लोकतन्त्रका लागि नलडेको पुस्तालाई गणतन्त्रको मूल्य र ज्ञानेन्द्रको राजतन्त्रको अत्यासलाग्दो पीडा थाहा हुन सकेन । राजतन्त्र ढलेका कारण आफ्नो लुटको साम्राज्य गुमेको पिडामा बौलाएका राजाबादिहरुलाई गणतन्त्रले तह लाउन सकेन किन कि गणतन्त्रका नायकको भेषमा गुण्डाको प्रवेश भयो । यसैको मूल्य नेपाल रास्ट्रले चुकाईरहेको छ । उद्धार कर्ताको भेषमा प्रस्तुती दिने बलात्कारिको बिगबिगी छ ।
अर्को तिर गणतन्त्रको प्रतिनिधि भएर सरकारमा रहेका एमाले-कांग्रेसका सांसदहरुको अराजकता हेरि-सुनि साध्य छैन । उता सत्ताधारिलाई सुधार्ने ठेक्का लिएका बिपक्षी राप्रपाका सांसद ज्ञान बहादुर शाहिका शैली, बोली, प्रस्तुती र अभिब्यक्ती हेर्ने हो भने दुनिया गनाएर दुर्गन्धित भैसक्दा पनि लाज मानेको देखिदैन । उनका भनाईमा न तथ्य छ, न तर्क । न बिज्ञान छ, न बिज्ञता । न चेत छ , न चेतना । अर्थात उनमा अज्ञानता र भ्रम यति धेरै छकी लाग्छ कुनै दिन उनी नांगै हिडेभने पनि उनको चेतनाले लाज मान्ने छैन । किनकी असामान्य तवरले लाज हराउनुका विभिन्न कारणहरु हुन्छन् । यसर्थ ज्ञान बहादुर शाहि कित मानव गुण गुमाएका ब्याक्ती हुन् कि त आफ्ना समर्थकहरुलाई उनी मान्छे नै ठान्दैनन् भन्ने कुरा उनका भाषण र अभिब्यक्तिले पुष्टि गर्दछ। मिडिया काउन्सिल बिधेयकका बारेमा उनले जे बोले, अनि आफू इण्डियन सेनाको हतियार अडिटर र बिज्ञ रहेको जस्ता निर्लज्ज झुट अभिब्यक्ती,गणतन्त्र र राजतन्त्रका बारेमा लगातारको बिचलन आदिले त झन उनको हैसियत सतहमा ल्याईदिएको छ ।
तसर्थ गणतन्त्रको बिकल्प भनेको फेरि यस अगाडि नै असफल प्रमाणित भएको उहीँ पुरानो राजतन्त्र हुदैहैन भन्ने कुरा अहिले देखिएका हरेक राजाबादिले बिगतमा स्विकारेका थिए । तर उनिहरु संग न भिजन रह्यो न जनधार त्यसपछी धर्म र भ्रमको राजनितिमा प्रवेश गरे।
गणतन्त्रको सहि बिकल्प भनेको गणतान्त्रीक अधिकार प्रयोग गर्दै राज्यका अंगहरुमा जनताले कब्जा जमाउन सक्नु हो । तर राजाबादिहरुले जनताको चेतमा बिर्को लगाएर निरासा भर्ने काम गरिरहेका छन् ।
यस अबस्थामा गणतन्त्र बिरुद्ध छद्मभेषमा षणयन्त्र गरिरहेका ब्वासारुपी राजाबादिहरुको हर्कतको यथार्थ पनि बोल्नै पर्ने हुन्छ । यसर्थ सत्यबादी बक्ताहरु यसबेला सरकार र राजाबादी दुबै झुण्डको तारो बन्नु परेको छ ।
गणतन्त्रको उपहास गरेर लुटतन्त्र चलाउने सत्ताधारी सांसदहरु संग एकातिर भिड्नु परेको छ भने अर्कोतिर नागरीकका निरासा र आक्रोसको मौका छोपी उद्धार गर्ने अस्वासन दिएर बलात्कार गर्ने अभिस्ठ बोकेका राजाबादिहरु उहीँ पुरानो डाकातन्त्र फर्काउन दिवा सपना देखिरहेका छन । त्यस्ता राजाबादि झुण्डहरु संग पनि मिडियाले भिड्नु परेको छ । यसर्थ सत्य लेख्ने मिडियाहरु अहिले दोहोरो चेपुवामा छन् ।
संबिधान कार्यान्वयन र शासन-प्रसासनमा देखिएका अस्वस्थ प्रतिस्पर्धा जस्ता कमजोरीको फाईदा राजाबादिहरुले उठाईरहेका छन । तर राजतन्त्रले यो कमजोरिको समाधान दिन सक्दैन भन्ने सत्यलाई लुकाउन अब संभव पनि छैन । तर पनि असक्षम जनतालाई ब्वासा रुपि राजाबादिहरुले पछाडिबाट कन्याई कन्याई सिकार गर्दै छन । समय हुन्जेल चेतना गुमाएका जनताहरु होसमा आउदा सम्म समय घर्की सकेको हुन सक्छ ।
दुनियामा लोकतन्त्रका लागि लाखौको बलिदानी भएको छ भने नेपालमा २० हजार हाराहारिमा मारिएका छन् । यसर्थ यो ऐतिहासिक संघर्शबाट प्राप्त लोकतन्त्र लुटेर पुन त्यही राजाको पाउमा चढाउने गरि राजाबादिले चलाएको भ्रम सामान्य भने हैन ।
यसरी सत्ता र षणयन्त्रकारी दुबैको चेपुवामा परेपनि स्वतन्त्र बौधिक ब्यक्तित्वले भन्नै पर्छ -” राजतन्त्र भन्दा लाखौ गुणा उन्नत ब्यबस्था हो गणतन्त्र ।” गणतन्त्रले नदिएको खुसी राजतन्त्रले दिन सक्दैन तर राजतन्त्रले दिएको पिडाबाट मुक्तिकालागी ल्याईएको ब्यबस्था नै गणतन्त्र हो । राजतन्त्रमा कोहि खुसि हुन्छ भने उ कित दासी हो कित रैतिमाथी शासन गर्ने सपना बोकेको चतुर ब्वासो हो । त्यो स्वयं राजा र राजपरिवार हो उस्का नोकर चक्कर र सेबक- दलाल समूह हो ।
२०६२/६३ को जनआन्दोलनले गणतन्त्र स्थापना गर्यो, तर संविधान कार्यान्वयन, शासकीय सुधार, र जवाफदेही नेतृत्वको छनौट गर्न नसक्दा जनताका अपेक्षाहरु अझै अपुरै रहे । सांसद र नेताहरूले सत्तालाई व्यक्तिगत लाभको साधन बनाए,राजाबादी समुहले संसद र सरकार भित्रै बसेर देशलाई खोक्रो बनाउन सणयन्त्र मात्र गरिरह्यो । सत्ताधारी भ्रस्ट र अराजक भयो । परिणाम स्वरुप देशमा ब्यप्त भ्रष्टाचार र अस्थिरतामा अपेक्षाकृत नियन्त्रण हुन सकेन। तर यी तमाम कमजोरि बिरुद्ध जनताले धावा बोल्दै सरकारलाई सच्याउन सक्नु पर्थ्यो । चुनाबमा सहि निर्णय लिन सक्नु पर्थ्यो तर त्यसो भएन बरु जनताको यहि कमजोरिमा खेल्दै राजतन्त्रको ओकालत गर्न राजाबादिहरु उद्धत रहे ।
जनसहभागिताको कमी:
गणतन्त्र नै जनताको व्यवस्था हो, तर जनताले आफ्नो भूमिका (जस्तै: मतदान, नेतृत्वको जवाफदेहिता माग्ने, र सामाजिक चेतना) लाई प्रभावकारी रूपमा निर्वाह गर्न सकेनन्। यसले नेताहरूलाई मनपरी गर्न छुट दियो।
संस्थागत कमजोरी
स्वतन्त्र न्यायपालिका, निर्वाचन आयोग, ,भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरू र तमाम संबैधानिक अंगहरु प्रभावकारी हुन नसक्दा गणतन्त्रका आधारहरू कमजोर भए। यो गणतन्त्रको असफलता नभएर यसलाई बलियो बनाउन नसक्नुको परिणाम हो। यो सत्यलाई लुकाएर ब्वासोरुपी राजाबादिहरुले सोझा जनताको खुलेआम सिकार गर्ने सपना देख्न थाले ।
राजतन्त्रको वास्तविकता लुकाएर “स्वर्णिम युग” को भ्रम छर्न राजाबादिहरु सफल भएको देखिन्छ। किन कि राप्रापाको अस्तित्व त्यसैको प्रमाण हो । राप्रपा र राजा ज्ञानेन्द्रको शासनमा नागरिकहरु माथि बर्बर दमन भए । ज्ञानेन्द्रको शासन (२०५८-२०६३) को अबधिमा प्रेस स्वतन्त्रता खोसियो, सैनिक शासन लादियो, मिडियामा सेन्सरसिप लाग्यो,बाक स्वतन्त्रता लुटियो र राजनीतिक दलहरूलाई प्रतिबन्ध गरियो। हुन त पन्चायती राजतन्त्रमा पनि यसै गरि जनताको अभिव्यक्ति स्वतन्त्रता दबाइएको थियो।
भ्रष्टाचारको जालो: राजपरिवारले राष्ट्रिय बजेटको ठूलो हिस्सा व्यक्तिगत खर्चमा प्रयोग गर्थे। हतियार खरिद, ठूला परियोजना, र व्यापारिक सम्झौतामा राजपरिवारका सदस्यहरूले कमिसन लिन्थे। यस्ता भ्रष्टाचारलाई दरबारको संरक्षण प्राप्त हुन्थ्यो, र कुनै जवाफदेहिता थिएन। किन कि संबिधनले नै उनिहरुलाई उन्मुक्तिको दुबिधा दिएको थियो ।
सामाजिक असमानता-
राजतन्त्रले उच्च वर्ग र सीमित समुदायलाई प्राथमिकता दियो। जनता “रैती” को रूपमा मात्र थिए, र सामाजिक-आर्थिक असमानता चरम रुपमा थियो। समावेशी नीतिको कुनै अवधारणा थिएन।
आन्तरिक कलह:
राजपरिवारभित्र सम्पत्ति र शक्तिको लोभले कलह र षड्यन्त्रहरू हुन्थे। २०५८ को दरबार हत्याकाण्ड यसको ज्वलन्त उदाहरण हो।
राजावादीहरूको भूमिका र भ्रामक अभियान
तत्कालीन समर्थकहरू: राप्रपा र अन्य राजावादी शक्तिहरूले ज्ञानेन्द्रको शासनलाई समर्थन गरेर जनताको अधिकार हननमा साथ दिए। उनीहरूले राजतन्त्रलाई “राष्ट्रिय एकता” को प्रतीक भन्दै जनआन्दोलनको भावनालाई कमजोर पार्ने प्रयास गरे। जुन असंभब छ भन्ने जान्दा जान्दै अहिले फेरि उकास्दै छन जुन आखिर किन?
अहिलेको भ्रामक प्रचार: सामाजिक सञ्जाल र सडक प्रदर्शनमार्फत राजावादीहरूले गणतन्त्रको कमजोरीलाई भड्काएर राजतन्त्रलाई आदर्शका रूपमा प्रस्तुत गर्छन्। उनीहरूले हिन्दु राष्ट्र, सांस्कृतिक पहिचान, र स्थिरताको कुरा उठाएर भावनात्मक अपील गर्छन्। तर, इतिहासले देखाउँछ कि राजतन्त्रले यी कुराहरू कहिल्यै सुनिश्चित गरेन।
नयाँ पुस्ता बेखबर – नयाँ पुस्ताले राजतन्त्रको दमनकारी इतिहास प्रत्यक्ष देखेन। सामाजिक सञ्जालमा फैलिने एकपक्षीय प्रचारले उनीहरूलाई भ्रममा पार्न सक्छ। साथै, नेपालको इतिहासलाई पूर्ण र निष्पक्ष रूपमा लेखिएको छैन, जसले गर्दा यथार्थ लुकेको छ।
नेपालको स्कूल-कलेजको पाठ्यक्रममा राजतन्त्र र गणतन्त्रको तुलनात्मक अध्ययनलाई प्राथमिकता दिइएको छैन। २००७, २०४६, र २०६२/६३ को जनआन्दोलनको महत्व र राजतन्त्रको दमनकारी चरित्रबारे नयाँ पुस्तालाई पर्याप्त जानकारी छैन। यसर्थ राजाबादीहरु सफल रहे ।
चेतनाको दयनियता– गणतन्त्रलाई बलियो बनाउन जनताले आफ्नो अधिकार र कर्तव्यबारे सचेत हुनुपर्छ। मिडिया, शिक्षक, र बुद्धिजीवीहरूले राजतन्त्रको वास्तविकता र गणतन्त्रको सम्भावना बारे बुझाउन सक्नुपर्थ्यो ।
जिबनको उत्तरार्धमा स्मार्टफोन बोकेको पुस्ता जुन ( अशिक्षित छ) र नेपालको नयाँ पुस्ता इतिहासका किताब भन्दा सामाजिक सञ्जालबाट बढी प्रभावित हुन्छन्। त्यसैले, तथ्यमा आधारित सामग्री डकुमेन्ट्री, लेख, र भिडियो भिडियो सामाग्रीहरु उनिहरुका रुचिमा नपर्दा यो अबस्था आएको हो।
गणतन्त्रमा सुधार:
भ्रष्टाचार नियन्त्रण, जवाफदेही नेतृत्व, र समावेशी नीतिमार्फत गणतन्त्रलाई बलियो बनाउनुपर्छ। जनताले नेताहरूलाई निरन्तर खबरदारी गर्नुपर्छ।
इतिहासको संरक्षण- २०६२/६३ को जनआन्दोलन र त्यसअघिका संघर्षहरूको सही इतिहास लेखन र प्रचार गर्नुपर्छ। यसले नयाँ पुस्तालाई गणतन्त्रको महत्व बुझ्न मद्दत गर्छ।
राजतन्त्रको “स्वर्णिम” कथा भन्दै चलाईएका भ्रमपुर्ण तथ्य र तर्कको सहिरुपमा खण्डन नहुदा राजतन्त्रमा भएको भ्रष्टाचार, दमन, र असमानताको तथ्यांक र घटनाहरू जनताले बुझ्न पाएका छैनन् ।
हरेक समस्या र बेथितिको कारक नै गणतन्त्र हो भन्नू दुस्टहरुको भ्रमजाल हो । सत्य भनेको गणतन्त्र हुने बित्तिकै सबै समस्या आफै समाधान हुने हैन ।।बरु हरेक बिशयमा नागरिकले चासो राख्न पाउछ, गणतन्त्रका समस्याहरू गणतन्त्रको असफलता नभएर यसलाई पूर्ण कार्यान्वयन गर्न नसक्नु र जनसहभागिता र खबरदारिको कमीको परिणाम हुन्। राजतन्त्रमा जनताले “मान्छे भएर बाँच्न नपाएको” र भ्रष्टाचारले जरा गाडेको इतिहास लुकाएर राजावादीहरूको भ्रामक प्रचारले नयाँ पुस्ताको दिमाग भुट्ने प्रयास गरिरहेका छन, किनकि इतिहासका दुर्गुणी शासकहरुलाई बिदाई गर्दै प्राप्त गणतन्त्रलाई सुधारेर जनताको व्यवस्था बनाउनु नै समाधान हो, न कि दमनकारी राजतन्त्रमा फर्कनु।