न तेर्स्याउने डा. संग्रौलाको सपना पूरा हुने छ वा तुहिने छ, समयले नै तय गर्ने छ।

प्रतिस्पर्धा: आवरणमा अनुहार, यथार्थमा विचारको परीक्षा

झापा–२ का उम्मेदवारहरूको अनुहार हेर्दा प्रतिस्पर्धा अत्यन्त कडा देखिन्छ। योगदानका हिसाबले दशकौँसम्म संघर्ष गरेका कम्युनिस्ट र कांग्रेस पनि छन्। तर उनीहरूसँग भोलिको निकास, सुशासन र विकासको स्पष्ट खाका नहुनुले उनीहरू फिक्का देखिएका छन्।

नेकपा (एमाले) बाट निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा राना, नेपाली कम्युनिस्ट पार्टीदेखि सामन्ती–कुलिनतन्त्रको पक्षधर राप्रपा तथा अन्य दलका उम्मेदवार पनि छन्। स्वतन्त्र उम्मेदवार प्रा. डा. युवराज संग्रौला यस भीडन्तमा नयाँ अनुहार मात्र होइनन्, राजनीतिक सोच, शासनको दृष्टिकोण र भविष्यको मोडेलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

आजको बहस न्याय, संविधानवाद, अन्तर्राष्ट्रिय कानुन, संघीय संरचना र राज्य पुनर्संरचनाको तहमा पुगेको छ।

प्रतिस्पर्धीहरूको निकासको स्पष्ट खाका नहुनुले संग्रौलालाई दरिलो रूपमा उभ्याएको छ।

नागरिक सर्वोच्चता ( नागरिकतन्त्र ) मार्फत संरचनात्मक सुधारको प्रस्ताव

  • प्रदेश–संघ समन्वय: संघीय संसद बैठक नबस्दा सांसदहरूले आफ्ना प्रदेशका लागि विधायिकी भूमिका निर्वाह गर्ने व्यवस्था। यसले सांसदको खर्च पूर्ण कटौती हुने छ भने सांसदलाई राजधानीकेन्द्रित होइन, नागरिककेन्द्रित बनाउँछ। तलब लिएर पनि बैठक भत्ता कटौती।
  • प्रदेश सरकारसँगको सम्बन्ध सुधार र काममा तीव्रता।
  • मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित: प्रशासनिक खर्च कटौती → सत्ता स्थायित्व → दलको सौदाबाजी अन्त्य।
  • संघीय सरकार सुधार: प्रधानमन्त्री तथा मन्त्रीहरूको संयुक्त प्यानल नागरिकबाट प्रत्यक्ष अनुमोदन → तानाशाही रोक → बाह्य हस्तक्षेप नियन्त्रण → स्पष्ट उत्तरदायित्व।
  • स्थानीय तह सुदृढीकरण: पालिका तहलाई शक्तिशाली, स्रोतसाधन सम्पन्न र जवाफदेही बनाउन निर्दलीय चुनाव मोडल।

यी सुधारहरूले संघीयताको उपलब्धि जोगाउँदै, सीमान्तकृत समुदाय, मधेसी, दलित र दुर्गम क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्छन्।

नागरिकतन्त्र रक्षार्थ संग्राम

एक उम्मेदवारले केही समयअघि राजा वीरेन्द्रको वंश हत्या कोट्याउन नहुने भन्दै भनेका थिए:

“रक्सीको उन्मादमा यौन, सत्ता, सम्पत्ति, शक्ति र गद्दी कब्जाका लागि आफू–आफू जुधेर मर्ने र मार्नेहरूको कुरा गर्नु व्यर्थ छ।”

तर त्यसको केही समयपछि ज्ञानेन्द्र शाहको महिमामण्डन गर्न निर्मल निवास पुगेका थिए। उनकै भाषामा “राष्ट्रघाती महाकाली सन्धी गर्ने र एमसीसीविरुद्ध मतदान नगरेर अमेरिकी सेवा देखाउने राप्रपा” आज त्यही पार्टिबाट यिनै व्यक्ति उम्मेदवार भएका छन्।

संवैधानिक उन्मुक्तिको व्यवस्था दुरुपयोग गर्दै नमिता–सुनिताको बलात्कार र हत्या गर्ने र आफ्नो बंशलाई सम्पत्ति कर नलाग्ने व्यवस्थाका संरक्षकबाट सुशासनको आशा गर्न नसकिने भन्दै आएका उनै व्यक्ति अहिले ज्ञानेन्द्रको तजबिजमा टिकट लिएर लोक रिझ्याईमा छन्। यस्ता मौसमी खेलाडीसँग समेत जुध्दै डा. संग्रौलाले युगको बाटो खन्नु छ।

विधि कि शक्ति?

झापा–२ मा उठेको प्रश्न केवल उम्मेदवार को हो भन्ने मात्र होइन — कानुनी शासन कि वंशीय उन्मुक्तिसहितको कुलिनतन्त्र ? नागरिक सर्वोच्चता कि शासकको अधिनायकत्व? जवाफदेही र विधिको शासन कि हुल्लडबाजहरूको रमिते शासन प्रणाली?

संवैधानिक उन्मुक्तिको आडमा स्वार्थ जोगाउने रुढिवादी शक्तिहरूको चलखेल छ भने, अर्कोतिर विधि, नैतिकता र नागरिक सर्वोच्चतामार्फत राष्ट्र पुनर्निर्माणको स्पष्ट दृष्टि बोकेका डा. संग्रौला झापा–२ बाट एजेन्डासहित उभिएका छन्।

झापा–२: मतदाता संरचना र राजनीतिक मनोविज्ञान

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार, झापा–२ मा यसपटक १,३४,०९१ मतदाता छन्। तुलनात्मक रूपमा सचेत छन्। बिर्तामोड, अर्जुनधारा जस्ता तीव्र गतिमा शहरीकरण भएका क्षेत्र, शनिश्चरे–सालबाडी जस्ता अर्ध–ग्रामीण क्षेत्र, मजदुर, किसान, व्यापारी, वैदेशिक रोजगारीमा आश्रित परिवार, शिक्षित युवा, मध्यम वर्ग र उद्यमशील समुदाय सबैको मिश्रित बसोबास छ।

२०७९ मा एमालेले जितेको थियो। तर अहिले परिस्थिति प्रतिकूल छ। साबिकको माओवादी, अहिले एकीकृत नेपाल कम्युनिस्ट पार्टी भएपनि उसका उम्मेदवार बलियो छैनन्। यस्तो अनुकूलताका बीच झापाली जनतालाई युगको नायक चयन गरी संसदमा पुर्‍याउने अवसर मिलेको छ संग्रौलाका समर्थकहरु बताउछन् ।

बाहिरबाट हेर्दा झापा–२ धेरै चर्चामा नदेखिए पनि, यहाँको प्रतिस्पर्धा नेपाली संसदीय इतिहासमै दुर्लभ छ। निवर्तमान सभामुख, निवर्तमान उपसभामुख, पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानुनका विद्वान् (स्वतन्त्र) छन्। यसर्थ यो चुनाव समजलाई तौलने माध्यम पनि भएको छ।

झापा–२ ले के रोज्छ?

निर्वाचनको अन्तिम नतिजा नआएसम्म भन्न सकिन्न। प्रा. डा. युवराज संग्रौला कुनै पदका लागि होइन — युगान्तकारी रूपान्तरणको संघर्षमा उत्रिएका हुन्।

मतदाता फेरि संवैधानिक उन्मुक्तिमार्फत जनतामाथिको भ्रम रोज्नेछन्? कि सत्य, निष्ठा र विधिको शासनको पक्षमा उभिनेछन्?

यसको सही उत्तरले केवल झापा–२ को मात्र होइन, नेपालको लोकतान्त्रिक भविष्यको दिशा तय गर्नेछ।

अन्यत्र मतदाताले उम्मेदवारको परीक्षा लिन्छन्, तर झापा–२ का उम्मेदवार प्रा. डा. युवराज संग्रौलाले आफ्ना एजेण्डा र बिचार मार्फत मतदाताको मौलिकता, चेतना र इमानदारिताको परीक्षा लिएका छन् । यसर्थ झापा २ को निर्वाचन प्रा. डा. युवराज संग्रौलाकै कारण उल्टो बनिरहेको त छैन ? किन भने नागरिकले उम्मेदवार समक्ष परीक्षा दिनुपर्ने छ, अघि बढ्ने कि पछाडी फर्किने या यथास्थिती नै ठिक छ ? ।

जनता जनार्दन ! रिजल्ट हेर्न प्रतीक्षा गरौं।


About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: बारा क्षेत्र नं ३ बाट प्रज्वल तिमिल्सिना
Next: झापा २ मा प्रा.डा. युवराज संग्रौलाको उम्मेदवारी किन अर्थपूर्ण ? बिज्ञ मत

Related Stories

IMG_20260727_123916

धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।

कालो किताब July 27, 2026 0
images (7)

जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक

कालो किताब July 23, 2026 0
Snapshot_20260708225748

प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता

कालो किताब July 22, 2026 0

Recent Posts

  • धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।
  • जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक
  • प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता
  • अनुसन्धानको मर्यादा, प्रहरी नेतृत्व र राज्यको दायित्व: पूर्व DIG हेमन्त मल्ल ठकुरीको दृष्टि- भिडियो
  • नेपाली राजनीतिको सङ्कट: वैचारिक विचलन, पपुलिज्म र रूपान्तरणको बाटो

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।
  • जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक
  • प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता
  • अनुसन्धानको मर्यादा, प्रहरी नेतृत्व र राज्यको दायित्व: पूर्व DIG हेमन्त मल्ल ठकुरीको दृष्टि- भिडियो
  • नेपाली राजनीतिको सङ्कट: वैचारिक विचलन, पपुलिज्म र रूपान्तरणको बाटो
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

IMG_20260727_123916

धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।

कालो किताब July 27, 2026 0
images (7)

जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक

कालो किताब July 23, 2026 0
Snapshot_20260708225748

प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता

कालो किताब July 22, 2026 0
Snapshot_20260712163543

अनुसन्धानको मर्यादा, प्रहरी नेतृत्व र राज्यको दायित्व: पूर्व DIG हेमन्त मल्ल ठकुरीको दृष्टि- भिडियो

कालो किताब July 22, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS News feeds

Recent Posts

  • धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।
  • जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक
  • प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता
  • अनुसन्धानको मर्यादा, प्रहरी नेतृत्व र राज्यको दायित्व: पूर्व DIG हेमन्त मल्ल ठकुरीको दृष्टि- भिडियो
  • नेपाली राजनीतिको सङ्कट: वैचारिक विचलन, पपुलिज्म र रूपान्तरणको बाटो

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.