swagat nepal car accident
ज्यान धरापमा | अधिबक्ता स्वागत नेपालको कार दुर्घटना | ढकालले किन दिए उल्टै धम्कि ?
स्याङ्गजाका हरि प्रसाद ढकाल नाम गरेका ब्यक्तिले आफुलाई ज्यान मार्ने धम्कि दिदै अस्लिल गालि गरेको स्वागत नेपालले बताए। “आफु अहिले काम बिशेषले अदालतमा रहेको हुनाले छोरीलाई भेटेर कुराकानी हुन् पाएको छैन”-नेपाले भने। स्वागत नेपाल र हरि प्रसाद ढकालको गाडी अहिले प्रहरी नियन्त्रणमा रहेको सभ्यता नेपालले जानकारी दिईन् ।
घटना यस्त थियो।
सभ्यताको गाडी भन्दा अगाडी हरि प्रसादको गाडी थियो। अगाडिको गाडीका चालक हरि प्रसादले दिशा परिवर्तन गर्ने संकेत दिएपछि सभ्यताले आफ्नो गाडीलाई अघि बढाइन । “तर आफुले दिएको संकेत अनुसार गाडी नमोडि हरि ढकालको गाडि सभ्यताको गाडि तर्फ आयो र आपसमा ठक्कर खायो” – सभ्यताले भनिन।
यसरि स्वागत नेपालको गाडि चारखाल मोडमा सामान्य दुर्घटनामा पर्यो। दुवै गाडीमा सबार कसैलाई कुनै क्षति भएन भने गाडीमा सामान्य स्क्र्याच मात्र लाग्यो। तर स्थिति भने भयानक मोडमा पुगेको छ। स्वागत नेपालको गाडी उनकी छोरी सभ्यताले चलाएकी थीइन। उनि कानुनको बिद्यार्थी हुन्। चालक सभ्यता संगैको अगाडिको सिटमा राधिका चौलागाई पनि थिइन् भने पछाडी स्वागत नेपाल बसेका थिए।
अर्को गाडीको चालक हरि प्रसाद ढकाल हुन्। यतिकैमा सामान्य कुराकानी हुदा ढकालले स्वागत नेपाललाई ज्यान मार्ने धम्कि दिएको स्वागत नेपाल र सभ्यताको भनाइ छ। धम्कि दिएकै भए यो घटना थप तनाब उन्मुख र जटिल बन्न सक्ने देखिएको छ।
दुर्घटनाको बिषयमा प्रहरीमा उजुरी परि सके पनि धम्कि र गालि ब्यैजतिको संबन्धमा थप तयारि गरिने स्वागत नेपालले बताए। यस बिषयमा बिस्तृत जानकारी लिन गरिएको टेलिफोनको नेटवर्क समस्याका कारण सम्बाद पुरा नहुदै फोन काटियो। सभ्यता संगको टेलिफोन कुराकानी पनि पुरा हुन् पाएन। दुवै गाडीहरु अहिले अनामनगर ट्राफिकको नियन्त्रणमा रहेको बुझिएको छ।