ASI Muna KC|kalo Kitab | kand

“मलाइ कित् मर्न देउ नत्र म मेरो संबन्धमा अनुसन्धान गरि दोसी भए सजाय दीईयोस। हैन भने म माथि ३ बर्ष देखि लगातार भएका ज्यादति र अपराधमा संलग्नहरुलाई कारवाही गरियोस।” म संग आज्ञा यो दुनियामा केहि बाकि छैन, सन्तान देखि सम्पति मात्र हैन इज्जत सम्म पनि बाकि रहन दिएनन।
नेपाल प्रहरीको बर्दी धारी असई नै ३ बर्ष देखि गिरोहको घेरामा परिन। सामान्य जनताको हालत के होला ? कहाली लाग्दो र आश्चर्यजनक रुपमा आएको यो घटनाको नालीबेली। मलाइ परिबन्ध पारियो, मेरा कहालीलाग्दा दिनहरु कति कस्टकर थिए म तपाइलाइ सबै सुनाउछु भन्दै एक प्रहरी असई (पुर्ब) ले भनिन “रुदै जिबन कटाउनुको विकल्प थिएन”। अचम्म लाग्दो कुरा त् यो छ कि यो सबै घटनाहरु उनि प्रहरी सेवा मै हुदा घटेका थिए। गिरोहको भूमिगत सत्ता पनि हुदो रछ भन्ने यथार्थ सारकारले कसरि बुझेको छ अनि प्रसासनले कसरि लिन्छ भन्ने कुरा नै प्रमुख प्रश्न बनेको छ।
मलाइ मानसिक रुपमा यति कमजोर बनाईयो कि प्रहरीको जागिर छोड्न पनि बाध्य गरायो। मानसिक रुपमा विछिप्त हुदै बाच्ने युद्धमा लडिरहे भन्दै अस्ति भदौ १ गते ति महिलाले हामीलाई रुदै फोन गरिन र भनिन “सर मेरो जिबन निरन्तरता र मृत्यु अर्थात अन्त्यको बिषयमा निर्णय गर्ने समय मेरा सामु छोटो छ, न्यायको बिकल्पमा आत्महत्या मात्र छ “। रुदै अत्तालिदै हतोत्साहित रुपमा आएको उक्त टेलिफोनमा मैले लामै कुरा गरे तर वाहाको परिचय मागिन र भने तपालाई म आजै भेट्छु मेरो बाचा भयो।
मुना केसी पेशाले प्रहरी भित्र पनि स्वास्थ्यकर्मी । पद असई। तलब राम्रै थियो। भगवान जस्ता श्रीमान् थिए। गिरोहले कसरि यो हालतमा पुर्यायो र ३ बर्षको अन्तरालमा श्रीमान् र छोराछोरी सहित परिवार मात्र लुटिएन कि उनको सारा श्री सम्पति लुटियो।
बिषय हो मिटर ब्याजिको गिरोहको घेराबन्दी र त्यस दलदलमा फसाउने रहस्यमय खेल। सुरुमा विभिन्न बहानामा मित्रता कायम गर्ने। तयस पछि आकर्षक ब्याज दिने प्रलोभनमा लगानी गर्न उत्प्रेरित गर्ने। त्यस पछि घर जग्गा सम्पति खरिदमा प्रत्साहन गर्दै त्यसका लागि रिण नै दिने तर दैनिक हजारौ ब्याज तिर्ने सर्तमा। संगसंगै यसरि आर्थिक प्रगति हुने लालचा सहितको भ्रमपूर्ण ग्यान बाड्ने। यसरि गिरोहको चंगुलमा फसेपछि दैनिक तिरिने ब्याज समयमा बुझाउन तलब हाल्नु पर्ने, तलबले नपुगे आफ्नो व्यक्तिगत नियन्त्रणमा भएको सम्पति बेचियो। तयस पछि नातागोता , साथीभाई संग रिण लिएर मिटर ब्याजको दैनिक किस्ता बुझाउन थालिन।
यस पछि कुरा झनै रहस्यमय रुपमा अगाडी बढ्न थाल्यो। त्यस पछि श्रीमानलाई झुक्याएर पनि रिनको किस्ता बुझाउने, तर कहिल्यै साउ भने नघट्ने स्थिति बनाईयो। सारा सम्पति सिद्धिएपछि उनीहरुले नै सदस्य मध्यको अर्को व्यक्तिले तोकिएको पैसा जम्मा गरिदिएको भन्दै त्यस बापत मुना केसीलाई बैंक चेक कटाउन थालियो। यो क्रम निरन्तर चल्न थाल्यो। सबै सक्किए पछि जो सुकैलाई ठगेर पनि पैसा ल्याउन धम्कि दिन थालियो र बाध्य गराईयो। मनालागी किस्ता तोकेर मनोमानी ब्याज भन्दै पैसा असुल्न थालियो, पैसा संकलनको सारा विकल्प सक्किए पछि इज्जतको डर परिवार समेतलाई लुट्न नया हर्कतहरु सुरुभए – यो काहानी कसरि अगाडी बढ्यो , अनि कस्ता पात्रहरु आए ? सारा नालीबेली
यो भिडियोमा हेर्नुहोस। जिल्ला प्रसासन कार्यालयमा भएका हर्कत जहा अबैध कारोबारीहरू निर्धक्क यसरि बोलिरहेका थिए। मानसिक बिछिप्तताले जागिरमा रहेर काम गर्न सकिनन्। यहि चैत्रमा उनि बिशा बर्षे कार्यकाल पुरा गर्दै अबकास लीईन तर गिरोहले उनको बाकि रहेको सम्पति भनेको पेन्सन थियो त्यो पनि रोकाइदिए। प्रसासनले कसरि अनुसन्धान गरिरहेको छ, त्यसको समिक्षा र फलोअप पनि आउने नै छ। अर्को श्रिंखला अर्थात नया भागका का लागि प्रतीक्षा गर्नुहोला। Full Video हेर्न यहा क्लिक गर्नुहोस