Phanindra Nepal's bigyapti
टोल टोलमा अक्सर जनताहरुको प्रस्न यस्तो रहने गरेको छ् “रास्ट्रबादि कहलिने होडबाजिको अग्र नाइके नै किन नहोस। सबका सब ाज किन मौन छन ? किन ? संसदको प्रमुख प्रतिपक्ष होस या पुराना पार्टिको बिकल्पमा भनेर राजनिति गरेको नारा लगाउनेहरु नै किन नहुन। सबै मौन छन। हुन त प्रस्नको के अर्थ – सुन्नु पर्नेहरु यति निम्न कोटिको भए पछि। कुरा यति मात्र हैन आफ्नो तलब भत्ता बढाउनु पर्ने लगायतका माग राखेर संसद हल्लाउने्हरु मात्र हैन लगातार १ महिना सम्म संसद चल्न नदिएर निर्ल्लज्ज नांगो चटक देखाएका सांसदहरुलाइ प्रस्न गर्नुको के अर्थ। २४ सै घण्टा संसदको काममा लाग्छु भनेर सपथ खाएका एमाले सांसदले – पुरै महिना संसद बन्द गराए, अरुलाइ पनि गर्न दिएनन। बरु एक दिन र एक मिनेट काम नगरि पुरै महिनाको तलब र भत्ता लिए। त्यसो त एमालेको नेत्रित्वमा नै संसद बन्द गराएको भए पनि किर्ते हाजिरि गरि तलम भत्ता लिएको यस बिशयमा एमालेका बिरोधि पार्टिका कुनै सांसदले समेत संसदमा प्रस्न उठाएनन। सांसद एकता यहा सम्म। कांग्रेस नेता तथा नेपालका अर्वपति बिनोद चौधरिले एक जना ईण्डीयन केटो लिएर कठमाण्डु आए। जोगि अबतारको बिकसित रुप देबता हुन भन्दै नेपाल भर प्रस्तुत गरियो। उनले नेपाललाइ ईन्डियाको मातहतमा रहेको नालायक मुलुक भन्ने आसयको कपोल्कल्पित, झुटो र भ्रामक अभिब्यक्ति दिएर नेपालिको अपमान गर्दै गलत प्रचार गर्ने दुस्साहस गरे । यि र यस्ता इण्डियन जोगिहरुको आशिर्बादमा स्थापना भै , सन्चालन र बिकास भएको आरोप लाग्ने गरेको राप्रपा-राजाबादिहरु यस्तो अभिब्यक्ति दिने दुराचारि जोगिको बारेका बिगतमा जस्तै मौन बसे। उनैको चरण कोमलामा आशिर्बाद थप्न पुगे। अरु पनि किन बोल्थे। सरकार बोले उस्को आयु चैट। यि त भए नागरिकले लगाएको आरोप र असन्तु्टिको कुरा। घटनाको स्मरण यसै गरि हुने गरेको छ।
अर्को खास कुरा बाकि नै छ। तपाइको देशको क्षेत्रफल कति ? यस्को जवाफ नेताहरु संग छैन । हाम्रा कर्मचारिहरु भने अचम्म कै छन। केपि ओलि सरकारले देशको क्षेत्रफल यकिन गरि उल्लेख नगरेको हुनाले त्यस पछिका सरकारले पनि मौनता देखाएको भन्दै अहिलेको सरकार उमिक्न मिल्छ ? देउवाले उम्किन मि्ल्छ ? प्रचण्ड्ले मिल्छ ? बिगतमा राजा र राजपरिवारका सेबकहरुले गरेको गल्तिलाइ सुधारेर कम्तिमा यति नक्सा भए पनि पुन प्रचलनमा ल्याउनु नै आफुहरुको उपलब्धि भन्ने नेताहरुले अन्त्यमा यो प्रस्नको जवाफ दिनै पर्छ। मन्त्रि या संसदको तह बाट कुनै निर्णय भै नया तथ्यांक नआएकाले कर्मचारिहरुले पनि पुरानै क्षेत्रफललाइ नेपालको क्षेत्रफल भनि प्रस्तुत गर्दै आएका हुन या कारण के ? करिब ४०० बर्ग किलि मिटर क्षेत्रफल भुभाग छुटाएर बनाएको नक्साको क्षेत्रफल पनि १,४७,१८१ बर्ग किलो मिटर अनि छुटेको भुभाग समाबेस गरि बनाएको नक्साको क्षेत्रफल पनि उत्ति नै ? गणितको कुन सुत्र लागु गरि हिसाब निकालियो ? यहि प्रसं अमेरिकी रास्ट्रपतिले सोधे भने के जवाफ दिन्छौ ?
नेपाल सरकारले हरेक बर्ष छाप्ने गरेको नेपाल परिचय पुस्तकमा हरेक वर्ष त्रुटि हुदै आयो। यस संबन्धमा ग्रेटर नेपाल रास्ट्रबादि मोर्चाले बिज्ञप्ति नै नेकालेर आपति जनाउदै संबद्ध निकाय र पदाधिकारिहरु संग जवाफ मागेको छ। मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल द्वारा हस्ताक्षरित बिज्ञप्ति यस्तो छ।
सरकारले नेपाल अधिराज्यको क्षेत्रफल सरकारी तथ्याङ्कबाट हटाई जनता, कूटनीतिक क्षेत्र र अध्येताहरूलाई भ्रमको पर्दाभित्र राखेको विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको विज्ञप्ति नेपाल अधिराज्यको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर हो भन्ने सरकारी तथ्याङ्क र सामान्य ज्ञानका पुस्तकले देखाउँदै आइरहेकोमा वि सं २०७७ सालदेखि सरकारले सरकारी अभिलेखबाटै नेपाल अधिराज्यको क्षेत्रफल हटाएको घटनालाई सामान्य रूपमा लिनसकिँदैन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले देशको क्षेत्रफलबारे खोजीनिती गर्दा २०७६ सालसम्म सरकारी तथ्याङ्कमा नेपाल अधिराज्यको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर उल्लेख भएको तर २०७७ सालमा नेपालको संसदले लिम्पियाधुरा, कालापानी र लिपुलेख समावेश गरी नेपालको राजनीतिक नक्सालाई सर्वसम्मत रूपमा अनुमोदन गर्नुका साथै संविधान संशोधन गरी निसान छाप समेत अद्यावधिक गरेपछि २०७७ सालमै नेपाल सरकार, प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको ञनेपालको तथ्याङ्कीय झलक २०७७ र त्यसको अङ्ग्रेजी संस्करण NEPAL IN FIGURES 2020 मा नेपालको क्षेत्रफल समावेशै नगरेको पाइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा बनाएपछि नेपालको क्षेत्रफल बढ्न गई १,४७,५१५ वर्ग किलोमिटर पुगेको सूचना प्रवाहित गरेकोमा देशको तथ्याङ्क देखाउने सरकारी प्रकाशनमा त्यसको उल्लेख गर्नुका सट्टा देशको क्षेत्रफलको नामनिशान हटाउनु विडम्बनापूर्ण घटना हो । २०७७ सालमा मात्र होइन, त्यसपछिका २०७८,२०७९ र २०८० सालका प्रकाशनहरूमा पनि देशको क्षेत्रफलको कतै उल्लेख छैन । देशको राजनीतिक नक्सामा कालापानी क्षेत्र थपिएपछि अक्षांश र देशान्तरमा सामान्य फेरबदल हुनुपर्नेमा त्यसमा पनि कुनै संशोधन गरिएको छैन । यसरी २०७७ सालपछिका प्रत्येक सरकारले नेपाली जनता, नेपालस्थित कूटनीतिक क्षेत्र र नेपाल अधिराज्यका अध्येताहरूलाई ठूलो भ्रममा राखेको देखिएको छ ।
कुनै पनि देशको क्षेत्रफल र सिमाना त्यो देशको परिचयका महत्त्वपूर्ण पक्ष हुन । सरकारले यही आधारभूत पक्षको बिलकुलै उपेक्षा गरेर ज्यादै गलत काम गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा देशको क्षेत्रफलका विषयमा सरकारले देखाएको यो चरम असावधानी र उपेक्षाको भर्त्सना गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्हरूलाई देशको क्षेत्रफलका सम्बन्धमा सरकारले बढाएको अन्योल, आशङ्का र भ्रमलाई चिरेर सत्यतथ्य र प्रस्ट तथ्याङ्क जनसमक्ष ल्याउन जोडदार माग गर्दछ।”
उच्च राजनैतिक भेटका क्रममा कुनै देशको प्रतीधिले सोध्यो भने ले जवाफ दिन्छौ ? सरकार संग कुनै प्रसं छैन, किन कि हरेक सरकारहरु इन्डियाको बन्धनमा रहदै आएका छन्। तर सरकार बाहिरका सांसद र बिरोधि पार्टिहरुले संसदमा आवाज उठाएर सरकारालाई दबाद दिन सक्नु पर्थ्यो। यसले सरकारलाई पनि काम गर्न बहाना हु सक्थ्यो। तर नेपालमा यस्तो संस्कार खै कहिले पाईएला र ? नागरिकहरु भ्रममा रहिरहेको हद सम्म यसैगरी चुनाबी ब्यापार बढिरहने छ।पछिल्लो समय भ्रममा बिस्वास गर्ने नागरिकको संख्या घट्दो छ। यति सम्मकि राप्रपालाई समेत नया पार्टि भनेर प्रचार गर्दा पत्याउने जनता भेटिए । के सधै यस्तै होला त् ? नेता, कर्मचारी र जनताहरु गम्भीर बिषयमा जिम्मेवार नहुने हो भने समयले धिकार्ने त हैन। सबैले मनन गर्न सके हुन्थ्यो कि !
