PM Prachanda | chitawan
चितवन ,
अब कहिल्यै नब्युतिने गरि मारिएको ठानिएका केहि रहस्यमय भ्रस्टाचार प्रकरणहरु बाहिर ल्याएर जनतामा सामान्य आशा जगाउने काम ग रेका प्रधानमन्त्री प्रचण्डले आज चितवन पुगेर बोलेका कुराहरुले नेपालको अब बिकाशको दिशामा अगाडी बढेको संकेत गर्यो। तर कुरा यतिमा मात्र सिमित भएनन्। प्रशंसाले मानिसलाइ सिथिल र गैरजिम्मेवार बनाउछ भन्ने मान्यताको जगमा बिस्लेशण गर्दा चितवनको त्यस कार्यक्र मार्फत सार्वजनिक भाषणले उनका केहि कमजोरीहरु भेटिए समेत सतहमा ल्याई दिएको छ।

आज प्रधानमन्त्रि प्रचण्डले चितवन पुगेर नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन र मस्र्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन गरे। उक्त अवसरमा प्रधानमन्त्री तथा माओबादि अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका–११ आँपटारीमा मस्र्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्मित ‘ग्यास इन्सुलेटेड सबस्टेसनको समेत उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै प्रचण्डले भने ” बिधुत उत्पादन, प्रसारण र उपभोग बिचको तादम्यता मिलाउदै गरिने बिकाशले राज्यको सर्वांगिण बिकाशमा गुणात्मक छलंग पार्ने छ। अब नेपालको बिधुत अन्तरदेशीय प्रसारण लाईन मार्फत इन्डियालाई बेचेर हामीले मनग्गे आम्दानि गर्ने अवसर समेत खुली सकेको छ। ” यति सम्म त कुरा ठिकै हो – तर नेपालको आन्तरिक खपत वृद्धि हुन् नसक्नु र इन्डिया संग मात्र आश्रित हुनुले उचित मूल्य नपाउने मात्र हैन उसको अनुचित सर्तको प्रभावले देशको स्वाधिनता माथि नै खतरामा पर्दै आएको यथार्थलाई स्मरण गर्दै चिन तर्फ समेत प्रसारण लाइन निर्माण गरि बजार बिस्तार गर्ने तर्फ खासै काम हुन् नसक्नुलाई सरकारहरुको कमजोरीका रुपमा आत्मसाथ गर्न सकेको देखिएन। यधपी उनले भनेका छन् – ” चीनतिर पनि विद्युत् व्यापार गर्नका लागि अन्तरदेशीय प्रसारण लाइन बन्ने तयारीमा रहेको छ । बूढीगण्डकीको छिट्टै शिलान्यास गरिने उल्लेख गर्दै उहाँले कर्णाली चिसापानीको १० हजार आठ सय मेघगावाटको एउटै परियोजनाको अध्ययन विद्युत् प्राधिकरणमार्फत अघि बढाइने छ”। तर नत बिगतका सरकारले यस कुरालाई गम्भीर भएर लिएको थियो नत प्रचण्डको सरकारले नै देखिने गरि काम गरिसकोको स्थिति छ।
बरु भारत भ्रमणको समयमा देश हजार मेघावाट १० वर्ष भित्रमा व्यापार गर्ने सम्झौता भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रारम्भिक हस्ताक्षर समेत भइसकेको बताउदै भने “एउटा समारोहका मार्फत छिट्टै औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ । विगत लामो समयदेखि प्रतीक्षा गरिरहेको बङ्गलादेशसँग विद्युत् व्यापारको विषय अघि बढिरहेको छ। अहिले पहिलो पटक नेपाल, भारत र बङ्गलादेश बीचमा त्रिपक्षीय सैद्धान्तिक समझदारी बनेको छ । अब नेपालको विद्युत् बङ्गलादेश पठाउने बाटो खुलेको छ ।” तर नेपालले बिधुत निर्यात गरेर भन्दा इन्डिया बाट आयात हुदै आएका सेवा तथा बस्तुको आयातलाई प्रतिस्थापनका खातिर आन्तरिक उत्पादन वृद्धिका लागि खास काम गर्न सक्नुले मात्र साचो अर्थमा बिकाशको संकेत दिने छ। यधपी क्षणिकका लागि यतिलाई समेत उपलब्धि ठान्ने नसकिने स्थिति पनि हैन।
तर जे होस् यो समाचारले नेपालको बिधुत बिकाश र बितरण प्रणालीलाई भने थप गति दिने निश्चित छ।