Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

प्रबुद्ध समूहको तराई घटनामा अपिलसँगै चेतावनी: ‘यो रोकिएन भने स्थिति भयावह हुन्छ’ [पूर्ण विज्ञप्ति]

फाईल तस्विर
कालो किताब August 1, 2026 1 minute read
Screenshot_20260801_094653

प्रबुद्ध समूहको तराई घटनामा अपिलसँगै चेतावनी: ‘यो रोकिएन भने स्थिति भयावह हुन्छ’ [पूर्ण विज्ञप्ति]

काठमाडौँ । सुनसरीको देवानगन्जबाट सुरु भई देशका विभिन्न भागमा फैलिन थालेको साम्प्रदायिक दङ्गा र त्यसले निम्त्याएको जनधनको क्षतिप्रति देशका प्रतिष्ठित विज्ञ तथा प्रबुद्ध नागरिकहरूले गम्भीर चिन्ता र दुःख व्यक्त गरेका छन्।

आज एक संयुक्त अपिल जारी गर्दै उनीहरूले दङ्गाका क्रममा गोली लागेर ज्यान गुमाउने सुनसरीका ओमप्रकाश मेहता र गणेश मेहता तथा सिराहाका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

दङ्गाका कारण नेपालको वर्षौँ पुरानो सामाजिक सद्भाव र सहिष्णुतामा गम्भीर खलल पुगेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ। प्रबुद्ध नागरिकहरूले अहिले तराई-मधेशका विभिन्न ठाउँमा देखिइरहेको असहज परिस्थिति र नाजुक शान्तिसुरक्षाले देशको शान्ति तथा स्थायित्वमा नै खतरा बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। विशेषगरी सर्वसाधारणलाई भड्काउने, हिंसा फैलाउने र एक-अर्काको धार्मिक आस्थामा गम्भीर चोट पुर्‍याउने खालका भ्रामक एवं उत्तेजक सामग्रीहरू प्रचारप्रसार भइरहेको भन्दै उनीहरूले त्यस्ता गतिविधि नियन्त्रण गर्न माग गरेका छन्।

यस विषम परिस्थितिमा सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिँदै प्रबुद्ध नागरिकहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर बिनामोलाहिजा कारबाही गर्न, पीडितलाई क्षतिपूर्तिसहित राहत उपलब्ध गराउन र आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन एक ‘न्यायिक छानबिन आयोग’ तत्काल गठन गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूका अनुसार सङ्घीय सरकारले सुरु गरेको सर्वपक्षीय बैठक र पहलकदमीलाई प्रदेश तथा स्थानीय तहसम्मै विस्तार गर्नु आजको आवश्यकता हो। साथै, नागरिकको जीउधनको सुरक्षाका लागि स्थानीय स्तरमा ‘द्रुत प्रतिकार्य संयन्त्र’ (Rapid Response Mechanism) बनाएर सुरक्षा निकायको मनोबल उच्च राख्दै कानुन कार्यान्वयनमा कडाइ गर्नुपर्ने उनीहरूको सुझाव छ।

धर्मनिरपेक्षताको अर्थ आफ्नो धार्मिक आस्थाअनुसारको क्रियाकलाप गर्दा अरूको आस्थामा चोट नपुर्‍याई वा अवरोध नगरी सहिष्णुता र सद्भावयुक्त साम्प्रदायिक सहअस्तित्वको अभ्यास गर्नु रहेको उल्लेख गर्दै अपिलमा नेपाली समाजको यो विशिष्ट पहिचानलाई जोगाउन सबैमा आग्रह गरिएको छ।

उक्त साझा अपिलमा नीलाम्बर आचार्य, सूर्यप्रसाद श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, महेन्द्रबहादुर पाण्डे, पीताम्बर शर्मा, सुशील प्याकुरेल, चैतन्य मिश्र, दुर्गेशमान सिंह, टङ्क कार्की, महेशकुमार मास्के, लीलामणि पौड्याल र विष्णुपुकार श्रेष्ठ लगायतका लब्धप्रतिष्ठित व्यक्तित्वहरूले चिन्ता व्यक्त गर्नुभएको छ। यसमध्ये अधिकांश पूर्वराजदूतहरू हुनुहुन्छ। उनीहरूले सम्पूर्ण राजनीतिक दल, धार्मिक तथा सामाजिक सङ्घसंस्थाहरू, नागरिक समाज, प्रबुद्ध वर्ग र आमसर्वसाधारणलाई हिंसा र द्वन्द्व बढाउने कुनै पनि क्रियाकलापमा नलाग्न र मुलुकमा सामाजिक एकता कायम राख्न हार्दिक अपिल गरेका छन्।

मिति : २०८३।०४।१६

प्रबुद्ध नागरिकहरूद्वारा जारी पूरा विज्ञप्ति

सुनसरीको देवानगञ्जमा सल्किएको साम्प्रदायिक दङ्गा देशका विभिन्न भागमा फैलिएका कारण भइरहेको जनधनको क्षतिले हामीलाई मर्माहत र चिन्तित बनाएको छ। दङ्गाका क्रममा गोली लागेर ज्यान गुमाउने सुनसरीका ओमप्रकाश मेहता, गणेश मेहता र सिराहाका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, यी घटनाका मृतकका परिवारलाई राहत दिने र घाइतेहरूको उपचार गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरिसकेकोमा त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

धार्मिक, जातीय, भाषिक, भौगोलिक तथा सांस्कृतिक विविधताका दृष्टिले नेपाल विश्वकै एक अद्वितीय उदाहरणका रूपमा रहेको छ। यिनै विविध धर्म, जाति, भाषा, सम्प्रदाय तथा भूगोलका जनताबीचको सामाजिक सद्भाव, भाइचारा, सहिष्णुता र मेलमिलाप नेपाली समाजको विशेषता र अमूल्य सम्पत्ति रहिआएको छ। तर, अहिले तराई-मधेशका विभिन्न ठाउँमा सामाजिक सद्भाव खल्बलिएको छ र शान्तिसुरक्षा/सुव्यवस्था नाजुक बनेको छ। सर्वसाधारणलाई भड्काउने, हिंसा र अराजकतालाई प्रोत्साहन गर्ने तथा एकअर्काको आस्थामा गम्भीर चोट पुर्‍याउने खालका भ्रामक र उत्तेजक सामग्री प्रचारप्रसार गर्नेजस्ता गतिविधि कायमै छन्। राजनीतिक द्वन्द्वका घाउहरू नपुरिँदै नेपाल फेरि धार्मिक दङ्गाको चपेटामा परेको देखिएको छ। यस्तो द्वन्द्वले नेपाली समाजले हजारौँ वर्षदेखि जोगाउँदै आएको सामाजिक सद्भाव तथा नेपाली-नेपालीबीचको एकता खल्बलिने र नेपालको शान्ति तथा स्थायित्व विथोलिने खतरा बढेको छ।

हामी यस परिस्थितिमा देहायबमोजिम गर्न सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछौँ :

१. हिंसा फैलिएका र सम्भाव्य जोखिममा रहेका प्रदेश तथा स्थानीय तहमा पनि सर्वपक्षीय बैठकबाट सामूहिक आह्वान गर्न सङ्घीय सरकारले लिएको पहलकदमीलाई विस्तार गर्ने।

२. घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर बिनामोलाहिजा कारबाही गर्न, पीडितलाई क्षतिपूर्तिसहित राहत उपलब्ध गराउन र आगामी दिनमा यस्ता घटना नदोहोरिने विश्वसनीय राजनीतिक, सामाजिक तथा सुरक्षा वातावरण बनाउन कानुन कार्यान्वयनमा सुरक्षा निकायको मनोबल उच्च राख्ने वातावरण बनाउन एक न्यायिक छानबिन आयोग तत्काल गठन गर्ने।

३. धर्मनिरपेक्षताको अर्थ आफ्नो धार्मिक आस्थाअनुसारको क्रियाकलाप गर्दा अरूको आस्थामा चोट नपुर्‍याई वा अवरोध नगरी सहिष्णुता र सद्भावयुक्त साम्प्रदायिक सहअस्तित्वको अभ्यास हो। नेपाली समाजको विशेषताका रूपमा रहेको साम्प्रदायिक सहअस्तित्व जोगाउन यसविपरीतका क्रियाकलापमा सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने।

४. सामाजिक सञ्जालमा हिंसा भड्काउने, शान्तिसुव्यवस्थालाई चुनौती दिने, कानुन हातमा लिने तथा जनताको ज्यान र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड वा आगजनी गर्ने जोकोहीलाई कानुनी कारबाही गर्ने।

५. सरकारले सत्यतथ्य, सम्प्रदाय तथा नागरिकसँगको अपेक्षासहित नियमित रूपमा सूचना सञ्चार गर्ने र भ्रामक सूचनामा बन्देज लगाउने व्यवस्था तत्काल मिलाउने। नागरिकको ज्यानधनको सुरक्षा सरकारको सर्वोपरि प्राथमिकता हो। कुनै नागरिकलाई ज्यानधनको असुरक्षाको अवस्था आइपरेमा तत्काल पहुँच र सम्बोधन हुने प्रतिकार्य संयन्त्र (Rapid Response Mechanism) स्थानीय स्तरमा बनाई प्रभावकारी रूपमा परिचालन गर्ने।

नेपालको विशिष्ट पहिचान र अमूल्य पुँजीका रूपमा रहेको हजारौँ वर्षदेखिको सामाजिक, धार्मिक, जातीय, भाषिक तथा साम्प्रदायिक सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम राखी सम्पूर्ण नागरिकको ज्यानधनको सुरक्षाका लागि हिंसा र द्वन्द्व बढाउने कुनै पनि क्रियाकलापमा नलाग्न/नलगाउन हामी सबै राजनीतिक दल, धार्मिक तथा सामाजिक सङ्घसंस्थाहरू, नागरिक समाज, प्रबुद्ध वर्ग तथा आमसर्वसाधारणलाई हार्दिक अपिल गर्दछौँ।

सद्भावना र सहिष्णुताको लागि हाम्रो अपिल (PDF)

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: रामबाबु सुबेदिको “मेरो पुस्तकमा कस्ले लेखिदियो” बोलको बालगित सार्वजनिक
Next: जनताको करबाट १००% तलबभत्ता, काममा २५% पनि उपस्थिति छैन: दुई-तिहाइ सरकारको यो कस्तो सन्देश?

Related Stories

Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0
FB_IMG_1788448363364

KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

कालो किताब September 3, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
  • नागरिकको पीडामा सत्ताको अहङ्कार: नेपालीले कस्तो प्रधानमन्त्री पाए?” – प्रचण्ड

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.