Phanindra Nepal |
ग्रेटर नेपालका अध्यक्ष द्वारा प्रधान मन्त्री प्रचण्ड सहित ४ पुर्व प्रधानमन्त्रीलाई पीडादायी पत्र। दार्चुलामा इन्डियन प्रमको नौटंकी के हो ? जवाफ देउ।
अध्यक्ष फणिन्द्र नेपाल द्वारा लिखित पत्र यस्तो छ। सबैपढि सकेपछि नेपाली जनताको बहादुरीपूर्ण इतिहासलाई गिज्याएको छ। आज यो रिपोर्ट सार्वजनिक गर्दा सम्म पररास्ट्र मन्त्रालय बेखबर मात्र छैन कि प्रमाण सहितका घटना बिबरणहरु सार्वजनिक हुदा सम्म इन्डिया संग प्रस्न गरि यस घटनाका बारेमा आफ्नो धारणा समेत सार्वजनिक गर्न सकेको छैन।
ग्रेटरनेपालका अध्यक्ष भन्छन – इतिहास हेर्ने हो भने व्यक्तिगत र दलगत स्वार्थ संग संबन्धित बिषयलाई लिएर विभिन्न पार्टीहरु सम्बद्ध सांसदहरुले महिनौ सम्म संसद अबरोध गरेको पाईन्छ ।
तर देशको अस्मिता संग जोडिएको यस्ता घटनाको यथार्थ सार्वजनिक गराउन नेपाल सरकारलाइ दबाब दिने र इन्डियन अक्रिक्रमणकारि, हेपाहा र बिस्तारवादि सत्ताको हर्कतलाई नांगेझार बनाउने तर्फ संसादहरु मौन रहनु रहस्यमय छ। संसदहरुले साच्चै देशका लागि राजनीति गरेका हुन् भने – इन्डियन प्रधामन्त्रीको यो ज्यादतिको बिषयमा छिनोफानो नहुन्जेल सम्म संसद अबरोध गरियोस्। यो अबरोध बरु बर्षौ लामो भएपनि स्वीकार्य छ। अन्यथा बिगतमा अनगिन्ति पटक महिनौ सम्म संसद अबरोध गरेर राज्यलाई पुर्याएको अरबौ आर्थिक क्षतिको पाप अलिकति पनि पखालिने छैन। बरु नर्क जाने गरि थपिने छ
यो बिषयमा पनि संसद र पार्टिहरु मौनता साध्छन या परिणाममुखी दबाब दिदैनन र बिरोध गरेजस्तो देखाएर जनतालाई फेरी पनि भ्रममै राख्छन भने आरोप लाग्ने छ – बिगतको संसद अबरोध घुस लेनदेनको हिसाम नमिलेको आक्रोशको परिणाम रहेछ। अनि नेपालका राजनीतिज्ञ, सासद र कथित पुर्व शासकहरुको असलियत घिनलाग्दो गरि सतहमा आएको ठानिने छ।
नाटक कै लागि भन्न सकिएला – देश प्रेमको कथा सुनिदै आएकै छ। तर रास्ट्रिय बिषय प्रति कसले कति चासो राखे भनेर हेर्ने हो भने इतिहासको बहीखाता प्रमाण बनेर उभिएको छ । जव यी र यस्ता घटना देखिन्छन त्यस बेला उसको औकात र नियत सतहमा आउने गरेको छ।
अन्य बिषयमा बिज्ञप्ति सहित अभिव्यक्तिहरु सार्वजनिक गर्दै आएका पुर्व राजा ज्ञानेन्द्र शाह यो र यस्ता बिषयमा किन कहिल्यै बोल्दैनन् भन्ने प्रस्न रहस्यमय रुपमा उदाएको छ । जवाफ तपाइँ हामि बाटै आउनु पर्ने छ।
नेपाल द्वारा लिखित पत्रको पुरा बिबरण।
मिति : २०८० असोज २६
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौँ
विषय : नेपालको भूभागमा इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको भ्रमण कसरी सम्भव भयो ?
प्रधानमन्त्रीज्यू ,
यही असोज महिनाको २५ गते बिहान ८:३० बजेदेखि नेपालको अभिन्न भूभाग दार्चुला जिल्लाका जोलिङकाङ र गुन्जीमा इन्डियाली प्रधानमन्त्री दामोदरदास मोदी उपस्थित भएर धार्मिक र राजनीतिक गतिविधि गरेको पुष्टि भएपछि नेपाली नागरिकहरूका मनमस्तिष्कमा अनेक प्रश्नहरू उब्जिएका छन् । ती प्रश्नहरूको उत्तर दिनुपर्ने नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री कसरी मुखर बन्नुहुन्छ , नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन् ।
१• यही असोज महिनाको २५ गते बिहान नेपालको अभिन्न भूभाग जोलिङकाङ र गुन्जीमा भ्रमण गर्न इन्डियाली प्रधानमन्त्रीलाई नेपालको कुन निकायले अनुमति दिएको हो ?
२• इन्डियाली प्रधानमन्त्री नेपाली भूभागमा दलबलसहित जाने आधिकारिक सूचना इन्डियाली सरकारले सार्वजनिक गरेपछि त्यसलाई रोक्न नेपाल सरकारले के-कस्ता प्रयास गर्यो ?
३• लिम्पियाधुरासम्मको भूमि समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई तत्कालीन संसद्बाट सर्वसम्मत रूपमा पारित गरेपछि कालापानीबाट इन्डियाली सेना फिर्ता गर्न इन्डियाली सरकारसँग किन कुनै किसिमको संवाद भएन ?
४• कालापानी क्षेत्रमा इन्डियाले सैन्य संरचना विस्तार गर्दा र नेपाली भूभागमा सडक निर्माण गरेको देख्दा के कति कारणले यसलाई रोक्ने प्रयास भएन ?
५• यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने झिनो प्रयास पनि गरिएको देखिएन, किन ?
६• अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई औपचारिक रूपमा किन बुझाइएन ?
७• बैसठ्ठी वर्षदेखि निरन्तर थाती रहेको कालापानी क्षेत्रको समस्या समाधान हुन अब अझै कति समय लाग्छ ?
८• काली नदीको उद्गम पत्ता लगाउन अन्तर्राष्ट्रिय जलस्रोतविज्ञको सहायता लिने प्रयास अहिलेसम्म किन गरिएन ?
९• अद्यावधिक गरिएको नक्साअनुसार नेपालको क्षेत्रफल कति हो र किन सार्वजनिक गरिएन ?
१० • समष्टिमा नेपाली राष्ट्रियताको आधारबिन्दु के हो ?
माथिका यी प्रश्नहरूको उत्तर दिनुपर्ने नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री कसरी मुखर बन्नुहुन्छ , नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन् ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ , नेपाल
बोधार्थ:
तत्कालीन प्रम खड्गप्रसाद ओली
तत्कालीन प्रम झलनाथ खनाल,
तत्कालीन प्रम बाबुराम भट्टराई,
तत्कालीन प्रम माधवकुमार नेपाल,
तत्कालीन प्रम शेरबहादुर देउवा
