kalo kitab
यो साता रास्ट्र संघमा भएका हरेक बहस र छलफलहरु हेर्दा लागिरहेको छ – मानबता त् मानबियता भन्ने शब्द शक्ति र उन्माद संगै बिलिन हुन् पुगेको छ।
इजरायलका विदेशमन्त्री एली कोहेन भने – “कतारले हमासलाई आर्थिक सहयोग गरेको छ। इजरायलबाट बन्धक बनाइएका २०० भन्दा बढी बन्धकको नियति कतारका अमिरको हातमा रहेको छ।”
प्यालेस्टाइनी विदेशमन्त्री रियाद अल–मलिकीले इजरायली आक्रमण अन्त्य गर्न बिस्व समुदायले भूमिका खेल्न नसकेको र उसको उन्माद उदण्ड रुपमा बढिरहेको बताएका थिए।
मलिकीले भने “हामी आज यहाँ हत्या रोक्न, रोक्नका लागि आएका छौं प्यालेस्टाइनी नागरिक जनताविरुद्ध कब्जा जमाएको शक्ति इजरायलले जानाजानी र योजनाबद्ध र बर्बरतापूर्वक नरसंहार गरिरहेको छ, २० लाखभन्दा बढी प्यालेस्टिनीहरू हरेक दिन, हरेक रात बाँच्ने अभियानमा छन्।”
गाजाको रिपोर्टिङ्ग गर्ने २९ जना पत्रकारहरि इजरायली सेनाको गोलाबारिमा मारिएका छन् भने दर्जनौ पत्रकारहरु बेपत्ता बनाइएको छ। यति सम्मकि प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका पत्रकार आफ्नो परिवारका सम्पुर्ण सदस्यको हत्या भएको खबर सुन्छन र तत्काल इजरायली बमले उनको समेत अन्त्य गरिदिन्छ। यी र यस्ता घटना गाजामा सामान्य भएको छ। ३ दिनमा एक बोतल पानि खाएर एउटा पाउरोटिको भरमा बेतलबी रिपोर्टिङ्ग गर्नु बिस्वकै पत्रकारका लागि प्रेरणा हुन् सक्छ। तर नेपाल जस्ता देश जो कि त् पश्चिमा मिडियाको प्रभाब छ कि त् इन्डियाका गोदी मिडियाको प्रभाव छ , यस कारण यहा सत्य भन्दा पनि बढि भ्रमपूर्ण सुचनाहरुले बजार पिटेको छ।
इजरायली युद्ध अपराधलाई रास्ट्र संघको अनुरोध र घोसणाले समेत रोक्न नसकेको प्रति चिन्तित हुदै मलिकीले भने- “अन्तर्राष्ट्रिय कानुनअनुसार यसलाई रोक्नु हाम्रो सामूहिक मानवीय कर्तव्य भएको उनले बताए ।
थप आक्रमण र हत्या, हातहतियार र गठबन्धनले इजरायललाई सुरक्षित बनाउन नसक्ने चेतावनी दिँदै भने, “शान्तिले मात्र गर्नेछ । अल–मलिकीले भनेका थिए।
उनले भने, “अझ ठूलो मानवीय विपत्ति र क्षेत्रीय विपत्तिबाट बच्न सक्रिय रूपमा संलग्न भएकाहरूका लागि यो स्पष्ट हुनुपर्छ कि गाजा पट्टीमा प्यालेस्टाइनी जनताविरुद्ध सुरु गरिएको इजरायली युद्धको तत्काल अन्त्य गरेर मात्र यो हासिल गर्न सकिन्छ। ‘रक्तपात बन्द गर।
रास्ट्र संघका महासचिब संघको घम्साघम्सी। रास्ट्र संघको छलफलमा नेपालको संसदमा देखिने भन्दा अस्लिल र उदण्ड हर्कतहरु देखिए। रास्ट्र संघमा भएका आरोप प्रत्यारोप र कठोर निर्णयहरुको बेलिबिस्तार।
इजराइलले गाजाका नागरिकहरुलाई आफ्नो घर खालि गर्न आदेश दिदै बमबारी गरिरहेको छ। यस घटनालाई गुटेर्रेसले इजरायलको नाम उल्लेख नगरिकन आलोचना गर्दै भने, ‘नागरिकको सुरक्षा गर्नुको लाखौ मानिसलाई दक्षिणमा स्थानान्तरण गर्न आदेश दिनु होइन, जहाँ कुनै आश्रय छैन, खाना छैन, ईण्टरनेट छैन , बिजुली छैन , टेलिफोन काटिएको छ , पानी छैन, औषधि छैन, सबारी साधन छैन , इन्धन छैन र त्यसपछि दक्षिणमा पनि अझ भयानक बम बारी जारी राख्छ। जता ततै त्रासै त्रास छन्। गर्भाविती र सुत्केरीहरु महिलाहरु मारिएका छन्। बालबालिका मारिएका छन्। यो कुनै पनि हिसाबले मानबिय कानुनको बिरुद्धमा छ। यसको जवाफमा इजरायली मन्त्रीले एक मिडिया संघको अन्तर्वार्तामा भने – “यसमा कुनै सत्यता छैन, र उहाँले लाज पचाउनु भएको छ।
संयुक्त राष्ट्रसंघका लागि इजरायलका दूत गिलाड एर्दानले गुटेरेसको अभिव्यक्तिलाई लिएर पनि प्रश्न उठाउदै भने – “महासचिवले सबै नैतिकता र निष्पक्षता’ गुमाइ सकेका छन् , अब उनले राजीनामा दिनु पर्दछ। ”
यसै बीच इजराइलको अत्यन्तै घनिष्ठ सहयात्री देश अमेरिकाले पनि इजराइलको बिपरित रहस्यमय अभिव्यक्ति दियो।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संयुक्त राष्ट्रसंघका प्रमुखलाई भने – “यो अविश्वसनीय चुनौतीपूर्ण समयमा विशेष गरी गाजाका नागरिकहरूलाई मानवीय सहायता प्राप्त गर्नका लागि तपाईंको नेतृत्वका लागि” धन्यवाद छ ।”
रास्ट्र संघिय परिषदमा प्यालेस्टाइनी नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अमेरिकी विदेश मन्त्रि ब्लिंकनले थप भने, ‘हामीलाई थाहा छ कि हमासको कामहरुका लागि प्यालेस्टिनी नागरिकहरु दोषी छैनन् ।
उनले भने, “इजरायलले निर्दोष प्यालेस्टाइनि नागरिकहरूलाई हानि नहोस् भनेर सबै सम्भव भए सम्मका सावधानीहरू अपनाउनु पर्दछ” र “मानवीय हिसाबले युद्ध विराम” गाजामा सहायता प्रवाह गर्नका लागि विचार गर्नुपर्दछ।
ब्लिन्केनले परिषदलाई भने कि सबै देशहरू द्वन्द्व फैलनबाट रोक्न कटिबद्ध छन्, “यस्तो युद्ध “प्यालेस्टिनी र इजरायलीहरूका लागि मात्र नभई मध्ये पुर्व मात्र हैन वास्तवमा विश्वभरका मानिसहरूका लागि विनाशकारी हुनेछ।”
लेबनानमा हमास, हिजबुल्लाह र यमनमा हुथी विद्रोहीलाई समर्थन गर्ने गरेको भन्दै इरानलाई चेतावनी दिँदै बिदेसमंत्री ब्लिंकनले भने -अमेरिकाले द्वन्द्व नचाहेको भए पनि आफ्ना सेनाले विश्वको जुनसुकै कुनामा आक्रमण गरि ‘द्रुत र निर्णायक’ जवाफ दिने तागत राख्ने चेतावनी दिए ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर इरवानीले ब्लिन्केनले हमास संग जोडेर इरानलाई ‘गलत’ रूपमा दोषी ठहर्याउने प्रयास गरेको आरोप लगाउँदै भने ‘यस्ता आधारहीन आरोप’लाई अस्वीकार गर्दै इस्लामिक गणतन्त्र क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिबद्ध रहेको र तत्काल युद्धविरामको आह्वानलाई समर्थन गर्दछ ।
महासचिव गुटेर्रेसले अक्टोबर ७ मा भएको आक्रमण शून्यतामा नभएको र इजरायलका लागि अमेरिकाको ‘अटुट समर्थन’ र सैन्य तथा लजिस्टिक सहयोगको तीव्र व्यवस्थाले ‘गाजा पट्टीमा निर्दोष प्यालेस्टाइनी जनताको निर्मम नरसंहारमा अमेरिकाको संलग्नता रहेको’ दाबी गरेका थिए।
यसै क्रमामा जोर्डनका विदेशमन्त्री अयमान सफादीले संयुक्त राष्ट्रसंघमा २२ सदस्यीय अरब समूहका तर्फबाट बोलेका थिए। सफादिले भने – इजरायलले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै निर्दोष प्यालेस्टेनि नागरिकको हत्या गर्ने र गाजालाई ध्वस्त पार्ने गरी युद्ध छेडेको छ ।” सुरक्षा परिषद्ले अहिले सम्म युद्धविरामको आह्वान समेत गरेको छैन,’ ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघीय निकायलाई युद्ध रोक्न, दुवै पक्षका नागरिकको हत्याको निन्दा गर्न र प्यालेस्टाइनीको भोकमरी र उनीहरूको सामूहिक सजाय रोक्न प्रस्ताव पारित गरोस।
साफादीले थप भने, ‘दुई अर्ब अरब र मुस्लिमलाई अन्तर्राष्ट्रिय कानुन लागू हुने विश्वास दिलाउन सुरक्षा परिषद्ले स्पष्ट अडान लिनुपर्छ ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर इरवानीले फेरी भने – संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार इजरायललाई गाजामा आत्मरक्षाको अधिकार छैन , रास्ट्र संघिय बडापत्रले प्यालेस्टाइनी जनताका लागि आत्मनिर्णय र आत्मरक्षाको अधिकारलाई मान्यता दिएको छ, जसलाई इरानले समर्थन गर्दछ, जसमा इजरायली कब्जाविरुद्धको सङ्घर्षमा हमासजस्ता प्रतिरोधी समूहपनि सामेल छन् ।
संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले मस्कोले अमेरिकी मस्यौदालाई अस्वीकार गर्दै तत्काल युद्ध विरामको माग गरेको बताए । अमेरिकी मस्यौदामा युद्धविरामको उल्लेख गरिएको छैन र नेबेन्जियाले रुसले गाजामा मानबिय सहायता र युद्धविरामका लागि आफ्नो नयाँ प्रस्ताव अघि सारेको बताएका थिए।
यो तमाम बहशहरु अक्टोबर २५ मा भएका थिए। त्यस यता संयुक्त राज्य अमेरिकाले इजरायलमा हमास आक्रमण र नागरिकहरू विरुद्ध हिंसाको निन्दा गर्ने र इजरायलको आत्मरक्षाको अधिकारलाई पुन: पुष्टि गर्ने प्रस्ताव पारित गर्न दबाब दिइरहेको छ। मंगलबार मतदान हुन सक्ने केही अपेक्षा गरिएको थियो, तर कूटनीतिज्ञहरूले भने यो अझै पनि वार्ता आबस्यक रहेको भने पछि त्यस दिन रोकिएको थियो। यधपी २८ तारिकका दिन भएको मतदानमा १७९ देश सहभागी भए। युद्धबिराम र मानबिय कानुन लागु गर्ने संबन्धमा इजराइल सहित अमेरिकाले बिपक्षमा मतदान गरेका थिए । उता इन्डिया सहित ४५ रास्ट्रले इजराइलको समर्थनमा तटस्थता अपनाए भने हमाब बिरुद्धको प्रस्ताबमा समर्थन जनाएका थिए। नेपाल सहित १२० देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए। त्यस पछि इजराइलले भनेको छ – युद्धविराम हुदैन। युद्ध जारि छ। इजराइल बिरुद्ध उभिन सक्ने सबैलाई सिध्याए पछि मात्र युद्ध अन्त्य हुने छ। यसको बत्लब गाजाका सबै जसो घरहरु खण्डहर हुने छन। भने अधिकांश बालबालिका सहित लाखौ मारिने छन्। इजराइलको हवाई बमबारी लगातार जारि रहने छ। इजरायलका विरोधीहरु सुन्य बनाउने अभियान जारि छ।
ज्ञात रहोस हमासको निन्दा गर्ने र इजरायली हमलाको समर्थन गर्ने संबन्धि मतदानमा नेपाल र दक्षिण कोरिया सहित २३ देशले तटस्थता अपनाएका थिए। भने इजरायल , अमेरिका , जापान , क्यानाडा , भुटान र इन्डिया सहितका ८८ देशहरुले हमास बिरुद्ध इजरायली आक्रमणलाइ जयज ठहर गर्दै प्रस्तावको पक्षमा मतदान गरेको थिए। उता उत्तर कोरिया , रसिया , चिन र साउदी अरब सहितका ५५ देशले बिपक्षमा मतदान गरेका थिए। यस कारण यो प्रस्ताव खारेज भएको थियो। यस प्रक्रियामा १६६ देश सहभागी थिए।
यी द्रिशयाह्रुले अमेरिकी जनताहरु शान्ति र न्यायको पक्षमा छन् भने सत्ताले दोहोरो रणनीति अख्तियार गरेको देखिन्छ। मेची र महाकाली भित्रका कालापानी , लिपुलेख लिम्पियाधुरा , सुस्ता सहित सैयौ स्थानमा इन्डियन पक्षले गरेको ज्यादती र सिमा अतिक्रमणको बिषय मात्र हैन टिस्टा र कांगडाको बिषय अन्तरास्ट्रिय मन्चमा कहिले र कसले उठाउने हो यस बारे यसै भन सकिन्न। तर जो जति नया या युवा या देशभक्त भनेर हुंकार गरेपनि उसको कार्यशैली भने निरासाजनक छ।
कल्पना गरौ कुनै दिन अनपेक्षित ठानिएको कालापानी सहित नेपालको मुद्धा पनि यसैगरी बिस्व मन्चमा उठ्ने छ नेपालको न्यायको पक्षमा बहस पछि स्वागतयोग्य फैसला कार्यनबयन हुने छ। यसकालागी बलियो गणतान्त्रिक सरकार स्थापित हुनुको बिकल्प छैन नकि सत्ता टिकाउन बिदेसी जासुसलाई समेत स्थान दिनु पर्ने स्थिति।