राम बहादुर थापा मगर (आदिबासी जनजाति आयोग अध्यक्ष)
कुनै पनि घटनाको सतही बिश्लेशणले बास्तबिकता भन्दा बढि भ्रम पैदा गर्ने गरेको छ। के हो घटनाको प्रिस्ठभुमि ? निशेष या घृणाको राजनीतिले नेपालको हित हुन्छ ? संबिधानमा उल्लेखित धर्म निरपेक्षता र पहिचान भनेको के हो ? गाइ खाने र नखानेहरुले के गलत बुझे ? बुझ्नु पर्ने के थियो ? हामि नेपालीको धरातल के हो ?

नेपालको इतिहासमा शासन प्रसासनका के र कस्ता बिधि ब्यबस्थाहरु अभ्यासमा आए ? कस्ता मूल्य मान्यताहरु स्थापित भए भन्ने बिषय शासकहरु कोको र कस्ता थिए ? उनीहरुको मान्यता र प्रसासनको आधार र साधन के थियो भन्ने कुराले निर्धारण गर्छ। यधपी नेपालमा किरात बंशि राजाहरुले पनि शासन गरे, लिच्छाबी , गोपाल बंशि , महिषपाल,मधेसी, शाह , घले, मगर, क्षेत्री, नेवार लगायतका जातजातिका राजाहरुले शासन गरे। समग्रमा भन्दा अहिलेको समाजले बुझ्ने गरेको पहाडि , मधेसी , आर्य , मंगोल सबैले सासन गरे। पछिलो समय शाह र राणाहरुले संयुक्त र एक्ला एक्लै पनि शासन गरे। तर जे भएपनि हिजोको सामन्ती व्यबस्थाको मुख्य ध्यय अर्थात शासनको तौरतरिका र मान्यता भनेको आफ्नो सत्ता टिकाउन जनतालाइ अन्धबिस्वास र दासताको भारीले थिचेर शासन गर्नु नै थियो। शासक नै राज्य , राज्य नै शासकहो भन्ने अर्थमा जनताहरु शासित थिए। तर आज आम जनता हिजोको सामन्ती शासकको निरंकुशताबाट मुक्त हुदै जनता द्वारा स्थापित संयन्त्रले जनताका लागि नै शासन गरिने लोक कल्याणकारी प्रसासनको अभ्याम ठान्ने गरिएको गणतन्त्र आइ सकेको छ। राणा शासन ढल्यो ,शाही शासन ढल्यो आज जनशासन स्थापित भैसकेको छ। संबिधानले धर्मनिरपेक्ष भनेको छ , खासमा यसको अर्थ के ? आपशी द्वन्द , टकराब र निषेध संगै मुडभेड नै गर्नु पर्ने हो ?
इतिहास हेर्ने हो भने बिगतमा मधेसी र पहाडीको नाममा यो देश साम्प्रदायिक दंगाको स्थितिमा गुज्रियो। आज गाइ गोरुको मासु खाने र नखानेहरुको बिचमा झडप र मुडभेडको स्थितिले फेरी साम्प्रदायिक दंगाको अबस्था निम्त्याईएको छ। आखिर यो कसले र किन गरिरहेको छ ? नेपालकै चर्चित र सफा सहरका रुपमा परिचित धारान शहरमा आज प्रसासनले निषेधाज्ञा जारि गर्दै भयानक झडपको सम्भावनालाई ब्यबस्थापनका लागि यति निर्मम प्रयास गर्नु परेको स्थिति छ। यसमा प्रसासन र संबन्धित पक्षले कसरि काम गर्नु पर्छ ? आज सम्म कोको कसरि चुके ? किन यो अबस्था आयो ?
सत्यको निर्मम बिस्लेशण नगरी एक पक्षीय भैयो भने समस्याको समाधन गर्ने भन्दा पनि राजनैतिक घुसपैठ बढ्दो छ। यसले भुसको आगो सरि भित्र भित्र फैलिदै जादा मुडभेडको राको बनेर देखिन सक्छ। बिगतमा सत्ताले आफ्नो दुनो सोझ्याउन कसैलाई निषेध र कसैको पक्षपोषण गर्यो र त्यसैको आबरण र जगमा आफ्नो सासन दरिलो बनाउदै आयो। हुन् त् जे चिजको मूल्य हुदैन त्यसको संरक्षण पनि हुदैन। नेपालमा गाइ गोरुको मासु उपभोगमा निषेध गरिएको परिणाम गोरु र दुध नदिने गाइ हरु सडकमा छाडा छोडिएको छ। ति पशुहरुको हालत के छ ? कम्तिमा मासुका लागि प्रयोगमा आउने ब्यबस्था मिलाईएको भए कसैले नाफाको लागि चाकर गरेर पाल्थ्यो होला । भोको पशुको हालत किन यसरि देखिदै छ। गाइलाइ धार्मिक आस्थाका रुपमा बिस्वास राख्नेहरुले ब्यबारिसे छोडिएका गाइगोरुको संरक्षण र पर्याप्त खानाको ब्यबस्था गर्न किन सकेनन ? रागा , बोका , सुगुर, खसी किन लाबारिस बनाएर यसरि छाडा छोडिएको छैन ? बहस त्यता तर्फ पनि होस्। तर पनि कसैको आस्था माथि ठाडो आक्रमण गर्नु हुदैन। त्यो गाइगोरु खाने हुन् या पुजा गर्ने हुन्।