नेपालको राजनीतिको नांगो र घिनलाग्दो नाच गनी साध्य छैन। आज असोज ३ गते, इन्डियाको धम्कि, आतंक, दबाब र अबरोध संग प्रतिरोध गर्दै नेपालको संबिधान जारि भएको दिन। अर्थात इन्डियाको दुराचारी हर्कतलाई नेपालि नेताहरुले गतिलो चड्कन हानेको दिन, आज संबिधान दिबस।
आजकै दिन पारेर निर्माणाधीन धरहरा सर्वसाधारणको अवलोकनका लागि निशुल्क खुल्ला गरिने बताईएको छ। यो निशुल्क खुल्लाको बहानामा सर्वसाधारणलाइ कसरि लुटिन्छ हेर्नै बाकि छ।
तर ३ बर्ष पहिले नै यो धरहराको निर्माण संपन्न भएको झुटो समाचार प्रवाहित गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाट नै गरेका थिए। केपी ओली पछि शेर बहादुर र त्यस पछि प्रचण्ड पछि पुन केपी ओली प्रधानमन्त्री बनि सक्दा समेत निर्माण पुरा नभएको धरहराको उदघाटन ३ वर्ष पहिले नै गरिएको हुनुले सबै उदांगो बनाएको छ। र आज पनि पुर्णत निर्माण पुरा नहुदै सर्वसाधारणहरुका लागि समेत खुला गरिएको भनिएको छ।
बिक्रम सम्बत २०७२ सालको भूकम्पले भत्किएको धरहरा माथिको राजनीति, यो त एउटा उदहरण मात्र हो। देशभरि भएका यस्ता हर्कत गनेर के साध्य।
अर्कोतिर निशुल्क प्रयोग गर्नका लागि अनलाइन बुकिङ्ग गर्नु पर्ने तर वेबसाइट निर्माणा पुरा नभएको बताईएको छ। धरहरा मै पुगेर निशुल्क टिकट पाइने भनिरहदा त्यहा केके होला ? अजा सम्म कसरि भ्रस्टाचार भए उदाहरण प्रमाण छैन र ?