ex-DIg Hemant Malla | kalo Kitab
नेपाल प्रहरी मातहतको मुख्य अनुसन्धान निकाय सिआइबिले बिगतमा अनपेक्षित उपलब्धि हासिल गरिसकेको इतिहास छ। तर बिगतलाई बिर्स्याउने गरि यस पटक पुर्व प्रधानमन्त्री देखि उपप्रधानमन्त्रि, मन्त्रि , मुख्य सचिब सम्मलाई तान्नुको पछाडि अनेक कारणहरु छन्। सरकारको नेतृत्व अलिकति पनि जवाफदेही भयो भने यो सबै सामान्य कुरा ठान्न सकिन्छ। यति मात्र हैन यो ट्रेण्डले भोलिका दिनमा बहालवाला प्रधानमन्त्रि देखि रास्ट्रपतिको सबालमा समेत अनुसन्धानको बाटो खोलेको मात्र हैन प्रहरीको साहस र अनुभव समेत थपिएको छ।
नेपाल प्रहरीको औपचारिक संबन्ध विस्वका सबैजसो देशहरु संग छ। त्यसो त इन्टरपोल मार्फत समेत अर्को औपचारिक संयन्त्र छ। यति मात्र हैन नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरुको विस्वका सबै जसो प्रहरी अधिकारि संग अनौपचारिक संबन्ध र कुराकानीको अभ्यास सिधै टेलिफोन मार्फत हुनुले विस्वका जुन सुकै कुनामा लुकेको भए पनि यस्ता भगौडा अपराधीहरु कोहि बच्न नसक्ने स्थिति बनेको हो।