दुर्गा प्रसाइलाइ बिधुतिय कसुरमा पक्राउ पुर्जी जारि भए पनि किन पक्राउ गरिएन ? यदि उनले कुनै कसुर गरेकै थिएनन या उनलाई पक्राउ गर्न आबस्यक नै थिएन भने आखिर किन पक्राउ पुर्जी जारि गरियो ? प्रस्नहरु अनुत्तरित छन्। यस्ता कार्यले प्रहरी प्रसासन प्रति नागरिकहरुको बिस्वास घटाउने तर्फ संबन्धित निकायले सोच्न सकेको पाईदैन।
यसै बिच दुर्गा प्रसाई समुहले आज राजधानी मै पुल्ठो बालेर राके जुलुस निकालेको छ। दुर्गा प्रसाई माथि लगाईएका मुद्धा र जारि भएको पक्राउ पुर्जी खारेजीको माग राख्दै नाराहरु लगाईएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्को नाराबाजी गर्दै संघियता खारेजीको माग गर्दै आज राति दुर्गा प्रसाई समुहले राके जुलुस निकाल्दा प्रहरी प्रसासन निरिह बनेको थियो। या औपचारिकता निभाउदै ढिलै गरि पुगेको प्रहरीले प्रदर्सनकरिहरुको पुल्ठो खोसेर निभाई दिएको थियो भने एक जना युवा पुल्ठो बोकेर तिब्र बेगका साथ् भागेपछि पछ्याउदै गएको प्रहरीले भेट्टाउन सकेन बरु पुल्ठो निभेपछि बाकि रहेको भाटो छोडेर प्रदर्सनकारी भागेका थिए।
बागमती प्रदेश इञ्चार्ज बिष्णु जंग बस्नेतको नेतृत्वमा निकालिएको उक्त राकेजुलुसमा केहि महिलाहरु समेत सहभागी थिए। तर रहस्यको बिषय त् यो छ कि यस्तो तयारि बारे पूर्ण जानकार रहेको प्रहरी बालकुमारी देखि ग्वार्को हुदै पछ्याउदै पाटन क्षेत्र पुगेको थियो। तर त्यहा बाट भने उसले पछ्याउन सकेन र प्रदर्सनाकारीहरु निर्वाध पुल्ठो बालेर पुल्चोक तर्फा अघि बढेका थिए। त्यसको करिब ६ मिनेट पछि मात्र प्रहरी प्रदर्सनाकारीहरु भएको ठाउमा आइपुगेको थियो।