Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

निजि मिडियालाई सरकारी बिज्ञापन रोक संबन्धी निर्णयको बिरोधमा पत्रकार महासंघ

कालो किताब April 7, 2026
FB_IMG_1775544025390





नेपाल पत्रकार महासंघ

केन्द्रीय कार्यालय, सञ्चार ग्राम, काठमाडौं


प्रेस विज्ञप्ति / ज्ञापनपत्र

मिति : २०८२।१२।२३
नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई भेटी सरकारले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय तत्काल खारेज गर्न माग राखेकाे छ । नेपाली सञ्चारमाध्यमको समस्याका बारेमा सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट यही चैत १८ गते सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई जारी गरिएको परिपत्रले निजी सञ्चारमाध्यमलाई आर्थिक रुपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामा अप्रत्यक्ष दबाब सिर्जना हुने भन्दै महासंघले तत्काल निर्णय खारेेज नभए अान्दोलनमा उत्रने चेतावनी महासचिव रामप्रसाद दाहालद्दारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधमण्डलले उक्त परिपत्रमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सो निर्णय तत्काल खारेज गर्न माग गरेको छ । महासंघले बुझाएको ज्ञापनपत्रलाई सकारात्मक रुपमा लिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सक्दो सहयोग गर्न बताउनु भयो । सो क्रममा मन्त्री तिमिल्सिनाले आफू सधैं सञ्चार क्षेत्रको सम्वद्र्धन र विकासको पक्षमा रहेको बताउँदै यसका लागि सञ्चारमाध्यमलाई निरास हुन नदिने प्रष्ट्याउनु भएको थियो ।
महासंघको प्रतिनिधिमण्डलमा उपाध्यक्ष दीपक आचार्य, नितु पण्डित र उमिदप्रसाद बागचन्द, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा र सोनी शर्मा, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायत पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको सहभागिता थियो ।
गम्भीर चिन्ताहरू:
१. प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रणको जोखिम: सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा सीमित गर्नुले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउँदै स्वतन्त्र पत्रकारितामाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने देखिन्छ । यस्तो अभ्यास लोकतान्त्रिक मूल्य मान्यताविपरीत छ ।
२. निजी तथा सामुदायिक मिडियाको अस्तित्वमाथि प्रश्न: देशभर सञ्चालनमा रहेका ४ सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाहरूको आर्थिक आधार कमजोर बनाउँदै यो निर्णयले ती संस्थाहरूलाई बन्द हुने अवस्थामा धकेल्ने जोखिम स्पष्ट देखिन्छ ।
३. श्रमजीवी पत्रकारको रोजगारी संकट: सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएका कर्मचारी–मजदुर प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । जनमतबाट स्थापित सरकारले जनताको रोजगारी खोसिने अवस्थालाई प्रोत्साहन गर्ने निर्णय गर्नु उपयुक्त ठहर्दैन ।
४. सूचनाको पहुँचमा असन्तुलन र केन्द्रीकरण: सरकारी सञ्चारमाध्यममा मात्र सूचना सीमित हुँदा स्थानीय तहसम्म सूचना प्रवाह कमजोर भई नागरिकको सूचनामा पहुँचमा असमानता बढ्ने निश्चित छ ।
५. खुला अर्थतन्त्र र प्रतिस्पर्धात्मक प्रणालीविपरीत: सरकारको यो नीति खुला बजार अर्थतन्त्रको मर्मविपरीत हुनुकासाथै निजी क्षेत्रलाई निरुत्साहित गर्ने र राज्य नियन्त्रित सूचना प्रणालीलाई प्राथमिकता दिने खालको देखिन्छ ।
मागहरू:
  • उक्त परिपत्र तत्काल खारेज गरियोस ।
  • सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गरियोस ।
  • संकटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रवद्र्धन गर्ने दीर्घकालीन नीतिगत व्यवस्था तत्काल अघि बढाईयोस । समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गरियोस् ।
  • सञ्चारसम्बन्धी कुनै पनि नीतिगत निर्णय गर्दा सरोकारवाला संस्थासँग अनिवार्य परामर्श गर्ने प्रणाली विकास गरियोस ।

………………………
रामप्रसाद दाहाल
महासचिव


About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: तत्कालिन प्रधानमन्त्री केपि ओलि र गृहमन्त्री लेखकलाई हिरासत मुक्त गर्न सर्वोच्च अदालतको आदेश- पुर्णपाठ
Next: रास्वपाले यसरि नागरिकलाई किन झुक्याई रहेछ?

Related Stories

20260416_085734

तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय

कालो किताब April 16, 2026 0
IMG_20260411_102954

डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो

कालो किताब April 11, 2026 0
image

बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर

कालो किताब April 10, 2026 0

Recent Posts

  • तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय
  • डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो
  • बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर
  • अख्तियारको मुद्धा ! जनयुद्धको अपमान गर्ने कृष्ण बहादुर महरालाई के सजाय हुन्छ?
  • रास्वपाले यसरि नागरिकलाई किन झुक्याई रहेछ?

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय
  • डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो
  • बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर
  • अख्तियारको मुद्धा ! जनयुद्धको अपमान गर्ने कृष्ण बहादुर महरालाई के सजाय हुन्छ?
  • रास्वपाले यसरि नागरिकलाई किन झुक्याई रहेछ?
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

20260416_085734

तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय

कालो किताब April 16, 2026 0
IMG_20260411_102954

डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो

कालो किताब April 11, 2026 0
image

बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर

कालो किताब April 10, 2026 0
Screenshot_20260328_010655

अख्तियारको मुद्धा ! जनयुद्धको अपमान गर्ने कृष्ण बहादुर महरालाई के सजाय हुन्छ?

कालो किताब April 10, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS News feeds

Recent Posts

  • तीन जनाको जग्गा दानपछि ११ वर्षमा आफ्नै जमिनमा सर्दै गल्छी–४ को वडा कार्यालय
  • डा बाबुराम भट्टराईलाई भारतबाट प्रमुख बक्ताका रुपमा निम्त्याईयो
  • बालेन्द्र शाह सरकारलाई ईतिहास रच्ने यस्ता अबसर
  • अख्तियारको मुद्धा ! जनयुद्धको अपमान गर्ने कृष्ण बहादुर महरालाई के सजाय हुन्छ?
  • रास्वपाले यसरि नागरिकलाई किन झुक्याई रहेछ?

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.