काठमाडौं । ४ दिन अघि देखि गएको भूकम्पका कारण पश्चिम नेपाल छतबिच्छद भएको छ। हजारौ मानिसहरु घरबार बिहिन छन्। लत्ता कपडा, खाद्यान्न तथा स्वस्थ समस्या उत्पन्न भएको छ। सरकारले सम्पुर्ण शक्ति लगाएर राहत तथा उद्दारको काम गरे पनि भौगोलिक र प्राबिधिक जटिलता कायमै रहेको छ।

यस जटिलतामा सामान्य मलमपट्टि लगाउन विस्वका नेपालीहरु एकजुट हुने क्रम जारि छ। नेपाल रिटर्नी एसोसिएसन (समाजबादी)ले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । आर्थिक अभाव र पारिवारिक वियोगमा फसेका भूकम्पपीडितका लागि पार्टीले राहत कोषमा जम्मा गर्ने रकममा सहयोग पुर्याउने उद्देश्यले एसोसिएसनले ५० हजार चेक प्रदान गरेको हो । एसोसिएसनका अध्यक्ष प्रविण पौडेल सहितको टोलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार चेक हस्तान्तरण गरेको हो । पार्टीले जाजरकोट लगायत क्षेत्रका भुकम्प पीडितलाई सहयोग गर्न जनसंगठन सहित नेता कार्यकर्ताहरूलाई कोषमा सहयोग गर्न आव्हान गरेसँगै जनसंगठनले पहिलो पटक पार्टीलाई रकम हस्तान्तरण गरेको हो ।
आज दिउँसो १२ बजेर ५८ मिनेट गए यता कैयौ परकम्पहरु गएका छन्। गत कातिक १७ गते राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको छ ।
अहिले सम्म १५७ जनाका ज्यान गएको पुस्टि भैसकेको छ भने बेपत्ताहरुको खोजि कार्य जारि छ। हजारौ घरहरु खण्डहर भएका छन्। नागरिकहरु बेघर भएका छन्।