Qatar Amir
Kathmandu,
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा २०८१ साल बैशाख ११ गते मंगलबार नेपाल आउदै छन्। कतारी अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेल स्वागत गर्ने छन् । साथै कतारी अमिरलाई त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी लिएर सम्मान गर्ने छ।
कतारी अमिरलाई बस्नका लागि कालिमाटी स्थित सोल्टी होटलमा ब्यबस्था गरिएको छ। कतारी अमिरले नेपाल आएकै दिन मंगलबार ११ गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सोहि साझ कतारी अमिरको सम्मानमा नेपलाका रास्ट्रपति रामचन्द्र पौडेलले सोल्टी होटलमा रात्रीभोज दिनेछन् ।
नेपालको तर्फबाट प्रधानमन्त्रीले दुई वटा हात्ती कतारका अमिरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको छ। साथै त्यसरी उपहारमा दीइएका ‘हात्तीलाई कसरी स्याहारसुसार गर्ने भन्ने सम्बन्धमा बुझ्नको लागि कतारी अधिकारी नेपाल आइसकेको र नेपालबाट पनि कतारमा गएर हात्तीलाई राख्ने ‘दोहा जु’ अवलोकन गरिसकिएको बताईएको छ। यस कार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपाल सरकारले गर्ने दुई हात्ती हस्तान्तरण कार्यमा प्राविधिक सहयोग गर्ने बताईएको छ।
२०८१ बैशाख १२ गते बुधबार बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेटबार्ता हुने छ। उक्त द्विपक्षीय भेटवार्तामा दुवै देशका प्रतिनिधिमण्डलहरुको उपस्थिति रहने छ।
त्यस पछि कतारी अमिर १२ गते बुधबार दिउँसो नै स्वदेश फर्कने कार्यक्रम रहेको बताईएको छ। २०८१ साल बैशाख ११ गते आएर १२ गते स्वदेश फर्किने कार्यतालिका सहित नेपाल भ्रमणमा आएका कतारी अमिरको सम्मानमा नेपालले २०८१ साल बैशाख ११ गते देश भर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस संबन्धमा २०८१ बैशाख १० गते बसेको मंत्री परिषदको बैठकले निर्णय गरेको थियो।
नेपालले सन् २०२४ अप्रिल २८ र २९ तारिख अर्थात २०८१ बैशाख १६ र १७ गते कालिमाटी स्थिति सोल्टी होटलमा अन्तरास्ट्रिय लगानी सम्मेलन गर्दै छ। बिगतका लगानी सम्मेलनहरु औपचारिकतामा मात्र सिमित हुनु र प्रतिबद्धता गरेका देशका लगानीकर्ताहरुले झुटो आस्वासन दिनुमा मात्र सिमित रहेको स्थितिमा यस पटकको प्रयासले पनि आसंका बढाएकै छ। लगानी सम्मेलनको मुखैमा नेपाल आएका कतारी अमिरलाई खुसि बनाएर कतारको लगानी ह्वात्तै बढ्ला भन्ने सोचले सार्वजनिक बिदा र हात्ती उपहारको कुटनिति अबलम्बन गरिएको भए परिणामले पुस्टि गर्ने छ अर्थपूर्ण थियो कि ब्यर्थपुर्ण?
यधपी यस घटनाले बिगतमा राजतन्त्रका समय राजाको विदेश भ्रमण र स्वदेश फिर्ता देखि राजपरिवारका व्यक्तिहरुको बिहे , जन्म , ब्रतबन्ध र मृत्यु समेतमा सार्वजनिक बिदा दिने गरिएको भएपनि गणतन्त्र आए संगै यस्ता ढर्राहरु बन्द भएका थिए। अहिले कतारी अमिरको नेपाल भ्रमणका दौरान नेपाल सरकारले देशभर सार्वजनिक बिदाको निर्णय गरेको हुनाले फेरी पुरानो याद दिलायो।
यधपी कतारी अमिरको यस भ्रमणका दौरान नेपाल र कतार बिच केके बिषयमा छलफल हुने र कुनै संझौता या सहमति पनि हुने कि नहुने भन्ने कुनै कुरा खुलाईएको छैन।
हात्ती उपहार र सार्वजनिक बिदा दिदैमा नेपालीले त्यति ठुलो केहि गुमाउनु परेको पनि हैन तर के सम्म उपर्युक्त हो भन्ने चाहि बहसको बिषय बनेको छ। यसर्थ यस कार्यको आलोचना गर्नु पनि उपर्युक्त नहोला तर देशको कुटनीतिक संयन्त्र, प्रणालि , पात्र, चरित्र अनि प्रवृत्तिलाई ब्यबसायिक नबनाई यस्ता सैलिका कार्यले कुनैपनि देश संगको कुटनैतिक संबन्धमा कुनै सुधार हुने छैन। फगत २ आत्मरति बाहेको।