प्रा. डा. युवराज संग्रौला र काठमाण्डौँ स्कुल अफ लको मुद्धा के हो? अपडेट
नेपालको इतिहासमा भारतसँग भएका कोशी, गण्डकी, र महाकाली सन्धिहरूले राष्ट्रिय हित बिरुद्ध रहेकोले “राष्ट्रघाती” भन्दै व्यापक आलोचना हुने गरेको छ। नेपाली पक्षको अंग्रेजी भाषा र अन्तर्राष्ट्रिय कानुनमा ज्ञानको कमिले यस्तो हुन गएको धेरैको बिबेचना रहने गरेको पाईन्छ। तर, प्रा. डा. युवराज संग्रौला लगायतकाहरुको अनुसन्धानले यो भ्रम चिरेर सत्य खोज्ने प्रयास गर्यो । समस्या केवल भाषा वा प्राविधिक ज्ञानको कमीमा सीमित छैन, बरु लाचार कूटनीति, संस्थागत परराष्ट्र नीतिकोको अभाब, र विश्वमञ्चमा नेपालको कमजोर प्रस्तुतिमा लगायतका कारण थिए। यी समस्याहरू नेपालको शैक्षिक र प्रशासनिक संरचनामा विद्यमान कमजोरि र विदेशी प्रभावको परिणाम हुन्। यही सन्दर्भमा, डा. संग्रौलालाई कमजोर पार्न स्वदेशी षणयन्त्रकारि वर्ग र विदेशी शक्तिहरूले कथित यौनजन्य हल्लाको खेल रचेको हिमालयन विकास परिषद्को कार्यक्रममा प्रबुद्ध व्यक्तिहरूले धारणा राखेका थिए।
असमान सन्धिहरूको पृष्ठभूमि
राणाकाल र पञ्चायती युगमा जनता(रैती)को शिक्षामा पहुँच न्यून थियो, तर शाह, राणा, र तिनका नजिकका भाइभारदारका सन्तानले भारत, युरोप, र अमेरिकामा उच्च शिक्षा हासिल गर्थे । यिनिहरु नै राजनिती र प्रसासन चलाउथे । यद्यपि, यस्तो शिक्षाले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक र प्रशासनिक निर्णय लिन नसकेको इतिहासले प्रष्ट पार्छ। कोशी, गण्डकी, र महाकाली सन्धिहरूमा नेपालले ठूलो नोक्सानी बेहोरेको तथ्य यसको प्रमाण हो।
नेपालको परराष्ट्र मामिलामा कर्मचारी र राजनैतिक नेतृत्वको कमजोर कूटनीति, र विश्वमञ्चमा फितलो प्रस्तुतिले राष्ट्रिय हितलाई धराशायी बनायो। बिदेसको शिक्षाले यस्ता समस्याहरु खडा गर्यो:
- नेपाली नेतृत्वलाई प्राविधिक ज्ञान त दियो, तर राष्ट्रियता र स्वाधीनताको चेतना विकास गर्न सकेन।
- विदेशी विश्वविद्यालयका पाठ्यक्रमले नेपाली नेतृत्वलाई विदेशी स्वार्थको कठपुतली बनायो।
यसले नेपालको कूटनीतिक प्रस्तुति र विश्वस्तरीय सम्बन्धलाई कमजोर बनायो, परिणाम स्वरुप असमान सन्धि-संझौताहरू हुँदै गए।
काठमाडौं स्कूल अफ ल (KSL): रास्ट्रको धरोहर
यो संरचनात्मक खोटलाई सम्बोधन गर्न डा. संग्रौलाको समुहले काठमाडौं स्कूल अफ ल (KSL) स्थापना गर्यो। KSL केवल एउटा शैक्षिक संस्था मात्र होइन, बरु राष्ट्रिय हित, स्वाधीनता, र नागरिक सर्वोच्चताको पाठ पढाउने क्रान्तिकारी मञ्च पनि हो। डा. संग्रौला र उनका सहयात्रीहरूले ठूलो त्याग गरेर स्थापना गरेको कलेजलाई गैर नाफामुलक संस्थाका रुपमा अघि बढाए । यसले कानुनमा उच्च शिक्षा मात्र दिदैन कि नेपालको भौगोलिक, आर्थिक, र सामाजिक सन्दर्भमा देशभक्तिको चेत समेत प्रदान गर्छ।
KSL को पाठ्यक्रमले किताबी ज्ञान संगसंगै राष्ट्रियता, सामाजिक न्याय, र कूटनीतिक सक्षमतालाई उत्तिकै जोड दिन्छ। यसो त यो कलेजले नेपालमा मात्र हैन बिस्वमै उच्च प्रतिस्ठा हासिल गरेको छ। यसले गाउँ-गाउँका गरिब, उपेक्षित, र बहिष्कृत समुदायका युवालाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गरी निम्न बर्गका जनतामा मातृभूमिप्रति अपनत्व र जिम्मेवारीको भावना जगाएको छ। KSL ले परराष्ट्र मामिला र कूटनीतिमा सक्षम, विश्वमञ्चमा नेपालको हित राख्न सक्ने नेतृत्व उत्पादन गर्ने लक्ष्य राखेको राख्दै आएको छ।
डा. संग्रौलाको विश्वव्यापी योगदान
डा. संग्रौला हाल चीनको रेनमिन विश्वविद्यालय र सिभिल एभिएसन युनिभर्सिटी अफ चाइना लगायत विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा अतिथि प्राध्यापकका रूपमा कार्यरत छन्। सन् २०२४ मा उनले Decolonizing Jurisprudence in Asian Context र Decolonizing Constitutionalism पुस्तकहरू सिभिल एभिएसन युनिभर्सिटीमा समर्पण गर्दै विशेष व्याख्यान दिए। यी कृतिहरूले एसियाली कानुनी प्रणालीको मौलिकता र औपनिवेशिक प्रभावबाट मुक्तिको पक्षलाई उजागर गर्छन्, जसले नेपाल र दक्षिण एसियाको बौद्धिक उपस्थितिलाई विश्वमञ्चमा स्थापित गरेको छ।
डा. संग्रौलाविरुद्धको षड्यन्त्र
KSL को स्थापनाले नेपालको सामन्ती, सम्भ्रान्त लक्षित र विदेशी प्रभावमा जकडिएको शैक्षिक-प्रशासनिक संरचनालाई चुनौती दिँदै शैक्षिक माफियाहरुलाई रास्ट्र प्रतिको बफादारिताको पाठ पढाउदै आयो। यसरि स्वदेशी सामन्ती वर्ग, अवसरवादी, र विदेशी दलाल शक्तिहरूको आखाको कसिंगार बन्न पुग्यो। KSL को शिक्षाले नेपाली युवालाई राष्ट्रिय हित र सामाजिक न्यायका लागि बोल्न प्रेरित गर्यो, जसले विदेशी प्रभाव र असमान सन्धिहरूका संबन्धमा बौद्धिक बहस चलायो ।
यही कारण, डा. संग्रौलाविरुद्ध कथित यौनजन्य हल्लाको षड्यन्त्र रचियो। हिमालअन विकास परिषद्को कार्यक्रममा प्रबुद्ध व्यक्तिहरूले यो हल्ला स्वदेशी सामन्ती वर्ग, अवसरवादी राजनीतिज्ञ, र विदेशी शक्तिहरूको संयुक्त प्रयासमा भएको खुलासा गरे। कुनै ठोस प्रमाणविना फैलाइएको यो हल्ला चरित्रहत्या र KSL को राष्ट्रवादी अभियानलाई कमजोर पार्ने कुटिल चाल हो। यस्ता हल्ला फैलाउने व्यक्तिले औपचारिक उजुरी नदिनु र अनुसन्धानको माग नगर्नुले त्यस्ता गिरोह बिरुद्धको कानुनी कारबाहीको हुन नसकेको बिज्ञहरु बताउछन। हिमालयन बिकास परिषदले आयोजना गरेको असार ३० को छलफल तथा बहसमा पुर्व सैनिक जनरल प्रेम सिं बस्नेत देखि पत्रकार, प्राध्यापक, अधिबक्ता, मानबअधिकारबादि, लगायत विभिन्न क्षेत्रका बिज्ञहरुको सहभागिता थियो ।
डा. संग्रौलाको योगदान
प्रा. डा. युवराज संग्रौला विश्वप्रसिद्ध लेखक, चिन्तक, र प्राध्यापक हुन्। उनले कानुनमा स्नातकोत्तर र फौजदारी न्याय प्रणालीमा विद्यावारिधि हासिल गरेका छन्। उनको नेतृत्वमा स्थापित KSL ले अन्तरास्ट्रिय स्तरको शिक्षा प्रदान गर्छ। सन् २०११ मा महान्यायाधिवक्ता र सन् २००८-०९ मा प्रहरी सुधार आयोगको संयोजकका रूपमा उनले महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
उनका कृतिहरू—नेपालका राजनीतिक समस्याः विश्लेषण र रूपान्तरणका प्रक्रियाहरू, निःसङ्कोच अभिव्यक्ति, South Asia and China Geo-economics, र Jurisprudence: The Philosophy of Law लगायत दर्जनौ पुस्तकहरु सार्वजनिक छन भने उनका पुस्तकहरु बिस्वका कैयौ बिस्वबिध्यालयमा अध्यापन गराईन्छ । Jurisprudence पुस्तकले सन् २०१२ मा नेपाल बार काउन्सिलबाट सर्वश्रेष्ठ कानुन पुस्तकको सम्मान पायो। उनले मानव बेचबिखनविरुद्धको अभियान र कानुनी सहायतामा पनि योगदान पुर्याएर सन् १९९८ मा असोका फेलोसिप र सन् १९९९ मा राष्ट्रिय युवा पुरस्कार प्राप्त गरेका थिए।
नेपालको शैक्षिक उन्नति र गणतन्त्र
KSL ले नेपालको शैक्षिक क्षेत्रमा समानता, समावेशिता, र राष्ट्रिय हितलाई प्राथमिकता दिएको छ। यसले गरिब र उपेक्षित वर्गलाई शिक्षित बनाएर मातृभूमिप्रति अपनत्वको भावना जगाएको छ। नेपालको संविधान २०७२ ले जोड दिएका स्वाधीनता, समानता, र नागरिक सर्वोच्चताका मूल्यहरूलाई KSL को ब्यबहारिक शिक्षाले बलियो बनाएको छ। यो संस्थाले कूटनीति र कानुनमा सक्षम जनशक्ति उत्पादन गरी नेपालको सर्वाङ्गीण उन्नतिमा योगदान पुर्याइरहेको छ।
चुनौतीहरू र भविष्यको बाटो
KSL र डा. संग्रौलामाथि स्वदेशी र विदेशी स्वार्थ समूहबाट बारम्बार आक्रमण भएका छन्। कथित यौनजन्य हल्ला यस्तै षड्यन्त्रको हिस्सा हो। यस्ता हर्कतहरूले नेपालको बौद्धिक, कूटनीतिक, र राष्ट्रवादी सशक्तीकरणलाई रोक्ने प्रयास गर्छन्। तथापि, KSL को सफलताले नेपाल सधैं कमजोर रहिरहोस भन्ने भ्रमलाई चिन्ता थपिदिएको छ । तमाम चुनौती र षड्यन्त्रका बाबजुद यो संस्थाले आशा, सम्भावना, र भरोसाको सन्देश बोकेर अगाडि बढिरहेको छ।
प्रा. डा. युवराज संग्रौलाको समुह र KSL ले संयुक्तरुपमा नेपालको शैक्षिक, बौद्धिक, र कूटनीतिक क्षेत्रमा क्रान्तिकारी योगदान पुर्याएका छन्। KSL को समावेशी र राष्ट्रकेन्द्रित शिक्षाले गरिब तथा उपेक्षित वर्गलाई सशक्त बनाएर मातृभूमिप्रति अपनत्वको भावना जगाएको छ। यसकारण पनि डा. संग्रौलाविरुद्धको षड्यन्त्रले उनको योगदानलाई कमजोर पार्न नसक्ने उनलाई नजिकबाट चिन्नेहरु बताउछन। KSL को अभियानले नेपालको स्वाधीनता, समानता, र गणतन्त्रलाई बलियो बनाएको छ। यो क्रान्तिकारी आन्दोलनलाई जोगाउन र सशक्त बनाउन सबै नेपालीको साथ आवश्यक रहेको काठमाण्डौँ। स्कुल अफ लका बिध्यार्थी तथा प्राध्यापकहरुको भनाई छ