पीडित भनिएकी गौशाल–२६ (परिवर्तित् नाम) ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर क्रिकेटर सन्दिप लामिछानेले पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । यससंगै सुरु भएको लामो अदालती प्रक्रिया पछि उच्च अदालत पाटनको २०८१ जेठ २ गतेको फैसलाले रास्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई निर्दोष फैसला गरेको छ। तर यो फैसलाले केहि बिषय भने सतहमा ल्याई दिएको छ।
सन्दिप लामिछानेलाइ जिल्ला अदालत काठमाडौँबाट २०८० पुस १३ गते कसुरदार ठहर गरि २०८० पुस २५ गते उनलाई मुलुकी अपराध संहिता २०७४ को २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद र सोही दफाको (३) (ग) बमोजिम ३ लाख रुपैयाँ जरिवाना र २२८ बमोजिम २ लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने गरी सजाय निर्धारण गरेको थियो। जिल्ला अदालत काठमाण्डौले दोषी ठहर्याएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि उनलाई निलम्बनमा राखेको थियो ।
तर जिल्ला अदालत काठमाडौँ को यो फैसलालाई पुरै ऊल्टाउदै उच्च अदालत पाटनका न्यायधिश द्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले लामिछानेलाई सफाइ दिने फैसला गरेको हो। उच्च अदालतको यो फैसला संगै उनि माथिको निलम्बन फुकुवा हुने र टी–२० विश्वकप क्रिकेट खेल्ने बाटाे खुलेकाे छ ।
तर जिल्ला अदालत काठमाण्डौले कस्ता प्रमाणलाई आधार मानेर संदिपलाई दोषी ठहर गर्दै जेल सजाय सहित युवतीलाई आर्थिक क्षतिपुर्ति दिनुपर्ने फैसला गरेको थियो ? के जिल्ला अदालतको फैसला यति कच्चा हुदो रहेछ ? अनि जिल्ल्ला अदालतले हेरेको तिनै प्रमाणहरुलाइ उच्च अदालत पाटनले किन प्रमाण नै मानेन ? र के आधारमा सन्दिपलाइ निर्दोष ठहर गर्यो भन्ने बिषय भविस्यका लागि रोचक नजिर बनेको छ।
कसैको अन्तरास्ट्रिय छबि छ भन्ने थाहा पाए पछि युबतिहरुले असुलीको उपाय खोज्ने र बार्गेनिङ्ग गर्ने समस्या एकातिर छ भने अर्को तिर आफ्नो प्रतिस्ठा र ख्यातिको आडमा युबतिहरुलाई प्रभावित पारेर नाजायज फाइदा उठाउने र रास्ट्रलाइ नै बदनाम गर्नेहरुको चुनौती पनि उत्तिकै टड्कारो छ।
त्यसो त् अमेरिकाका पुर्व रास्ट्रपति डोनाल्ड ट्रम्पलाइ पनि बलात्कारको मुद्धा छ। उनले केहि बर्ष अघि एक यौन चलचित्रकि नायिका संग यौन संपर्क राखेका थिए। घटना घट्दाका समय एक धानढ्य ब्यापारी मात्र रहेका ट्रंप पछि अमेरिकाको रास्ट्रपति नै भए पछि उक्त महिलाले आफु बलात्कृत भएको भन्दै अदालतमा मुद्धा हालेकि थिईन। यधपी यस मामिलामा उक्त महिलालाई चुप लगाउन ट्रम्पले करोडौ रुपैया दिए पनि मुद्धा अघि बढेरै छाड्यो र उक्त मुद्धा अहिले पनि जारि नै छ।
अर्को तिर चर्चित सेलिब्रेटी प्रतिको आकर्षण र उनीहरु संग समर्पण हुन् तयार हुने मनोविज्ञान खतरनाक छ। यसरि सिर्जित परिस्थिति अन्तर्गत हुने यौन संपर्कलाई केहि समय पछि बार्गेनिङ्गको आधार बनाउने प्रवृति झन् खतरनाक छ। त्यसै गरि आफ्नो सामाजिक प्रतिस्ठा र लोकप्रियताको आडमा दुनियाभरिका युबतिहरुको मनोभावनामा खेल्दै यौन संपर्क राख्दै जाने हो भने पनि त्यसले रास्ट्र र समाजीक मूल्य मान्यता र प्रतिस्ठामा हिलो नै छ्याप्ने छ। यसर्थ अदालतका हरेक फैसलाले यी सबै चुनौती र आसंकालाइ संबोधन गर्न सक्नु पर्छ।