लेखकको फेसबुकबाट
पर्यटन मन्त्रीलाई खुल्ला पत्र। असरल्ल लडिरहेका लाशको थुप्रो चलिरहेको धन्दाको दृष्य सहित। उनले त्यस घटनाको मिति र पात्रहरुको नाम समेत यसरि सार्वजनिक गरिदिएपछि पर्दा भित्रको हबिगत बाहिरिएको हो।
पत्र

कुमारबाबु बस्नेत,
माननीय मन्त्री सुदन किराँती @sudan_kiratee ज्यु नमस्कार,
तपाईंले सम्हाल्नु भएको मन्त्रालयको बारेमा धेरै कन्फ्युजन देखिई ब्यापक जन-गुनासो आएको हुँदा जानकारीसङै जनताको अति आवश्यक कुरा समेत भएकोले आम चासोको विषयमा समाधानको अपेक्षा राखेको छु!
👉️मन्त्री ज्यु तपाई सामाजिक संजालमा जति लोकप्रिय देखिए झै भए पनि जनसरोकारका काममा तपाईंको नियतमा खोटै खोट देखिनु तपाईंको दोष कि मातहतका कर्मचारीको ?
यहाँ मैले उठान गर्न खोजेको विषय काठमाडौं एयरपोर्टको rescue flight को हो! निर्देशन वा सिकायत जस्को भए पनि जस- अपजस सबै तपाईंको नै हो!
👉️rescue flight ( रेस्क्यु फलाईट) जस्तो अति संवेदनशिल कुरामा तपाईंको अनावश्यक स्टन्डवाजले स्वयंलाई पक्कै गिज्याईरहेको हुनुपर्छ तर यदि तपाईंमा लाज र जिम्मेवारी भन्ने चिज हुदो होत!
👉️ rescue flight मा तपाई र तपाईंको मन्त्रालय जिम्मेवार नबन्दा आम सर्वसाधारण भने जति पैसा तिर्न तयार भए पनि झन्झटिलो प्रक्रियाको कारण उपचार बिहिनदेखि लाखौं खर्च गरेर पनि समयमा अस्पताल नपुग्दा मर्न बिवस छन! यस्को जिम्मेवार को हुने मन्त्री ज्यु!? के ति निर्दोष जनताको आसु लाग्दैन होलात? के ति भड्किएका आत्माले सराप्दैन होलात!अनि मर्नेका आफन्तले हेलिकप्टर कम्पनीलाई कि तपाईंलाई मुद्दा हाल्ने? साच्चिकै हाले भने जेल जान को तयार हो माननीय ज्यु??
👉️ तपाईंले लगाएको अब्यवहारिक नियम पार गरेर rescue flight को प्रक्रिया पुरा गर्न मात्रै कम्तीमा २ घन्टा लाग्छ! के meaning of rescue यहीँ हो???
👉️देशमा के त्यस्तो आपतकालिन अवस्था आईलागेको छ र दुर दराजबाट बिरामी ल्याउदा CAAN लगायतमा पहिला नै स्वीकृत लिनुपर्ने! के आत्माघाती हमलाको जोखिम देख्नु भो कि नियम टाईट बनाउदा सबैले मलाई सम्पर्क गर्छन अनि म सुपरहिरो बन्नेछु लागेकोले हो मन्त्री ज्यु!? अत:
👉️झन्झटिलो प्रक्रिया लगायतको कारण घटेका केही प्रतिनिधि घटनाहरु यहाँ प्रस्तुत गरेको छु!
👉️👉️👉️२६ अगस्ट २०२३ को दिन तपाईंको जनता चुतिया बनाउने नियमको कारण लाखौं पैसा तिर्न तयार भै हेलिकप्टरको पर्खाईमा रहेका एकजना नेपालगन्जका बिरामीले झन्झटिलो प्रक्रियाकै कारण सिम्रीक हेलिबाट मिड्सिटी अस्पताल काठमाडौं त आईपुगे ! तर.. Dr. को design आयो he is no more.., due to dely the rescue flight😭!
👉️ अनि त पैसा पनि छैन ज्यान नि छैन! तिनै बिरामीले भन्दै थिए , यो कारण हेलि आउन ढिला भयो भन्ने सनेछन क्यारे, मन्त्री ज्यु म बाचेर तपाईंले भनेको मान्छु तर मलाई बचाई दिनुस्😭
👉️👉️ 👉️त्यस्तै अर्को घटना गोसाइँकुण्ड कुन्ड घुम्न गएका २० बर्ष युवा आयुस ताम्राकारलाई अचानक लेक लाग्यो! rescue flight प्रभु हेलिबाट गर्ने गरि CAAN सङ अनुमति मागेकोमा CAAN ले अत्यन्तै ढिला अनुमति दियो!तैपनि rescue गरेर गङालाल अस्पताल के पुर्याएको थियो! Dr. ले मृत घोषण गरिदिए😭
👉️👉️👉️👉️ त्यस्तै अर्को घटना भाद्र १० गतेको, शुरूवातमा राजनीतिक अपनत्त्व लिने होडबाजी चल्यो! पछी तपाईकै निजि/ स्वकीय सचिव मार्फत हेलि कुरा गर्दा समेत अनुमति आउन ढिला हुने भन्दै मौसमको कारण देखाएर सो हेलिकप्टर खोटाङको दिप्रुग चुईचुम्मा गापा ५ मा अत्यधिक रक्तस्राव भएकि ३५ दिनकि सुत्केरी लिन नगएर Training flight गयो! र ति महिलालाई अत्यन्तै कष्टपुर्ण तरिकाले बिराटनगरतर्फ एम्बुलेन्समा लगियो, अहिले अवस्था गम्भीर भन्ने कुरा आएको छ!
👉️ यी त केहि दिनका प्रतिनिधि घटना मात्रै हुन मन्त्री ज्यु!
👉️यस्ता घटनाहरु त काठमाडौं नै नआई rescue flight कुरेर मर्ने धेरै नेपाली छन ,भने कति अत्यधिक मात्रामा वृद्धि भएको भाडादर र त्यसमाथि तपाईले उपहारस्वरूप rescue flightमा जबर्जस्ती थपिदिएको १३% भ्याटले हेलिकप्टरको मुल्य सुन्दै मर्न तयार भएका छन!
👉️के यहीँ उदेश्यकै लागि थियो त तपाईं मन्त्री हुनु भएको!?
के यो स्टन्डवाज अब उदाङो भएन र?
👉️तपाई आफ्नो जिल्लामा चै नेपाल एयरलाइन्सलाई २ जना प्यासेन्जर भए पनि भोजपुर फलाइट गर्न बाध्य पार्ने कुनै नियम मान्न नपर्ने अनि अरुलाई चै नियम?
👉️सुझाव 🙏
👉️यसको लागि rescue flight को झन्झटिला सबै प्रक्रियाहरु हटाई त्यो तपाईंले उपहारमा दिएको १३% भाट सबै निशुल्क गरि त्यस्तो शुल्क ब्यापारी र तपाईहरु जस्ता भिभिआईपीहरुको flight मात्रै लागु गर्दै हेलिकप्टरको तेल ( fuel cost) खर्च सहित बिना Tax को कर्मचारी बापतको 75% ( सम्भव हुन्छ भने) मात्रै सेवा सुबिधा पाउने गरी rescue flight मा जाने हेलिको स्थानको तेल र कर्मचारी खर्च बाहेक सबै अन्य खर्च मिनाहा हुने गरि rescue flight को Fix मुल्य निर्धारण गरिदिनु होला!
👉️👉️ यसको बेफाइदामा हेली कम्पनीहरु जान नमानी डलरवाला मात्रै फलाईटमा जान सक्ने भएको हुँदा त्यसलाई नियगमन गर्न जुनसुकै हेलि कम्पनी होस , सबैको rescue flight desk सबैले हेर्न मिल्ने गरी रेकर्ड देखाई अन्य सेवा सबिधा दिने र साझा डेक्स्बाट कुन कम्पनीले कति rescue गर्यो स्वत थोरै rescue गरेको अर्को कम्पनीले flight अनिवार्य गर्नुपर्ने ब्यवस्था गरियोस!
अन्त्यमा …
👉️यो ब्यथिती नै तपाईंको ब्यक्तिगत भबिस्य निर्माणको बाटो होकि तपाईंले चाहेर पनि गर्न नसक्ने हो भन्ने कुरा आम नेपाली जनताले बुझ्ने भाषामा यसको जवाफ संजालमै भए पनि आओस, के माथि उल्लेखित बिषयहरु थाहा नभएर मन्त्रि ज्युले नजर अन्दाज गर्नु भयो ? त्यसो हो भने आब जानकारीमा आएको ठान्न सकिन्छ। अन्यथा माथिका समस्याहरु असुली र भ्रस्टाचार अन्तर्गत पैदैनन र ? जवाफ आओस भन्ने माग र अपेक्षा सहित नमस्कार ! धन्यवाद
संपादक द्वारा सम्पादित बिबेचना,
डिजिटल दुनिया र बास्तबिकताको अन्तर कति धेरे हुन्छ भन्ने यथार्थ आम नेपालीलाई थाहा नहुन सक्छ। सत्य उजागर गरीए शक्तिमानहरुको तारो बन्नु पर्ने पनि हुन् सक्छ। तर यसलाई जोखिम र सत्रुता भन्दा पनि पबित्र मनसायले सरोकारवाला निकाय संग सहकार्य र हातेमालो गरेको अर्थमा बुझेको छु। बाकि तपाई कै हातमा छ। विस्वका अन्य मुलुकमा खेल, मनोरंजन र सामान्य यातायातको साधनको रुपमा लीइने हेलिकप्टर सेवा भनौ या अन्य यातायातका साधनहरु अझै आम नेपालीको सन्दर्भमा आकस्मिक उद्दारको माध्यमका रुपमा मात्र प्रयोगमा आउने गरेको पाईन्छ। अझै लाखौ नेपालीहरु पैदल नै आफ्नो यात्रा तय गर्न बाध्य छन्। दार्चुला सहितका सिमाबर्ती क्षेत्रमा इन्डियन सैनिकले मारेका नेपालिहरुको मुख्य कारण नेपाल तर्फको सडक पूर्वाधार नभएकाले इन्डिया तर्फको बाटो भएर यात्रा गर्नु पर्ने बाध्यता नै हो यस परिप्रेक्षमा बार्गेनिङ्ग गरिन्छ,बिमान स्थल अबतरणको अनुमतिमा निर्मम ढिलाइ गरिन्छ मृत्यु रोज्ने कि जिबन ? अनि पैसा असुलिन्छ निर्मम ढंगले ।
सिर्जना गरिएको समस्या हो या बिधमान समस्यामा बार्गेनिङ्ग ? यो शिर्षक के गलत छ ? आम नेपालीको चाहना पनि यहि हो , चाडै यो समाचारलाई गलत पुस्टि गरियोस। अर्थात अबस्थामा सुधार होस्। समस्या संबोधन होस्।
तस्करीको हब बनेर उदाई रहेको बिमान स्थानको ब्यबस्थापनका लागि मन्त्रि ज्युले अरु भन्दा कम्ता काम गर्नु भयो भनेको पनि हैन तर बाहिर जसरि लोकप्रिय देखिएको छ, त्यसलाई जिग्याउने गरि भित्र भित्रै मौलाई रहेको यस्तो प्रवृतिका बारेमा जानकारी पाएपछि समस्या समाधानका लागि पक्कै सोच्नुहोला कि भन्ने आशाले यति ठुलो चुनौतीका बाबजुत घटना स्थलको रिपोर्टिङ्ग प्रस्तुत गर्दैछन् लेखकले। यसो त् नक्कली भुटानी, बालुवाटार जग्गा प्रकरण देखि ६० किलो सुन तस्करीमा गृह मन्त्रि श्रेष्ठ र प्रधान मन्त्रि प्रचण्डको कामले पितिक्क भएपनि आशा जगाएकै छ। तर आसंका र प्रस्न पनि त् छन्। तर पनि इतिहास ब्रेक गरेको पनि सत्य हो। यसको मत्लम यति पितिक्क काम गर्दा समेत नेपालीले खुसि हुनु पर्ने हबिगत पनि त् रहेछ। स्वाधिनता, सुशासन र बिकासका संबन्धमा संसदमा चुईक्क नबोल्नेहरु – युवा मात्र हैन बैकल्पिक राजनितिग्यको तक्मा भिरेकाहरु समेत रत्तिभर लज्जित नभएको पनि देखिएकै हो। त्यसो भए तपाइँ मन्त्रि ज्यु पनि त्यहि कोटामा रहन खोजेको हो ? जवाफ तपाइले नै दिनु पर्ने छ।
कहिँ कतै साच्चै नै काम समेत गर्ने गरेको देखिने मन्त्रीको भित्रि कथा यति कालो छ भने अरुको हालत के होला ? आरु संसदको नियतको भित्रि पाटो झन् कति कहाली लाग्दो होला।
फेरी सत्यलाई स्वीकार्ने पर्छ – प्रचण्ड सरकारले सुसासनका लागी जति काम गर्यो इतिहासमा कहिल्यै कसैले नगरेको काम हो। यति सानो पार्टी भैकन पनि सत्ता टिकाउनु पर्ने बाध्यताका बाबजुत भएका कामहरु सामान्य अबस्य हैनन्। यसो भन्दै गर्दा यी प्रस्नहरु पन्छाएर भाग्ने छूट पनि त् नहोला।
एक जना युवा मन्त्रि जसले मन्त्रालय भित्रका बेतिथी र गलत प्रवृत्तिलाई जरै देखि निर्मुल पार्ने अठोट लिएको सुनेको छ। तर यस्ता घटनाले तपाइँ माथि गम्भीर प्रसं तेर्स्याएको छ। हुन् त् कामै नगरिकन पनि गफैका भरमा राजनीति गर्नेहरुको भिडमा तपाइको मन्त्रालय भित्रको यो बेथिति सामान्य मान्न सकिएला तर आजको नेपालीको जिबन माथि बार्गेनिग गर्ने कार्य कुन तहको भ्रस्टाचार हो तपाइँ नै भन्नुस। जनयुद्धका समय जसरि गरिब, बिपन्न, उपेक्षित र अबहेलनामा परेका जनताले माओबादीलाई भरोसा गर्दथे, समानुपातिक , समाबेसिता र बर्ग संघर्षको इतिहास मेटाउदै आज धनि पोस्ने र धनि बन्ने राजनीति गरिदै त् छैन ? चुनाबी बाचाहरु इतिहासको दुर्गन्धित टोकडिमा मिल्क्याएर झिलिमिलिको नौटंकिमा जनतालाई नभुल्याईयोस। रचनात्मक आलोचना नै सुशासनको मानक हो। जो जति आलोचित हुन्छ उसले उतिनै आफ्नो व्यक्तित्व बिकास गर्ने अवसर पाउछ । एकहोरो प्रसंसाले पतन तर्फ धकेल्न सक्छ , मंत्री ज्युलाई हेक्का होस्। के हो बास्तबिकता चाडै जवाफ आओस।