समाचारको खण्डन
मिटर ब्याजी भनि लगाएको आरोपका संबन्धमा नानीमाया बस्नेत,अन्जु खड्का र बिन्दा गिरिको खण्डन र कालो किताबको प्रस्टीकरण
हामीले सार्वजनिक गरेको समाचार र भिडियोको खण्डन गर्दै नानीमाया बस्नेत, अन्जु खड्का र बिन्दा गिरिको भनाइ
——————————————————————————————————————————
समाचार यस्तो थियो।
नेपाल प्रहरीको असईको रुपमा चिनिदै आएकी भुतपुर्व असई मुना केसीका संबन्धमा २०८० भदौ ३ ४ गते प्रकाशित समाचारले हाम्रो व्यक्तीगत जिवनमा क्षति पुर्याएको र चरित्र हत्या भएको हुँदा कालो किताब मिडिया मार्फत सार्वजनिक समाचार गम्भीर ध्यानाकर्षण भएको छ । साथै हाम्रो खण्डन प्रकाशन प्रशारण गरिदिनु हुन अनुरोध गर्दछौ ।
समाचारको विषयमा नानीमाया बस्नेत,अन्जु खड्का र बिन्दा गिरिको खण्डन
१. समाचारमा उल्लेख भए अनुसार र भिडियोमा मिटरब्याजबाट पिडितका रुपमा अन्तर्वार्ता दिएकि मुना केसी थापाले बोलेको कुरामा कुनै सत्यता नरहेको कुरा जानकारी गराउन चाहान्छौ ।
साथै बोरु उनी आफै मिटरब्याजी भएको र मिटरब्याजमा पैशा लगाउने आफैले स्वीकारेकी छिन् । मिटरब्याजमा पैशा लगाउने काम आफु नेपाल प्रहरीको असई हुदै खेरी सुरु गरेको तथ्य समेत भिडियोबाट प्रश्ट भएको छ ।
२. हामी पिडित मध्येका बिन्दा गिरि, नानिमाया बस्नेत अन्जु खड्का लगाएतको पैशा मुना केसी थापाले बिभिन्न बाहाना गर्दै म प्रहरीको असई हुँ भन्दै विश्वासको भरमा पारि कतिपय रकम उनको खातामा नै लगाई दिएको र त्यसबापत उनले चेक दिएको कतिपय रकम प्रत्यक्ष भेटेर दिएको र त्यो बापत उनले केही समयको भाका राखि चेक दिएको कुरा अवगत गराउन चाहान्छौ । साथै अहिले पैशा माग्दा उल्टै आपत्ती जनक शब्दहरु बोली मुख छाड्ने गरेको र उल्टै हामी माथी जिल्ला प्रशासन कार्यलय सिडियो काठमाडौमा मुद्दा हालेको बिषय अवगत गराउदछौ ।
३. मुना केसीले हामिलाई अपराधी भनि बोलेको अभिब्यक्तीप्रती आपत्ती जनाउदै हामी अपराधि नभएको र बोरु पैशा खाने मुना केसी चाही अपराधी हुन् । भिडियोमा भने जस्तै उनलाई कुनै पनि मानसिक तनाब नदिएको प्रहरीको जागीर छोड्न बाध्य नबनाएको त्यस्तो प्रकारको नियत हाम्रो रहेको थिएन । उनी आफै मिटरब्याजी भएका कारणले चाही जागीर छोड्न बाध्य भएको हो ।
४. कुनै पनि आकर्षण ब्याज दिने प्रलोभन नदिएको, घर जग्गा सम्पती खरिदमा प्रोत्साहन नगरेको साथै मुना केसीले भिडियोमा बोलेको कुनै पनि विषयमा सत्यता रहेको छैन । उल्टै अमेरीकामा बसोबास गर्दै आएको मुना केसीको श्रीमानले हामी पिडितहरुलाई धम्क्याउन थालेको छ । मुना केसीको विश्वासले गर्दा अहिले हामी संकटमा परेका छौ । अहिले उत्त रकम उनीहरुसँग माग्दा उल्टै थर्काउने, तेस्रो ब्यक्ती लगाएर थर्काउने , फोनमा कुरा गर्दा बिभिन्न प्रकारका शब्द गालीगलौज गर्ने र उल्टै आफै मुद्दा हाल्ने गरी रहेका छन् ।
५. आफूले गरेका गल्ती ढाकछेप गर्न विभिन्न संञ्चारमाध्यमलाई प्रभाव पार्दै गलत समाचार छाप्न अभिप्रेरीत गर्दै गृह मन्त्रालय सम्म मेरो पावर छ भन्दै हिडि रहेकी छीन् । यति मात्र नभईकन प्रहरीलाई समेत झुक्याउन खोज्ने प्रहरीलाई पनि आर्थिक लोभलालच देखाउने गरेकी छीन् ।
६. मुना केसी थापा आफै मिटरब्याजी भएको र मिटरब्याजी केसीले हाम्रो ईज्जत मान प्रतिष्ठामा आच आउने काम गरेकोले उनले माफी माग्नु पर्ने भएको छ । साथै मुना आफैले हामीलाई ठगेको र हामीसँग हामीलाई ठगेका प्रमाणहरु धेरै रहेका छन् । आफ्नो नाममा भएको सम्पत्ती अरुको नाममा गरेर अमेरिका जान लागेकी थिईन् ।
७. यही भदौ १ गते जिल्ला प्रशासन कार्यलय काठमाडौमा यसै बिषयमा छलफलको लागि बोलाएर जादा उल्टै हामीलाई बोलाई हाम्रो भिडियो खिचि कालो किताबबाट सञ्चालित युटुब च्यानलमा हालिएको भिडियो हटाई कालो किताब मिडियाले माफी माग्नुपर्छ ।
८. उत्त समाचार भिडियोमा हामीमध्येका अञ्जु खड्का बिन्दा गिरि लगाएतको हाम्रो अनुमती बिना भिडियो खिचि समाचार लगाएत युटुबमा अपराधी जसरी नै राखिएको हुँदा हाम्रो गम्भीर आपत्ती रहेको छ ।
यसरी बिना प्रमाणका आधारमा प्रकाशित समाचारबाट हाम्रो चरित्रको हत्या भएको छ । तसर्थ एकपक्षीय रुपमा बिना आधार हामीहरुको चरित्र हत्या गरी भनाई समेत राख्ने मौका नदीई समाचार प्रकाशन प्रशारण भएको हँुदा क्षमायाचना सहित प्रकाशन प्रशारण गर्नुहुन अनुरोध गर्दछौ ।
संपादकबाट छोटो प्रस्टोक्ति
———————————————————-
नेपाली मिडिया दक्षिण एसिया मै दाजेर हेर्दा बढि जिम्मेवार र स्वतन्त्र रहेको इतिहासले पुस्टि गर्दछ। तर समाचार के कुरा बन्ने ? समाचार कुन परिस्थितिमा कसरि बन्यो ? यसको प्रभाव र उपादयिता कति रहन्छ ? यो समाचारले राज्यका निकाय र समाजलाई सहयोग पुग्छाकी पुग्दैन ? भन्ने कुरा नै समाचार प्रसारण तथा संप्रेसनको निर्णायक तत्व हो।
कुरा रहयो समाचारको अनि भिडियो को। यस बारेमा समबन्धित सबैले प्रस्ट हुन् जरुरि छ। घटनाको सामान्य प्रकृति र परिस्थिति अनि प्रवृत्ति हेर्दा यो बिषय गम्भीर अनि ब्यापक मात्र हैन महत्वपुर्ण समाचार बन्न योग्य बिषय हो भन्ने लागेरै समाचार बनाईयो। त्यस दिनको घटना, मिटर ब्याजी कारोबारको गाम्भीर्यतालाइ लिएर समाचार बनाईएको हो। सिडियो कार्यालय एक सार्वजनिक कार्यालय हो भन्ने हामि सबैलाई थाहा भएकै कुरा हो। त्यहा भएको होहल्ला र उछ्रिंखल दृश्यलाई हामीले कैद गरेका हौ। त्यस प्रति आपत्ति जनाउदै स्वतन्त्र पत्रकारितालाई अबरोध गर्ने भन्दा पनि त्यस्ता सार्वजनिक र सरकारी स्थानमा उपस्थित हुदा हामि सबैको संयम बन्ने आचरणको बिकाश हुन् जरुरि हुन् जरुरि छ।
हामीले बनाएको समाचारले कसैको चरित्र हत्या भएको भन्ने लाग्दैन। अन्तर्वार्ताका क्रममा मुना केसिले नाम लिएका व्यक्तिहरु तपाइहरु नै हो भन्ने आफैले यकिन पनि तपाइहरुले नै गर्नु भएको हो भने तपाइहरुको चरित्रहत्या कसरि भयो ? यस्ता कुरालाई लिएर पत्रकारमाथि यसरि कोहि कसैले ब्यबहार नगर्नु हामि सबैको हितमा छ ।
प्रेस काउन्सिलमा उजुरी दीई मिडियालाई डर, धम्कि , झन्झट र प्रभावमा पारि आफ्नो स्वार्थ पूर्ति गर्ने आसय र अभिप्रायका गतिबिधि कसैले नगरुन यसैमा हामि सबैको हित हुने छ। किन भने मिडिया कसैको प्रभाव र स्वार्थ पूर्तिको माध्यम बन्नु उदैना भन्ने मान्यतालाई हामि सबैले अंगिकार गरेका छौ। हामीले उठाएका समाचारहरु यो समाजका लागि पक्कै शिक्षाप्रद छन्। यो बिषय कसैको व्यक्तिगत बिषय मात्र नभएर रास्ट्रिय महत्व र सरोकारको बिषय हो। बाकि कुरा तथ्य र प्रमाणले दोसी कसलाई देखाउछ सम्बन्धिक निकायले गरे बमोजिम हुने यथार्थलाई सम्बद्ध सबैले मनन गरियोस।
खण्डन गरि आएका भनाइलाई स्थान दीएकै छ, तपाईहरुलाइ बोल्न प्रस्ताव पनि गरेकै हो। तपाइले नै अनिक्षा पनि गरेकै हो। यस कारण यस्ता गभिर बिषय सार्वजनिक भै समाज सुधारको पबित्र उद्देस्यले बनाइएका समाचारलाई लिएर पत्रकारलाई त्रसित र हतोत्साहित गर्ने कार्य कहिँ कतैबाट हुनु हुदैन। साथै आफ्नो अनुकुलतामा मौका हेरेर मिडियालाई उपयोग गर्ने प्रयास गर्नु पनि उचित नहोला।
यधपी हाम्रा समाचारहरुले कोहि कसैलाई चोट पुर्याउने आसय र नियत नभए पनि यस समाचारले कसैलाई असहज लागे हामि क्षमा प्रार्थी छौ। हामि सबैले आ-आफ्ना गल्ति कमजोरी सच्याई संयुक्त रुपमा अघि बढी समाज र रास्ट्रको सेवा गर्ने तर्फ हामि सबैले कर्तब्य बोध गर्न सके कति राम्रो हुन्थ्यो।