जनयुद्ध र माओबादि आन्दोलनको बलमा नेपालमा गणतन्त्र आयो। जातीय , क्षेत्रीय , लैंगिक , भाषिक तथा अल्पसंखय , लोपोन्मुख र राज्यको मुलधारबाट बिमुख भएका र विभेदमा परेकाहरुलाई आरक्षण , संरक्षण , सहित राज्यको मुलधारमा ल्याउने काम गरेको यथार्थलाई भुल्न सकिन्न। तर यति मात्रै प्रयाप्त हैन र यहि कारण माओबादि बिरुद्ध नागरिक असन्तुस्टि ब्यापक छ। यसलाई चिर्नाकै लागि प्रचण्डले बिशेस काम गर्न चाहेकै देखिन्थ्यो तर कांग्रेसले माओबादिको लोकप्रियता नहोस भन्नका लागि सरकारको कामलाई नै कमजोर बनाइ दिदा रास्ट्रको १ बर्ष अर्थहीन तवरले खर्च भएको भन्दै असन्तुस्टि व्यक्त भैरहेका छन्। यधपी यस्तो प्रवृति नेपालका हरेक पार्टिका हरेक नेतामा रहने गरेका कारण देशको हबिगत यस्तो भएको आरोप लाग्ने गरेको छ।
नेपालि कंग्रेसको तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा रहेका आरोपित , अयोग्य र असक्षम मन्त्रीहरुलाई हटाउन प्रचण्डले जति चाहे पनि संभव भएन।
हुन् त् प्रधानमन्त्री प्रचण्डको माग बमोजित कांग्रेसले आफ्नो तर्फबाट मंत्री भएका बदनाम मंत्रीहरुको ठाउमा अन्य लाइ पठाउदा पनि कांग्रेस कै शेर बहादुर देउवाले पठाएकै व्यक्तिहरु आउने थिए, तर पनि कांग्रेस मानेन।
यसरि पार्टिको प्रमुखले आफु अनुकुलका असक्षम व्यक्तिहरुलाई मन्त्रीका रुपमा सिफारिस गर्दा नेपालको बिकाशको गतिलाई अबरोध गर्दै आएको छ। अनि प्रधानमन्त्रीलाई जवाफदेही बनाउन पनि सकिन स्थिति बन्न सकेको छैन।
यसर्थ दलले पठाएको मन्त्रीको योग्यता र सक्षमता परिक्षण गरि प्राप्त नामहरु मध्यबाट प्रधानमन्त्रीले स्वेच्छाले छान्न पाउने र कार्य सम्पादन राम्रो नभए दलको सहमति उनीहरुलाई हटाएर अर्को सक्षमलाई राख्न पाउने ब्यबस्था नहुनु नेपालको दुर्भाग्य जस्तै बनेको छ। यदि यस्तो भएको भए प्रधानमन्त्रीलाई पूर्ण जवाफदेही बनाउदै प्रसं गर्ने सकिने हुन्थ्यो।
तर नेपालको इतिहास भने निरासाजनक छ।
तर कांग्रेसले नया मन्त्रीको नाम पठाउन अस्विकार गर्दै उनीहरुलाई नै राखिरहनु पर्ने भयो । सरकार मै रहेको नेपालि कांग्रेसले प्रचण्ड नेतृत्वको लगातार सरकारलाइ असफल , बदनामी र घेराबन्दीमा पार्ने सणयन्त्र गरेको जस्ता बिषयहरु सार्वजनिक भै रहदा आज बाट पुरानो गठबन्धन भत्किएको घोसणा भएको छ भने नया सत्ता गठबन्धन बन्ने क्रम चलिरहेको छ।
आज बनेको नया सत्ता गठबन्धनमा रहनको लागि जनमत पार्टिले मधेस प्रदेशको मुख्य मंत्री हुनु पर्ने बटम लाईन प्रस्तुत गरेको छ। रबि लामिछानेले गृहमन्त्री सहित उपप्रधानमन्त्री मागेका छ। गृहमन्त्री नपाए आफु चाहि सरकारमा नगई आफ्नो पार्टिका आन्य नेताहरुलाई सरकारमा पठाउने छन्।