Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?

कालो किताब June 4, 2026 1 minute read
FB_IMG_1780542096534

ग्रेटर नेपालको धारणासम्बन्धी भिडियो यहाँ क्लिक गरी हेर्नुहोस्।

ग्रेटर नेपालको धारणा

सीमापार भोगचलन र प्रधानमन्त्रीको अभिव्यक्तिबारे ग्रेटर नेपालको धारणा

प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभामा “नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ” भनी दिएको अभिव्यक्ति वास्तवमा नियतको खोट नभएर प्राविधिक शब्दावलीको कमजोरी (Lacking) मात्र हो। सीमा सम्बन्धी प्राविधिक ज्ञानको अभावमा उनले दुवै देशका नागरिकबाट भइरहेको ‘सीमापार जग्गा भोगचलन’ (Cross-border occupation) लाई ‘मिचान’ भन्न पुगे। नापी विभागको संयुक्त सीमा सर्वेक्षण-२००७ को तथ्यले नै करिब १२५० हेक्टर भारतीय भूमि नेपालीले र करिब १२०० हेक्टर नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको देखाउँछ। यो समस्या बालेन सरकारको उपज नभई विगत ६२ वर्षदेखिका सरकारहरूले भिराएको काउछो हो।

भारतले सुस्ता र कालापानीमा गरी झन्डै ४०० वर्ग किलोमिटर नेपाली भूमि कब्जा गरेको ऐतिहासिक तथ्यलाई लुकाउने वा भारतलाई चोख्याउने प्रधानमन्त्रीको नियत देखिँदैन। परराष्ट्र मन्त्रालयले सोही दिन विज्ञप्ति मार्फत यो कुरा स्पष्ट पारिसक्दा पनि विपक्षी दलहरूले उनको राजीनामा माग्नु र संसद्‌बाट भनाइ हटाउन खोज्नु ‘मुसाहरूले बिरालोलाई घेर्न खोजे’ जस्तै राजनीतिक नौटंकी मात्र हो।

अबको भारतीय रणनीति भने खतरनाक

यद्यपि, प्रधानमन्त्रीको यो अपरिपक्व भनाइले भारतका लागि ‘बाँदरलाई लिस्नु’ दिए झैँ काम गरेको छ। भारतीय मिडियाले तत्कालै सुस्तामा नेपालले १४,१०० हेक्टर जमिन मिचेको आरोप लगाउन सुरु गरिसकेका छन्। अतीतमा बीजेपीका पूर्वसांसद् कीर्ति आजादले १८१६ को नेपाल-अङ्ग्रेज सन्धिलाई बङ्ग्याएर तराईका १५ जिल्ला भारतको भनी भ्रामक दाबी गरे झैँ, भोलि भारतले सीमावर्ती नेपाली क्षेत्रमा नयाँ दाबी ठोक्न सक्छ। यस्तो खतरनाक परिस्थिति सिर्जना हुनुको दोषको भागी भने स्वयम् प्रधानमन्त्री बालेन्द्र शाह नै हुनुपर्नेछ।

विरोधको भित्री कारण र ‘ग्रेटर नेपाल’ !

संसद्‌मा प्रधानमन्त्री शाहको जुन रफ्तारमा विरोध भयो, त्यसको देखिने र लुकेको (अप्रस्तुत) कारण फरक छ। विपक्षीहरू बालेनले भारतको जग्गा मिचेको कुरा गरेर होइन, बरु कूटनीतिक रूपमा ‘ग्रेटर नेपाल’ को मुद्दा उकासेका कारण आत्तिएका हुन्। बालेनले संसद्‌मा स्पष्ट रूपमा भनेका छन्:

“ब्रिटिसहरूले ब्रिटिस इन्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ।”

यो वाक्यांशको सङ्केत सन् १९६२ पछि सुरु भएको कालापानी समस्यासँग होइन, बरु सन् १९४७ मा ब्रिटिसले भारत छाड्दा सुगौली सन्धि अघिको नेपालको जुन विशाल भूमि ब्रिटिस साम्राज्यमै गाभेर छाडे, त्यसैसँग जोडिन्छ। ब्रिटिसले उब्जाएको समस्यामा इङ्ग्ल्यान्डलाई कूटनीतिक रूपमा सरोकारी बनाउने बालेनको यो कदम अभूतपूर्व र ऐतिहासिक छ।

अलिकती पछाडी फर्किएर हेर्ने हो भने काठमाडौँको मेयर छँदा बालेन्द्रले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा टाँगेर भारतीय विस्तारवाद (अखण्ड भारतको मुराल) लाई चुनौती दिएका थिए भने अहिले प्रधानमन्त्रीका रूपमा रोस्ट्रमबाटै सुगौली सन्धिपूर्वको जमिन फिर्ताको मुद्दा ब्युँताई दिए ।

कूटनीतिक भाषामा व्यक्त गरिएको यो ‘ग्रेटर नेपाल’ को तथ्यपरक मर्म बुझेका दिन उनीमाथि भारतपरस्त दलहरूबाट थप आक्रमण हुने निश्चित छ। भारतीय दबाबमा विपक्षी दलहरू एक भएर बालेन विरुद्ध खनिए पनि उनले नेपाली राजनीतिमा आफ्नो ऐतिहासिक व्यक्तित्व निर्माण गरिसकेका छन्। अबको उनको आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्‌मा यो ऐतिहासिक राष्ट्रिय मुद्दालाई कसरी अगाडि बढाउँछ, त्यो हेर्न बाँकी छ।

लेखक नेपाल ग्रेटर नेपालका संयोजक हुन् ।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?
Next: सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video

Related Stories

IMG-20260614-WA0005

नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला

कालो किताब June 14, 2026 0
20260608_163849

भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !

कालो किताब June 8, 2026 0
Screenshot_20260607_164814

सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video

कालो किताब June 7, 2026 0

Recent Posts

  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
  • सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video
  • प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
  • कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
  • सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video
  • प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
  • कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

IMG-20260614-WA0005

नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला

कालो किताब June 14, 2026 0
20260608_163849

भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !

कालो किताब June 8, 2026 0
Screenshot_20260607_164814

सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video

कालो किताब June 7, 2026 0
FB_IMG_1780542096534

प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?

कालो किताब June 4, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS News feeds

Recent Posts

  • नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न-नेता महेश बर्तौला
  • भारतका प्रभुद्ध पत्रकार आनन्द स्वरुप बर्मा भन्छन्- कालापानी लिम्पियाधुरा नेपालकै हो !
  • सुधन गुरुङ छानबिन समितिका अध्यक्ष- अच्युत प्रसाद भण्डारी Video
  • प्रम बालेनको संकटमा फणिन्द्रको इन्ट्री: ग्रेटर नेपालको साथ किन?
  • कम्युनिस्टविरोधी भाष्यबाट सत्तामा पुगेको शक्ति आज देशको अखण्डता विरुद्ध उभिनु रणनैतिक थियो?

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.