२०८१ चित्र ३०, बिरगंजको छपकैयामा आज दिउसो देखि हनुमान जयन्तिको शोभायात्रा निकाल्ने क्रममा हिन्दु र मुस्लिम २ धार्मिक सम्प्रदाय बिच झडप जारी छ । झडपमा केही सुरक्षाकर्मी घाईते भएका छन भने भवन तथा पसलहरु तोडफोड भएका छन । दिउसो देखि सुरुभएको साम्प्रदायिक दंगा अहिले साझ साढे छ बजे सम्म पनि कायमै रहेको र प्स्थितिलाई काबुमा राख्न प्रयास भैरहेको पर्सा प्रहरी प्रमुख उपरिक्षक गौतम मिश्र बताए ।
जुनसुकै नामको अतिवाद र धार्मिक कटर पन्थ यसै पनी समाजका लागि घातक हो । अनि यहि धर्मको नाममा राजनिती गर्नेहरुको बिगबिगी हुनु झनै लागि घातक छ । यसर्थ अन्धबिस्वास र भ्रमको राजनिती मार्फत स्वर्थको रोटि सेक्नेहरु प्रती हामी सबै सचेत रहन जरुरी छ ।
फोटो श्रोत – सामाजिक सन्जाल
प्राणी जगत, प्रकृति र समग्र ब्रह्माण्डको कल्याण गर्ने भावनाको बिम्ब हो धर्म । तर जुनसुकै कारणले झड्प भएको भएपनि धार्मिक सद्भाव कायम गर्न दुबै समुदायका ब्यक्तिहरु सकृयता लिन ढिला गर्नु हुदैन ।

