जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना र मृत कोशिकाहरु आफै नष्ट भइरहन्छन् तर तिनको स्थानमा नयाँ कोशिकाहरु बनिरहन्छन् । यो प्रक्रिया हाम्रो शरीरमा हरक्षण चलिरहन्छ ।
तर, क्यान्सर भएको अवस्थामा शरीरमा रातो रक्त कोशिषका (रेड ब्लड सेल्स) र सेतो रक्त कोशिका (ह्वाइट ब्लड सेल्स) अनावश्यकरुपमा बढ्न थाल्छ । यी क्यान्सरका कोशिकाहरु बिस्तारै–बिस्तारै शरीरमा फैलिन्छन् र स्वस्थ कोशिकाहरुको काममा पनि बाधा पुग्छ । यीनै रोगी कोशिकाहरुलाई क्यान्सर भनिन्छ ।