काठमण्डौँ–
ग्रेटर नेपाल कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय सदस्य रत्नप्रसाद प्रजापतिलाई पार्टीको जिम्मेवारीबाट हटाएको छ। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक एवं ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका सर्वोच्च नेता फणिन्द्र नेपालको संरक्षणमा रहेको उक्त पार्टीले मिति २०८२ असार २५ गते बसेको केन्द्रीय समिति बैठकद्वारा यो निर्णय गरेको हो।
विज्ञप्तिमा प्रजापतिले पार्टीको अनुमति बिना विदेश भ्रमण गरेको, पार्टीका जिम्मेवार कमरेडमाथि अनर्गल आरोप लगाएको र कार्यालयमा छलफलका लागि अटेर गरेको उल्लेख छ। पार्टी विधानको धारा १९ को उपधारा ६, ८ र १० बमोजिम उनलाई जिम्मेवारीबाट हटाइएको छ। सदस्यता रसिद कार्यालयमा हेर्न सकिने जनाइएको छ। संयोजक क. मुक्तिद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनुशासन कायम गर्ने उद्देश्य व्यक्त गरिएको छ।
यो कदमले पार्टीभित्रको आन्तरिक विवाद र अनुशासनको विषयमा बिवाद चर्किएको छ।
