CDO office kathmandu
एउटा जिलाका २ प्रमुख जिल्ला अधिकारीको फ़ण्डा। पब्लिशमा क्लिक गर्न मात्र बाकि रहेको समाचार केहि सेकेण्ड भित्रै पुरानो र असान्दर्भिक भएको अचम्मको घटना

काठमाण्डौ जिल्ला प्रसासन कार्यालयको पछिल्लो कामको द्रुतता र जवाफदेही पुर्ण कार्य ब्यबहारले त्यहाबाट सेवा लिने हरेक नागरिकलाई उत्साहित पारेको हुनु पर्छ। हामीले खोजबिन गर्दा जिल्ला प्रसासन कार्यालयको वेबसाइटका बिषयमा बुझ्न भनि खडग बहादुर श्रेष्ठ सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) को ९८५१३३८३२२ मा फोन गरि जिज्ञासा राखेका थियौ। तर जानकारी पाए पछि आस्वासन दिने मात्र हैन ५ मिनेट बित्न नपाउदै उनले परिणाम नै दिएका थिए। यसले प्रसासनको कार्य सम्पादनको गति र जवाफ्देखितालाई केहि हद सम्म पुस्टि गरेको ठान्न सकिएला।
सहायक सिडियोको कार्यदक्षता, कुशल नेतृत्व र जवाफदेहिताले पुरापुर तयार भै सकेको समाचार समेत प्रसारण हुन् नपाएको अनौठो घटनाको नालीबेली।
बिषयको प्रिस्ठभुमि यस्तो छ।
म आफैको अनुभव स्मरण गर्ने हो भने पररास्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, सूचना तथा संचार मन्त्रालय सहितका सबै जसो मन्त्रालय र मातहतका बिभाग मात्र हैन सर्बोच्च अदालत र मातहतका सबै अदालतहरु सहित गृहमन्त्रालय समेतले देश कै गलत निसान छाप प्रयोगमा ल्याई रहेका थिए। हेलचेक्राइ र लापरवाहीको पराकास्टा यातिमा मात्र सिमित थिएन। गृह मन्त्रालय र नेपाल सरकारको वेबसाइटमा त् झनै देशको पुरै नक्सा नै लिम्पियाधुरा बाहेकको राखेका थिए। गृह मन्त्रालयका तत्कालिन प्रबक्ता फ़णिन्द्रमणि पोखरेलले त् आफुहरुको समस्याको कहानी सुनाउदा अचम्मै लाग्दो थियो। त्यस बेला मुद्रण विभागका प्रमुख रहेका अर्का पोखरेल थरका हाकिम साहेबले हामीले दिएको जानकारीलाई कार्यनबयन गर्ने भन्दा पनि उल्टै अनाबस्यक कुरा भनेर उल्लीबिल्ली बनाएका थिए। यो समस्या हामीले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाका सचिवालय देखि तत्कालिन मुख्य सचिब शंकरदास बैरागीलाई समेत सिधै जानकारी गरायौ। तर सर्बोच्च अदालतका प्रबक्ता बिमल पौडेल बाहेक अन्त्यत्र बाट कुनै जिम्मेवारी बोध गरेको पाईएको थिएन, बिराटनगर उच्च अदालतका अधिकारीले भने पुरै बेवास्ता गरेका थिए। यधपी हामीले जानकारी गराएको केहि महिना पछि भएपनि अहिले चाहि कार्यनबयन भएको पाईयो। तर दुर्भाग्य कम्पनि रजिस्टार कार्यालले २०८०-०४-०८ मा लेखेको पत्रमा समेत गलत निसान छाप प्रयोगमा रहेको प्रमाण फेला परेको छ। यो कुरा पत्र प्रिन्ट गर्ने कार्यमा खटिएकि ति महिला कर्मचारीलाई जिज्ञासा राख्दा उनले कुनै प्रवाह गरिनन्।


गल्ति जो सुकै बाट पनि हुन् सक्छ, समयमा ध्यान पुर्याउने जिमेम्वारिमा रहेका कर्मचारीहरु बिबिध कारणले चुक्न सक्छन तर जानकारीमा आएपछि तत्कालै सच्याउनुले उसको जवाफदेहिताको स्तर कति रहेछ भन्नका लागि आधार तयार गर्छ।
काठमाण्डु जिल्ला प्रसासन कार्यालयको त्रुटिका संबन्धमा हामीले सामाचार लेख्ने अन्तिम बिन्दुमा पुगेपछि प्रस्टिकरणका लागि सहायक सिडियो खड्ग बहादुर श्रेष्ठलाई फोन गरेको ५ मिनेट नपुग्दै भुल सुधार भएको थियो। कहा नेर समस्या हो भनेर समेत नसोधी कुरा टुंगिएको थियो तथापि वेब साईटको भित्र रहेको त्यो गल्तीलाई पत्ता लगाई यति तिब्र गतिमा सुधार गरिएको थियो यसले – जिल्ला प्रसासन कार्यालयको जवाफदेहिता पुस्टि गर्यो।
हामीले पब्लिश गर्न लागेको समाचार केहि सेकेण्ड भित्र असान्दर्भिक बनि सकेको थियो। सिडियो कार्यालयले तत्काल काम गरेर भुल सुधारगरी परिणाम दिएको कारण हामीले पब्लिश गर्न लागेको समाचार गलत भै सकेको थियो। हामीलाई यसै गरि सधै समाचार प्रसारण बाट पछि हट्न उत्साहित गरियोस,अवसर दीइयोस सरकारलाई सदिक्षा सहित सुभकामना।

हामीले पब्लिश गर्न नपाएको समाचार यस्तो थियो।
कार्य विभाजन सहित सहायक प्रमुख जिल्ला अधिकारी त् एक भन्दा बढी हुने गरेको पाईन्छ। तर एउटा बेग्लै अनौठो घटना काठमाण्डौं जिल्ला प्रसासनमा देखिएको छ। देशकै संघिय राजधानी कठमाण्डौको जिल्ला प्रसासन कार्यालय काठमाण्डुमा २ जना प्रमुख जिल्ला अधिकार छन्। बरियता भने छुट्याईएको छैन। यो रहस्यको बास्तबिकता के हो ? जिल्ला प्रसासनले के भन्छ ?

यसरि एक पद २ व्यक्ति कसरि जिम्मेवारीमा रहे ? भन्ने यथार्थ बुझ्न यो तथ्य हेर्ने पर्ने हुन्छ। https://daokathmandu.moha.gov.np/ को होम पेजको दाहिने पट्टिको कुनामा प्रमुख जिल्ला अधिकारि भनेर जितेन्द्र बस्नेतको नाम सहित तस्विर देख्न सकिन्छ। त्यस तल खडग बहादुर श्रेष्ठ सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी), रबिन्द्र प्रसाद आचार्य सहायक प्रमुख जिल्ला अधिकारी र बलराम ढकाल सहायक प्रमुख जिल्ला अधिकारीको नाम र तस्विर प्रस्ट देखिन्छ।

होम पेज कै केहि तल गुनासो सुनें अधिकारि भनेर जितेन्द्र बस्नेतको नाम छ। त्यहा क्लिक गरेर भित्र जादा गुनासो सुन्ने कर्मचारी भनेर घनश्याम उपाध्यायको नाम छ। उनको नाममा क्लिक गर्दा घनश्याम उपाध्याय प्रमुख जिल्ला अधिकारि भनेर उनको तस्विर सहितको बिबरण देखिन्छ।


तथ्य
link 1 : https://daokathmandu.moha.gov.np/
Link 2 : https://daokathmandu.moha.gov.np/service/589
Link 3 : https://daokathmandu.moha.gov.np/member/ghana-shyam-upadhyaya
वेब साइट भित्र हेर्दा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र घनश्याम उपाध्याय भनि २ जनाको नाम हुनुले भ्रम र आसंका मात्र हैन आस्चर्य समेत बनाएको भएपनि यो समाचार घोसित स्वरुपमा सार्वजनिक हुन् पाएन। कारण भने प्रसासनको जवाफदेहिता नै थियो। उपाध्याय यस अगाडी नै काठमाण्डु बाट सरुवा भएर गइ सकेका थिए। भुलबस भएको त्रुटिलाई ५ मिनेट नपुग्दै सच्याउनुले मिटर ब्याजी लगायतका पिडितहरुले कानुन बमोजिम पाउने न्यायमा प्रसासनले कुनै मोलाहिजा गर्दैन भन्ने प्रमाण पनि ठान्न सकिएला।