काठमाण्डौं, नेपाल
इन्डियाको पन्जाब राज्यको अमृतसरमा २०२३ नोभेम्बर २५ देखि २६ सम्म हुने 5th Internationa Karate -Do Championship २०२३ कार्यक्रम लागि नेपाली खेलाडीहरुको टोलि त्यस तर्फ लागेको छ । नेपाल सोतोकान काराते संघका अध्यक्ष एबम प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको नेतृत्वमा टिम म्यानेजर सुनिता शाही सहित ३१ सदस्यी टोलि मंसिर ५ गते इन्डिया प्रस्थान गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव तथा हाल कराते महासंघका अध्यक्ष युबराज लामा र नेपाल कराते महासंघका महासचिब दावा गुरुङ सहितले नेपालि टोलीको बिदाई गरेका थिए।
नेपालको समग्र खेलकुद क्षेत्र नै आर्थिक अभावको चपेटामा पर्दा उत्साहजनक परिणाम हासिल हुन् नसकिरहेको परिप्रेक्षमा सोतोकान कराते प्रति अझ बढि उपेक्षा हुने गरेको भन्दै सोतोकान कराते भक्तपुर जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठ भन्छन -“म पनि सोतोकान करातेको खेलाडी हुँ, अहिले जिबन निर्वाहका लागि मजदुरी गर्दै आएको छु, खेल छोड्न पनि सक्दिन, टिक्न पनि यो हालत भोग्नु पर्छ, मेरो मात्र यो हालत हैन समग्र खेलक्षेत्रको स्थिति यहि हो, यधपी नेपालि खेलाडीले कैयौ इतिहास रचेका छन् ।”

