file picture
नेपाली कांग्रेसको राजनैतिक संरक्षण पाएका मोहम्मद अफताब आलमको संबन्धमा उजुरी दर्ता गर्ने १४ वर्ष लाग्यो। अन्तत कंग्रेश सभापति शेर बहादुर देउवाको कुनै पितम नचलेपछि २०७६ साल कात्तिक १८ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा कांग्रेस नेता मोहम्मद अफताव आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जना २०७६ असोज २६ मा पक्राउ परेका थिए ।
पक्राउ परेपछि सुरु भएको थुनछेक बहसपछि २०७६ कात्तिक २९ मा जिल्ला अदालत रौतहटले अफताव आलमलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि यता उनी नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा बसिरहेका छन्।
बिक्रम सम्बत २०६४ सल चैत्र २८ गते भएको पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति सालको राजपुर नगरपालिकाको फरदवामा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा पुर्व मंत्री तथा सांसद मोहम्मद अफताव आलम सहित ११ जनाविरुद्धको मुद्धाको आज जिल्ला अदालत रौतहटमा अन्तिम फैसलाका लागि सुनुवाई पुरा भएको छ।
बिक्रम सम्बत २०६४ साल चैत्र २८ गते भएको पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका-४ सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तर सहितका व्यक्तिहरुको मृत्यु र उक्त घटना लुकाउनका लागि अन्य जिबितलाई पनि इँटा भट्टामा हालिएको अभियोग थियो।
जिल्ला अदालत रौतहटमा मुद्दाको सम्बन्धमा मंगलबारदेखि जारि रहेको बहसमा दुवै पक्षले मुद्दासँग जोडिएका साक्षीलाई अदालतमा उपस्थित गराइसकेको र उनीहरूको बयान समेत पुरा भएकोले पनि आजै फैसला हुने अनुमान गरिएको हो।
दुवै पक्षका अधिवक्ताले आ-आफ्नो बहस नोट पनि अदालतमा पेस गरिसकेका छन् भने ‘मुद्दामा दुवै पक्षमा ओकिलहरुले सम्पूर्ण बहस समेत गरि सकेकाले आज बेलुकासम्ममा संक्षिप्त भए पनि फैसला आउन सक्ने अनुमान गरिएको हो।
आज २०८१ बैशाख १३ गते बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा सुनुवाइ भएको हो। संभवत आजै अन्तिम फैसला आउने बताईएको छ। अदालत परिसरमा उच्च सुरक्षा सतर्कता तैनाथ गरिएको छ।
जिल्ला अदालत रौतहटमा सुनुवाइ पुरै भै १० गते नै अन्तिम फैसला आउने अनुमान गरीए पनि त्यस पटक हेर्दा हेर्दैमा रखिएको थियो। आज बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा भएको सुनुवाइ पछि भने अन्तिम फैसला आउने बिस्वास गरिएको छ ।
मुद्दामा प्रमाण बुझ्ने र दुवै पक्षका कानुन व्यवसायीहरुको बहससमेत भइसकेकाले आज भने सो मुद्दामा अन्तिम फैसला आउन सक्ने अधिक सम्भावना रहेको छ।