आज आइतबार बिहान एयर चाइनाको उडान मार्फत चिन जादै गरेका एक चिनिया नागरिकको ब्यागमा रहेको पावर ब्यांक पड्किएर आगो लागेको छ। पावर ब्यांक लगेजमा लान नमिल्ने भएकाले उनले ह्याण्ड ब्यागमा राखेर ल्यापटप चार्ज गरिराखेका थिए। त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलको बोर्डिङ्ग स्थलमा एक्कासी आगलागी भए पछि त्यहा रहेका सुरक्षा कर्मचारीले तत्कालै आगो निभाएको र ब्याग भित्र रहेको ल्यापट र माउसको आंसिक भाग जलेको भएपनि अन्य कुनै पनि क्षति नभएको बिमान स्थलका प्रबक्ता सुबास झाले कालो किताबलाई बताए।
त्यस पछि ति चीनिया नागरिक तोकिएको उक्त जहाज मार्फत नै चिन गएका थिए। यो घटना बिहान करिब साढे १० बजेको हो। कुनै कमजोरी पो थियो कि भन्ने प्रश्नमा – बिमान स्थल सुरक्षा संयन्त्रको कुनै त्रुटि नरहेको प्रबक्ता झाले बताए।