kalokitab
सबै भन्दा पहिले क्यानाडा र इन्डियाको तनाबको टाइमलाइन हेरौ । इन्डियन प्रधान मन्त्रि माथि गोलि चलाउने उनका २ बडी गार्ड को हुन् ? नेपालीको जोस होसमा त् छ ? कथा भने रहस्यमय

सन् २०२२ जुलाई २२ मा – क्यानेडेली नगारिक हार्दिप सिंह निज्जरको हत्यामा सहयोग गर्नेलाई पर्याप्त नगद पुरस्कार दीइने छ भनेर इन्डियन गुप्तचरले घोसणा गर्यो ।
सन् २०२३ जुन १८ मा क्यानाडाको एक सिख मन्दिर परिशरमा हर्दिप सिंह निज्जाराको गोलि हने हत्या। तत्काल घटनाको अनुसन्धान गर्दा इन्डियन गुप्तचरको हात रहेको प्रारम्भिक रिपोर्टको निस्कर्ष पनि निस्किन्छ।
सन् २०२३ जुलाई ८ मा क्यानाडाको टोरन्टो स्थित इन्डियन दुतावास बाहिर त्यस हत्या घटनाको बिरोधमा बिशाल प्रदर्शन हुदै गर्दा त्यसको समर्थनमा इन्डियन दुतावास सम्बद्ध व्यक्तिहरुको नाराबजिले झडको स्थिति बनेको।
यो बिषय बाहिरीए संगै २०२३ को जुलाई देखि बेलायत , अस्ट्रेलिया, अमेरिका सहितका मुलुकमा नागरिकहरुले ब्यापक प्रदर्सन गर्दै इन्डियन सरकारलाई सजायको माग।
यस बिषयमा क्यानाडाले इन्डियालाई पटक पटक राखेको जिज्ञासा प्रति दिल्लीको उपेक्षाका कारण टोरनटोको आक्रोस बढ्दै गरेको। यसै बिचमा अमेरिका , क्यानाडा, अस्ट्रेलिया, न्युजिल्याण्ड र बेलायत सम्मिलित फाइब आईज ईण्टेलिजेन्स अलाईन्सको गुप्तचरी अनुसन्धानले इन्डियाले हत्या गरेको ठहर।
सन् २०२३ को सेप्टेम्बर ९ र १० मा भएको जी २० को दिल्ली समिटमा भाग लिन पुगेका कानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो द्वारा इन्डियन प्रधानमन्त्री मोदी संग डाईरेक्ट कुराकानी। अमेरिकी रास्ट्रपतिले इन्डिया माथि हस्तक्षेपकारी रणनिति अख्तियार। इन्डियाले आफ्नो अड्डी नछोडेपछि तनाब झन् बढ्यो।
जी २० को सम्मेलनबाट फर्किएर सेप्टेम्बर १८ मा यस हत्यामा इन्डियाको हात रहेको प्रमाणको घोसना गर्दै , सजायको कठघरामा उभ्याउने उद्घोष। सोहि दिन इन्डियन उच्च कुटनितिग्यलाइ देश निकालाको आदेश।
सप्टेम्बर १९ मा दिल्लीमा रहेका क्यानाडाका उच्च कुटनितिग्यलाइ देश निकाला गरिएको इन्डियाको घोसणा। यस घोसणामा अर्को रोचक दृष्य पनि देखियो – जबकि आप्रवासन र अध्ययनका लागि क्यानाडा जान करोडौ ईण्डीयनहरु लाइन लागेका हुन्छन तर इन्डिया आउने क्यानिडियनहरु सुन्य बराबर छन्। तर पनि इन्डियाले क्यानेडियन नागरिकलाई भिसा नदिने घोसणा गर्यो आखिर केका लागि ? तर क्यानाडाले भने इन्डियन हरुलाई भिसा नदिने भनेर घोसणा गरेन। यसकारण भिसा प्रकरणले दिल्लीको मनोदशालाई प्रतिबिम्बित गरेको देखिन्छ।
बिगतमा इन्डियामा टेकेर चीनलाई हान्न अमेरिका आउदै छ , अमेरिकाले चिन माथि आक्रमण गरिदिए आफु एसियाको एक्लो हिरो बन्ने लालचमा इन्डिया छ भन्ने गरिन्थ्यो। तर आज परिस्थितिमा ब्यापक बदालाबको संकेत देखिएको छ – इन्डियालाई हान्न पेण्टागनले उसका फौज सिधै दिल्ली अबतरण गराउदै या कसरि आउदैछन भन्ने बिषय बहसको केन्द्रमा छ। खालिस्तान बाट सुरु भएर दार्जिलिङ्ग र सिक्किम सम्म जादै गरेको स्वतन्त्रता र इन्डिया टुक्रिने अभियान कहा सम्म पुग्ला ? इराक र इजराईल घटनाले झस्किएको दिल्लीलाई यस बेला बेचैनिको हुडरिले तहसनहस बनाएको छ।
अमेरिकी धारणाको गन्तब्य दिल्ली दरवारमा हलचल पैदा गर्यो। केहो अपरेसन ब्लु स्टार ? पश्चाताप लुकाउदै भित्र भित्र त्राहिमाम स्थितिमा रहेको दिल्लीको हबिगत के होला । हामीलाई इराक जस्तो नबनाईयोस भन्दै पछिल्लो समय गोदी मिडियाको रोई कराईको कारण र प्रिस्ठभुमि के ? इन्डियाका अपराधका बिषय उठिरहेका बेला नेपालको बारेमा भएका चर्चाको बास्तबिकता , नेपालीले कसरि लाभ लिन सक्ला ? यिनै बिशयको जवाफ सहितको अपडेट आजको बिशेष भाग।
ब्रिटिश साम्राज्य संगको युद्धमा पराजित भए संगै खालिस्तान अर्थात पन्जाब राज्य सन् १८४९ मार्च ३० मा ब्रिटिशको उपनिबेसिक राज्यको हिस्सा बन्न पुग्यो। तर बेलायतको प्रत्यक्ष शासनको अंग बनेको भनेर बेलायति महारानी भिक्टोरियाले सन् १८५८ मा घोसणा गरेकी थीइन।
यसरि सन् १९४७ सम्म नै पन्जाब राज्य ब्रिटिशको अधिरमा रहयो। जसरि सन् १९४७ मा ब्रिटिश साम्राज्यको बिघटन भयो त्यस पछि मुसलमान बाहुल्य क्षेत्र पाकिस्तान र बाकि भूभागमा इन्डिया नाममा नया देशको स्थापना भयो। यसरि सन् १९४७ मा इन्डिया स्वतन्त्र भए लगत्तै नेपालको करिव ६० हजार बर्गकिलोमिटर भुभाग मा पनि दिल्लीले जवर्जस्ती कब्जा जमायो। र उक्त नेपाली भूभागमा उपनिवेश कायम गर्न थाल्यो।
इतिहास संग जोडिएका यिनै सिखहरु माथि ईण्डियन सत्ताले बेलायति उपनिबेशबाट स्वतन्त्र भए पछि दमन र विभेदको नीति अन्तर्गत बिभेद गर्न थाले पछि बेग्लै स्वतन्त्र रास्ट्र खालिस्तानको माग सहित विद्रोहको सुरुवात भयो। सिखाहरुको आवाजलाई दबाउन एउटै घटनामा १७ हजार सम्मको सामुहिक हत्या गरिएको थियो।
इन्डियाको दमन र छिमेकी मुलुक कब्जाको संयन्त्रको स्रिंखलको यो इतिहासा बिस्वमै बदनाम छ।
सन् १९६६ जनवरी २४ देखि १९७७ मार्चमा २४ सम्म ११ बर्ष ५९ दिन सम्म इन्दिरा गान्धी इन्डियाको प्रधानमन्त्री रहिन। यसै कार्यकालमा उनले स्वतन्त्र हिमाली राज्य सिक्किमलाई कब्जा गरेर आफ्ना बुवा जवाहरलान नेहरुको अभियानलाई निरन्तरता दिईन। नेपाल कब्जाका लागि यहि समयमा ईण्डीयन गुप्तचरलाइ उनले घोसित निर्देश दिएकि थिइन्। १९७७ मार्चमा २४ मा उनि सत्ता बाट बहिर्गमनमा परे पछि मोरारजी देसाइ र चरण सिंह क्रमश इन्डियाको प्रधानमन्त्रि भए।
त्यस पछि सन् १९८० जनवरी १४ मा इन्दिरा गान्धी पुन दोस्रो पटक इन्डियाको प्रधानमन्त्री भईन। अघिल्लो कार्यकालमा सिक्किम कब्जा गर्ने हर्कत पुरा गरेकोकारण इन्डियाको आत्मबल ह्वात्तै बढेको थियो। कास्मिरलाइ स्वतन्त्र रास्ट्रका रुपमा रहन दिने रास्ट्र संघ संगको सम्झौतालाई लत्याउदै इन्डियाको नियनत्रण कायमै राखी रहन खेलेको भूमिकाको सफलता पनि थियो। यस कारण इन्डिया सत्ता विरोधीहरु बिरुद्ध बर्बर दमनमा उत्रिएको थियो। सन् १९८० मा सिखहरुले इन्डियन सत्ताको दमन बिरुद्ध आन्दोलन गर्दै आएका थिए । त्यसलाई दबाउन तत्कालिन प्रधानमन्त्री इन्दिरागान्धिको आदेशमा इन्डियन सेनाले सन्अ १९८४ को जुन १ देखि जुन १० सम्म परेसन ब्लु स्टार नामक दमनकारी कारवाही संचालन गर्यो। जस अन्तर्गत अमृतसर स्थित स्वर्ण मन्दिरमा आक्रमण गरि सैयौलाई त्यहि मारिदियो भने यस कारवाहीका क्रममा करिव १७ हजारलाई सामुहिक हत्या भएको बिबिसीले जनाएको छ।
यस्तो क्रुर र पासविक हत्या काण्ड चलाएको घटनाले बिस्व भरि चिन्ता र आक्रोश बढिरहेका थिए। यसै क्रमामा सन् १९८४ अक्टोबर ३१ मा प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै २ जना अंग रक्षकले गोलि हानि हने दिए। तत्काल उनको मृत्यु भयो । गोलि हान्ने सैनिकहरु सिख समुदायका थिए। इन्दिरा गान्धीको यस दोस्रो कार्यकालमा पनि नेपाल कब्जा गर्ने दुराचारी अभिस्टलाइ पुरा गर्न सकिनन्। र बाकि कार्यभार पुरा गर्ने रणनीति अन्तर्गत इन्डियाको राजनीति, सत्ता र समग्र प्रसासन सक्रिय रहेको नेहरु डक्ट्रिन देखि इन्डियन गुप्तचरका अधिकारीहरुको बयानले पुस्टि गर्दछ।
अब इन्डिया माथि अन्तरास्ट्रिय संचार माध्यम र विद्वानहरुको बिश्लेशण के छ हेरौ। यो सबै घटनाको मुख्य नाइके को हो ? कसले माहोल बनायो र कसरि ? यसको बिस्तृत बिबरण हेरौ।
मिडियाको जिम्मेवारी र गरिमा माथि संसारमै भ्रम पैदा गरिदै छ। मिडिया भनेको राज्यको चौथो अंग हो , सधै पतिपक्षको भूमिकामा हुन्छ, मिडिया भनेको उत्प्रेरक हो राम्रा कामको प्रसंसा गर्छ, मिडिया भनेको जनता हो जसले मानब अधिकारको ओकालत गर्छ। मिडिया भनेको त्यो हो जसले सत्य, न्याय र समानताको परिकल्पना गर्छ। तर इन्डियामा मिडिया नै सरकार , अनि सरकार नै मिडिया बन्न पुग्यो र यो हबिगतको क्षति भोग्दै छ । भ्रम, असत्य र झुटको खेतीमा अशिक्षित जनताको दिबाग भुट्ने शक्तिलाई मिडियाको तागतका रुपमा दिल्लीले परिभाषित गर्दाको परिणाम यतिमा मात्र सिमित् छैन ।
रिपोर्टको सारंश हेरौ –
आक्रमणको त्रासमा इन्डियामा आपतकालिन बैठक जारि। अमेरिकी एलाइन्सका पश्चिमा देशहरुले संयुक्य आक्रमण गर्न सक्ने त्रासमा इन्डिया छ । जव नेपालका मुद्धा समेत दर्ता गराउन आब्हान गरियो। के क्यानाडेली प्रधानमन्त्रिले नेपालीको आखा खोलेदिएका हुन् ?। इन्डिया टुक्रिएपछिको शक्ति सन्तुलनको अबस्था केहोला ?। चीनको उपस्थिति निर्वाध बढ्यो। सिखहरुको खालिस्तान निर्माण पछि इन्डिया अतिक्रमित र कब्जामा परेको नेपाली भूभाग फिर्ताका लागि के छ तयारि ? नेपाली जनताको ग्यान , बिबेक र चेतनाको परिक्षा।
बिबरणहरु अब बिस्तारामा
माथि उल्लेखित सारंश संग संबन्धित बिषयमा यस अगाडी नै ४ वटा स्रिंखलाहरु मार्फत केहि जानकारी सहितका बिबरणहरु प्रसारण भैसकेको छ। आजको यस भागमा हामि नया अपडेट समेटेर बिस्तारमा चर्चा गर्ने छौ। अन्त्य सम्म साथ् दिनुहोला।
अब बिषय , क्यानडा बाट सुरु गरौ।
इन्डियाको संबेदनसिलता र उसका मागलाई सम्बोधनका लागि हर तरहको सहयोग र समर्थन गरेकै हो तर जसरि हाम्रो सार्वभौमिकता माथि हस्तक्षेप गर्दै दिल्लीले यस तहको आतंकबादी हर्कत देखायो – यसको सजाय भयानक हुने छ। क्यानाडाका यस्ता अभिव्यक्तिले दिनहुका अखबारहरु भरिएका छन्। आज सम्म आइपुग्दा क्यानाडाको समर्थनमा युरोप र अमेरिकी मुलुकहरु एक मत भएर उभिएको हुनुले दिल्लीको साटो जानु स्वाभाविक पनि हो । तर चीनलाई घेराबन्दीमा पार्ने रणनीतिमा इन्डियाले महत्वपुर्ण रोल प्ले गर्न सक्ने देखेर दिल्ली माथि कस्तो खलाको हमला गर्ने भन्ने बिषयमा भएका छलफल बिबरणहरु बाहिर आए संगै इन्डियाको सुरक्षा संयन्त्र र राजनीतिक वृत्तमा संकटकालको स्थितिमा आपतकालिन बैठकहरु जारि छन् ।
तर इन्डियाले इराकलाइ जस्तो हमला नगरियोस भन्ने प्रवृत्तिको दयाका बाणीहरु सार्वजनिक गर्दै आएको छ। यस अभियानमा बिबिसी हिन्दि र आजतक सहितका दर्जनौ गोदी मिडियाहरु सक्रिय देखिन्छन। यिनीहरु समाचार भन्दा पनि निर्वाचनमा सत्ताधारी पार्टि भाजपालाइ कसरि चुनाब जिताउने भन्ने रणनिति अन्तर्गत समाचार बनाउदै आएका छन्। ईण्डीयाकै एक बरिस्ठ पत्रकार रबिश कुमार भन्छन – यस्ता प्रवृत्तिले इन्डियाको अन्तरास्ट्रिय हैसियत नांगिदै गएको छ। यो प्रवृति बढ्दै जादा थप भयाबह दुर्घटना भोग्नु पर्ने निश्चित छ। किन भने स्थिति जटिल छ , इन्डियाको कमजोरी र असफलता सतहाम आएको छ , कुटनैतिक रुपमा बिस्व माझ दिल्ली एक्लो हुदै छ , अर्कोतिर गोदी मिडियाहरु क्यानाडा र अमेरिकालाइ कमजोर र इन्डिया शक्तिशाली भनेर अफवाहपूर्ण समाचार बनाइ रहेका छन्।
त्यसो त् – चीनलाई घेराबन्दीमा पारेर एसियाको बादशाह बन्ने दिल्लीको लालच चरम उत्कर्षमा छ। यिनै पश्चिमाहरुको साथ पाएर मात्र दिल्लीले आफ्नो अभिस्ट पुरा गर्न सक्छ। यस कारण जस्तो सुकै सजाय भोगेर पनि अमेरिकी एलाइन्सबाट भागेर अन्त कतै जाने ठाउ दिल्ली लाइ छैन। यसका बिचमा इन्डियाको दुर्दसाका दिन सुरु भएका छन्। के हो अपरेसन ब्लु स्टार ? अर्थात सामुहिक नरसंहारको ? यस बारेमा बिस्तृत रिपोर्ट समेटेका छौ अन्त्य सम्म हेर्ने प्रयास गर्नुहोला।
इन्डिया एक्लिनुको कारण र अन्तरास्ट्रिय मन्चमा घेराबन्दीमा पर्नुको कारण सहित पर्दा भित्रका स्रिंखलाको हाइलाईट स्मरण गरौ।
इण्डीयाले चलाएको हत्या र नरसंहारको स्रिंखला कस्ता रहे, कालो किताबको बिशेस रिपोर्ट सत्यको घेरा भित्र अनि तथ्यपरक र सन्देश मुलक पनि छन् । अन्त्य सम्म हेर्ने प्रयास गर्नुहोला।
इन्डिया द्वारा अतिक्रमित नेपालि भुमि र नेपालीहरुको हत्याको बिबरण सहित दार्जेलिंङ्गका नेपालीहरुले गोर्खा ल्याण्डको माग राख्दा इन्डियन फौजले मच्चाएको सामुहिक हत्या प्रकरण हजारौलाइ हत्या गरिएको थियो । लाखौ नेपाली भासी भुटानिहरुलाइ इन्डियन सेनाको आदेशमा भुटानबाट निकाला गरि सरनार्थी बनाईयो। इन्डियाको मानब अधिकार यहा सम्म छ। उता यति हुदा समेत पश्चिमा मुलुकहरु भने इन्डिया र भुटनको अपराधलाई दण्डनीय घोसित गर्नु पर्ने तर्फ मौन साधे।
क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र त्यहाको संसदले जगाएको चेतनाको जगमा उदाएको क्रान्तिको सफलताको उपलब्धि के ? अमेरिका , बेलायत् , अस्ट्रेलिया र न्युजिल्याण्ड सहितका देशहरुको आडाम शक्ति उन्मादको अभ्याममा रहेको इन्डियालाई एकाक एक यिनै रास्ट्रले साथ् छोडेपछि परिस्थिति बदलिने नै भयो। त्यसो त् २०७२ सालको भूकम्पमा हजारौ नेपालीले ज्यान गुमाए। लाखौ घाइते भए। खराबौको सम्पति ध्वस्त भयो। नेपालमा हाहाकार र अभावले नेपाली जनता छतपटैरहेका थिए। तर त्यहि समय सहयोगको बहानामा नेपाल पसेको इन्डियाले नेपाललाई संबिधन जारि गर्न रोक लगायो। उसको सार्ता नमानेको भन्दै नेपाल माथि नाकाबन्दी गर्यो र भूकम्पले घाइते भएका लाखौ नेपालीको नेपालीको हत्याको दुस्प्रयास गर्यो। इन्डियाको नेपाल नीति, मानबता, सर सहयोग र अनुदानको अबस्था यो हद सम्म छ। यस कारण आराधको दण्ड पाउनु उसको अधिकार थियो। नेपालीहरुको क्षमता र चेतनाले उचित सजाय दिनु जिम्मेवारी ठान्दा , गलत कि सहि ? इतिहासमा समिक्षा होला।
तर नेपालि जनताले यो मौकालाई कसरि उपयोग गर्छन समयले देखाउने छ। इन्डिया अब यसै पनि नासिने स्थिति उन्मुख छ। इन्डियाको आडमा एसिया पसेका पश्चिमाहरूले अर्को उपर्युक्त पात्र भेट्टाइ सकेको अबस्था छैन। तिनै पश्चिमाको आडमा उन्मत्त इन्डिया आज एक्लो हुदै छ। त्यसो त् छिन् द्वारा प्रस्तावित बिआरआइ परियोजनामा इन्डिया संलग्न नहुने भए पछि – ब्यजिंगले नेपाललाई महत्व दिएको हो। जे भए पनि अबको सुपर पावर चीनको शक्ति, प्रविधि र पैसालाई कसरि उपयोग गर्ने ? सन्तुलित र
सिखको उल्लेख्य जनसंख्या भएका मुख्य देशरु क्यानडा, अस्ट्रेलिया र बेलायत हो। त्यसो त २ लाख भन्दा बढि सिखाहरु अमेरिकामा पनि छन्। इन्डियन सरकारले त्यहाको सरकारलाई कुटनैतिक दबाब सिर्जना गरेर त्यहा बसेका सिखहरुलाई कज्याएर राख्न भन्दै आएको छ । तर दुर्भाग्य यी ३ वटै देशहरु प्रजातान्त्रिक रास्ट्र हुन्। यस कारण यी सबै देशहरुले इन्डियालाई एउटै जवाफ दिदै आएका छन् प्रजातन्त्रमा बाकस्वतन्त्रताको अधिकार कुण्ठित गर्न सकिन्न। त्यस पछि इन्डियाले अर्को दबाद सुरुगर्यो – कित् तोकिएका व्यक्तिहरुलाई त्यहि मारिदिनु पर्यो कित् हामीलाई बुझाउनु पर्यो। त्यस पछि हामि आफै जे गर्नुपर्ने हो गर्छौं । उता अमेरिकाले प्रस्ट रुपमा भनिदियो क्यानाडामा इण्डियन गुप्तचरले गरेको हरदिप सिंह हत्या काण्डको अनुसन्धन रिपोर्ट अनुसार जो अपराधि छ उसले सजाय भिग्नै पर्छ। यसको अर्थ दिल्लीले बुझी सकेको छ।
इन्डिया बाट अपमानपुर्ण रुपमा लखेटिएका सिखाहरु यसबेला आक्रोसित छन्। त्यस माथि सिख समुदायका क्यानेडेली नागरिकको इन्डियन गुप्तचरले क्यानाडा भित्रै गोलि हने हत्या गरेपछि टोरन्टो पनि आक्रोसित हुन् पुग्यो। अहिले करिव ४ करोड जनसंख्या रहेको क्यानाडामा ८ लाख पन्जाबी अर्थात सिखहरुको बसोबास छ।
क्यानाडा प्रकरण मार्फत इन्डियाको अबसना र बिखण्डनको मुख्य कारक बन्न पुग्यो। तर यसको कारण यति मात्र हो ? इतिहासका खास खास घटना जसले यहा सम्म ल्याई पुर्यायो। इन्डिया टुक्रिने बिखण्डनको आगो कति भयानक छ ? मिडिया , इन्डियाको समग्रे राज्य संयन्त्र या सरकारको नेतृत्व गरेको पार्टि ? मुख्य दोसी कोहो ?
इन्डिया यस बेला बिखण्डन र पराजयको संघारमा बिस्वमा बदनामीको घुम्टो भित्र लुकेर आत्मरतिमा रमाई रहेको छ। इन्डियाको बाध्यता एकातिर होला त्यो भन्दा बढि उसको चरित्रका रुपमा हेरिदै आएको छ। तर पनि बिबिसी हिन्दि सहितका गोदी मिडियाहरुको प्रस्तुति देख्दा लाग्छ – इन्डिया पृथ्वीको भगवान हो, उसका बिरुद्ध बोल्ने आट कसैको हुनुहुदैन। इन्डियाको पछि सारा बिस्व नै दासी बनेर घुमिरहेको छ।
यदि सरकारले आफ्ना जनतामा यो भ्रम फैल्याउन सक्यो भने – चुनाबमा सफलता हात पार्ने निश्चित छ। त्यहाका बहु संख्याक गरिब, असिक्षित र न्यून चेतनाका जनतालाई सत्ता रोहनको मुख्य साधान बनाइदै आएको पाईन्छ। यहि भ्रमका लागी इन्डियाका मिडियाहरु सरकारको नेतृत्व गरेको पार्टिको पक्षमा माहोल बनाउन जे जस्तो पनि गर्न पछि पर्दैनन्। बर्षौ देखिको अभ्यास हो।
इन्डियाका मिडियाहरु सहि समाचार र सुचनाका लागि लगभग अयोग्य ठानिन ठानिन्छ। मामिलाका बिग्य तथा अनुसन्धानकर्मीहरु यसलाई चिन्ताका रुपमा हेर्छन । यस कारण क्यानाडा प्रकरणको बिषयमा सार्वजनिक हुने लागेको यो बिषय लाखौ नेपालि सहित इण्डीयनरुलाइ आकस्मिक र अनपेक्षित लाग्न सक्छ। किन भने स्वतन्त्र मिडियाको पहुचबाट टाढा रहेका र इन्डियन मिडियामा आश्रित जनतालाई – यो समाचार आकस्मिक र अनपेक्षित लाग्नु स्वाभाविक हो। किन भने इन्डियाका मिडिया भनेको इन्डियन सरकारको दासी या भातुवाका रुपमा संचालित छन् जुन विस्वका कहिँ कतै भेटिदैन। त्यस माथि प्राजातान्त्रिक देशमा यस्तो देखिनु बिनासको संकेतका रुपमा हेरिन्छ।