ज्ञानेन्द्रको शासन, अघि र पछि । एक डाईरी । कालो रात
अहिले खेलहरु २ तरिकाले भैरहेको छ । एकातिर दिपेन्द्रलाई हत्यारो र अपराधी देखाई उनी प्रतिको सद्धभाव घटाउने रणनिती अन्तर्गतका कामहरु तिब्रताका साथ जारी छन् । अर्कोतिर मरिसकेका दिपेन्द्रलाई २२ गते सम्म राजा घोसणा गरेर उनका समर्थकहरुलाई खुसी पार्ने खेल भयो । यो हत्यामा ज्ञानेन्द्रको सहभागिता र षणयन्त्र छैन भन्ने देखाउन बलजफ्ती प्रयास गरियो । राजपरिवारलाइ कानुन नलाग्ने ब्यबस्थाको दुरुपयोग गर्दै दिबंगत राजा बिरेन्द्र कायर , हुत्तिहारा र लाचार भन्दै आफ्नो ( ज्ञानेन्द्र) जयजयकारमा राज्यको शक्ति खर्चगराउने कामहरुले जनतामा थप आसंका बढेको छ ।
यसरि राजपरिवार र राजदरवारको परम्परा भन्दै प्रहरी अनुसन्धान रोकेर प्रमाण नस्ट गराई घटना स्थल भत्काउने र एक पछि अर्को गर्दै दिपेन्द्र बिरुद्धका भ्रामक अफवाह प्रचार गर्ने काम भैरहेका छन् ।
मिति: २०५८ जेठ २०, शनिबार
सन्चारको एकमात्र शाधन सरकारी रेडियोले शोक धुन मात्र बजाई रहेको छ । बिहानै देखि सैयौ मान्छेहरुको चहलपहल छ । हिजो राती दरवारमा घटेको घटनाको सुईको धेरैले पाईसके । तर कोहि बोल्दैनन् सबैमा सन्नाटा छ । किन भने अबको नयाँ राजा अत्यन्तै क्रुर छ । राजा बिरेन्द्र र रानी सहित परिवार नै सखाप पारेछ । अपराधी रछ । आफू राजा हुन यत्रो षणयन्त्र ? बिरेन्द्रका सन्तान नै सक्किएपछी अब हत्यारालाई कस्ले कार्वाही गर्ने ? उहि भुमिगत गिरोह चलाउदै आएको ज्ञानेन्द्र अब राजा हुने अरे । जस्ले उपद्रो गर्यो उहि राजा हुने हकदार भएपछी २०४७ को संबिधान मै उस्लाई कानुन नलग्ने उल्लेख छ । शाही सेना उस्को नियन्त्रणमा छ । कसैले बिरोध गरे घरमै आएर शाहिसेनाले उठाएर लान्छ अनि मारिदिन्छ । आपसमा हामिले गरेका यी कुराहरु प्रसासनको कानमा पुग्यो भने के सजाय हुने हो थहा छैन । त्यसैले बिस्वास गरिएकाहरु संग मात्र कुरा हुन्छन।
हिजो राजा बिरेन्द्रको परिवार मात्र मारिएका छैनन् । त्यो घटना देख्ने, सुन्ने, र घटना रोक्न प्रयास गर्ने दरवार भित्रका सैयौ सैनिक र कामदारहरुको सामुहिक हत्या भएको छ । रातै भरी हेलिकप्टरमा हालेर लासहरु दबाईयो । शान्तिसेनामा मारिएको भनेर त्यसरी मारिएकाहरुका परिवारलाई पैसा दिने अरे । सोझो जमना, हुकुमी प्रसासन, त्रासमय स्थिती, प्रस्न गर्न सक्ने कस्ले? जवाफ खोज्ने कुरा छैन । जे भने पनि जिउहजुरी नगरे दुख पाईन्छ ।
यत्रो घटना हुँदा पनि केही नभएको अभिनय गर्ने राजदरवार र राजपरिवारका मान्छे साच्चै कठोर हुदा रछन । १९ गते रातको ९ बजेको घटना भोलिपल्ट सम्म गुमनाम राख्ने प्रयास पछिको कारण के ? मेरो मनमा अचानक बेचैनी बढ्यो। राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, धीरेन्द्र शाह, शान्ति, शारदा, जयन्ती, र कुमार खड्गविक्रम शाहको हत्या! यो खबरले सबैको मन काँपेको छ। हाम्रा प्यारा राजा बिरेन्द्र, जसलाई हामीले हिन्दु भगवान् विष्णुको अवतार मानेर पूजा गर्थ्यौं, उनको सिंगो वंशलाई कसले यति क्रूरतापूर्वक मार्यो? अनि राजा हुने भुमिगत पाइप लाईनमा बिछ्छिएका छन् अधिराजकुमार ज्ञानेन्द्र । अर्थात बिरेन्द्रका माहिला भाई । थुक्क !
आज संसय र आतंकमा दिन बितिरहेको छ। यो दैनिकी कापीमा लेख्दा ज्ञानेन्द्रका सेना र प्रसासकले भेट्यो भने जेल, नेल र दुर्जनको खेल सहनु पर्ने छ । यसर्थ मनको कागजमा त्रासको कलमले बैराग्यका पानाहरु भर्दैछु।
रेडियो नेपाल र नेपाल टेलिभिजन बन्द छन । चलचित्रको कथा लेखकले लेखेको स्कृप्ट पढेको सैलिमा सबैले (ज्ञानेन्द्र, पारश, राजिब या दरवारिया नातेदार र त्यसबेला सक्रीय राप्रपा-कांग्रेस-एमालेका नेताहरु )ले पढेर विभिन्न माध्यम मार्फत एक स्वरले सार्वजनिक गरिरहेका छन् । यो सबै नियोजित हो ।
अब ज्ञानेन्द्र राजा भए भने माओबादी बिरुद्ध सैनिक आक्रमण थाल्ने छन् । देशमा रक्तपात सुरु हुने छ । एमाले, कांग्रेस र राप्रपाको भ्रस्ट राजनितिलाई तह लाउने भन्दै राजा बिरेन्द्रको प्यारो भएर शसस्त्र जनयुद्धमा रहेको माओबादि बिरुद्ध ज्ञानेन्द्रले शाही सेना उतार्ने छन । अबको गृह युद्ध टार्न कसैले सक्दैन । अधिराजकुमार रहदा हतियार खरिदको कमिसन ज्ञानेन्द्रले लिदै आएका थिए अब आफै राजा भए पछि कस्ले लिदोहो ? यस्तै कुराले दिनचर्या बितिरहेको छ ।
आज सम्म दिपेन्द्रका बारेमा कहिल्यै नराम्रो नसुनेका नेपालिलाई अचानक नराम्रा मात्र समाचार सुनाईदै छ किन होला ? दीपेन्द्रले नशाको बेहोसिमा यो हत्याकाण्ड मच्चाएर आत्महत्या गरे अरे । तर, यो कथा नै सर्वाङ झुट अनि नांगो छ । युबराज दीपेन्द्र, जो बौद्धिक, शालिन,शान्त र संयमित थिए, उनले कसरी यस्तो गर्न सक्थे? तर ज्ञानेन्द्र र पारास चाहिँ क्रुर र अपराधिक कर्ममा थिए भन्ने बिगत देखि नै सर्वत्र चर्चा थियो ।
आज उनै ज्ञानेन्द्र नै राजा हुँदै छन अनि पारश युबराज । अब उनिहरुको बचाउ र प्रशंसा गर्न खेल चलेको छ । फेरि नयाँ कुरा आयो —हत्या काण्ड भएको रात ज्ञानेन्द्र शाह पोखरामा थिए। घटना स्थलमा रहेका कोमल, पारस, हिमानी, र प्रेरणा सबै ठिक ठाक छन् । बिरेन्द्रको सन्तान भने कोहि बाकी छैन । राजा रणबहादुर देखि जंग बहादुरको उदय र पतन अनि धिर शमशेरको बंशको उदय र राजा राजेन्द्र र सुरेन्द्रको लडाई सम्मका कुराहरुमा बहस चलेका छन । राजा नै देश, देश नै राजा ,जे बोल्यो कानुन अनि संविधान र कानुन भन्दा माथी रहने, न्यायाधिश कै अगाडि कसैलाई मारे पनि उजुरबाजुर नलग्ने , संसदमा छलफल चलाउन पनि नपाउने , राज्यको ढुकुटिको मनलाग्दी खर्छ गर्न पाईने, भ्रस्टाचार मुद्धा नलाग्ने, यस्तो राजा हुन मान्छेले दाजुको मात्र बंशहत्या गरेछ । बाधा गर्ने कोहि देखिए त्यो पनि सक्किने छ । यसरी समाजमा त्रास छ ।
यो संयोग मात्र हो कि सुनियोजित षड्यन्त्र हो? निर्मल निवासमा देखिएका र जोडिएका संकास्पद गतिविधि र आजको हत्याकाण्डले ज्ञानेन्द्र शाह र पारशको समूह माथि लगातार आसंका बढिरहेका छन् । अत्यन्तै निकट आफन्त मात्र आमन्त्रित भोजमा संकास्पद मध्यका अर्का एक राजिब शाहि त्यो दिन किन दरवारमा उपस्थित थिए? रहस्यमय छ ।
सबैभन्दा आश्चर्यजनक कुरा—यो भयानक हत्याकाण्ड भएको रातभर सूचना पूर्ण रूपमा गोप्य राखियो। शाही सेना र ज्ञानेन्द्रको परिवारले नारायणहिटीलाई नियन्त्रणमा लिए। कुनै पत्रकार वा बाहिरी व्यक्तिलाई जानकारी दिइएन। यो कस्तो षड्यन्त्र हो? यदि दीपेन्द्रले हत्या गरेका हुन् भने, किन यति गोप्यता?
आज देशभरी त्रास छ । बिरेन्द्रको बंश हत्या पछि अब ज्ञानेन्द्र राजा हुन सक्ने अड्कल सत्य साबित भएको छ । हिजो बिरेन्द्र राजा हुदा समेत सेना हातमा लिएर उत्पात मच्चाएका ज्ञानेन्द्र आफै राजा भएपछि के होला ? देशमा भयानक त्रास छ । राजा बिरेन्द्र र ज्ञानेन्द्रको आपसी किचलोको गहिर्याई हिजोको भोजमा देखियो ।
नारायणहिटीमा नियमित शाही भोजमा प्रतिबन्धित जनाबरको मासु देखि विश्व बजारमा पाईने हरेक बहुमुल्य परिकार र मादक पदार्थ आपुर्ती गर्न दरवारमा बिभागहरु नै थिए । सेनाको सिकारी गण थियो । दरबार र राजाको सुरक्षामा सेनाको शाही रक्षक बाहिनी थियो । दरवारका सचिवालयका सैनिकहरु राजपरिवार र सेनापतीलाई बाहेक अरुलाई टेर्दैन थे । दरवार भित्र हावा छिर्न नपाउने सुरक्षा ब्यबस्था थियो । तर पनि यो हत्या कस्ले गर्न सक्छ? राजपरिवारको हत्या राजपरिवारबाट राजा हुने ब्यक्तिले बाहेक गर्नै नसक्ने संबैधानिक ब्यबस्था छ। अरु त्यस समारोहमा छिर्न पाउदैनन् र अपराधमा संलग्नता भए बाच् पाउदैनन् । तर केके भैरहेको छ ?
“यत्रो घटना हुदा पनि ज्ञानेन्द्रले कसैमाथी अनुसन्धान,छनबिन र सजाय गरेनन् बरु त्यस दिन खटिएका सैनिकहरु अहिले सम्म उनका बफादार रहेर काम गरिरहेका छन् । २०६५ मा सत्ता च्युत भएका ज्ञानेन्द्रलाई पुन: राजा बनाउने अभियान चलाउनेहरु त्यही बेलाका रिटयर्ड सैनिक र कर्मचरिहरु रहनुले आसंका अझ बढाएकै छ ।”
नेपालमा हजारौ स्थानमा इण्डियाले सिमा अतिक्रमण गरेको छ । ज्यादती र आतंकका घटना चर्चा गरि साध्य छैन । यस्ता पिडाका घटनाहरु आज पनि थपिएको छ । यस्ता बिशयमा राजनैतिक पार्टिहरु सरकरमा रहदा चुपचाप बस्छन् र सत्ताबाट बाहिर हुदा ठूलो रास्ट्रबादी हुने गरेको पाईन्छ । तर अनौठो के छ भने ग्यानेन्द्र शाह र उनको पक्ष-पोशक पार्टि राप्रपा सत्तामा हुदा होस या बाहिर सधै इण्डियाको मामिलामा मौन बसिरहेको पाईन्छ । यहि चरीत्रमा नेपाली कांग्रेस पनि देखिन्छ ।
हत्या काण्ड दबाउन निर्मल निवास अर्थात ज्ञानेन्द्र शाह , कोमल, पारस, र हिमानी र राजा बिरेन्द्रकी सौतेनी आमा रत्नको अझ असामान्य चहलपहल बढेको दरबारीया स्रोतहरूले भनेका छन । पारसले गरेका हत्या, सार्वजनिक स्थानमा आक्रमण , रक्सी खाएर आक्रमण, गाडिले किचेर हत्या दुर्घटनाका काण्डहरूमा दरवार हत्या काण्ड पनि थपिएको छ ।
यश बेला राजमाता रत्न अत्यन्तै सक्रिय छिन्, र उनको उपस्थितिले केही रहस्यमय योजना भएको आभास हुन्छ। आज राति निर्मल निवासमा शाही सेनाका केही अधिकारी र विदेशी व्यक्तिहरूको भेटघाट भएको खबर छ। के यो सामान्य हो, वा कुनै ठूलो षड्यन्त्रको तयारी? भुमिगत शसस्त्र जनयुद्धमा रहेको माओबादिले सत्ता कब्जाको प्रयास गर्यो भने के होला?
सन्चारको एक मात्र साधन छिमिकमा रहेको एउटा रिडियो हो । छिमेकिको रेडियोमा आज बिहानै देखि रेडियो नेपालमा शोक धुन मात्र बजिरहेको छ। टिभिमा के छ थाहा छैन । टिभी निकै महगो । फेरि बिजुली नभएकाले ब्याट्रीबाट टिभी चलाउन झनै महगो । सहरी क्षेत्रका पनि निकै थोरै मान्छे संग टिभी छ ।
राति १ बजे बल्ल वीरेन्द्रको मृत्युको औपचारिक घोषणा भयो। ऐश्वर्य, निराजन, श्रुति, धीरेन्द्र, शान्ति, शारदा, जयन्ती, र खड्गविक्रमको मृत्यु पनि पुष्टि भयो। तर, दीपेन्द्रलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको कोमामा राखिएको र उनलाई राजा घोषणा गरिएको खबर छ। हत्यारा भनिएका दीपेन्द्रलाई राजा बनाउने—यो कस्तो नाटक? त्यहा माथी घटना स्थलमै मरिसकेका दिपेन्द्रलाई राजा घोसणा गरि ज्ञानेन्द्र आफू चाहिँ राज्य सहायक घोसित हुनु झनै अचम्म छ ।
दिउँसो २ बजे पशुपतिनाथ मन्दिर अगाडि दिपेन्द्र बाहेकका राजपरिवारका सदस्यको राजकीय अन्त्येष्टि भयो। ज्ञानेन्द्रले हिन्दु परम्पराअनुसार काजकिरिया नगर्नुको कारण के? दीपेन्द्रको लास छाउनी ब्यारेकमा छ तर दिपेन्द्र बेडबाट उठेर हिन्छन भन्ने गरि चर्चा चलाईएको भएपनी जनताहरु कसैले पनि पत्याएका छैनन् ।
हत्याराको आरोप लागेका ज्ञानेन्द्र गोप्य स्थानमा बसेर सेनापति संग नियमित छलफलमा छन् । ज्ञानेन्द्रको प्रतिकुल स्थिती बन्यो भने शाही सेनाले सैनिक शासन लगाएर भएपनि ग्यानेन्द्रलाई राजा बनाउने अरे । त्यसक लागि इण्डियन सेनाको साथ रहेको हल्ला छ । यी तमाम बिषयमा आज गोप्य बैठक भएको अर्को खबर छ।
तमाम परिस्थितीले प्रधानसेनापति प्रज्वल शमशेर र ज्ञानेन्द्रबीचको पुरानो संबन्ध र अहिलेको परिणामले देशलाई कहाँ पुर्याउला भन्ने शंका बढेको छ । राजा घोसित भै नसकेका ज्ञानेन्द्रको यत्रो तागत ? शाही सेनाले नारायणहिटीलाई कब्जामा राखेर सूचना लुकाएको छ। रत्न शाहको उपस्थितिले पनि यो नियन्त्रणमा उनको हात भएको संकेत गर्छ। बिरेन्द्रको बंश हत्या भएपछी आरोपित ज्ञानेन्द्रलाई राजा बनाउन संसदबादी दलहरु दबाबमा छन किन भने राजतन्त्र सक्कियो भने जनयुद्धमा रहेको माओबादिले सत्ता कब्जा गरेर जनबादी सत्ता चलाउला भन्ने त्रासमा एमाले-कांग्रेस छन । उता राजाबादी पार्टि राप्रपाले भने बंश हत्या गरिएका राजा बिरेन्द्रको बारेमा मौनता र हत्याका आरोपित ज्ञानेन्द्रलाई राजा बनाउन हतरो गर्नु रहस्यमय छ । राजा बिरेन्द्रले नियुक्त गरेका राजपरिषदका सदस्यहरु रातारात ज्ञानेन्द्रबादी भए ।
ज्ञानेन्द्रले सबैलाई किने छन या मिलाएछन या के अचम्म गरे ? सडकमा जनताको आक्रोश उर्लिए पनि आफू राजा हुनेमा ज्ञानेन्द्र निर्धक्क छन। काठमाडौंमा स्वतःस्फूर्त प्रदर्शन शुरू भयो। “ज्ञानेन्द्र हत्यारा!” भन्ने नारा गुञ्जियो। पारसको विगतको काण्ड, हिमानीको ग्वालियर पृष्ठभूमि, र राजीव शाहीको रहस्यमय उपस्थिति बारे शंका गहिरियो। के भारतीय खुफिया एजेन्सी (RAW) को मात्र सहयोगमा भयो कि सिआईएको पनि साथमा यो काम भएको छ । कांग्रेस-राप्रपा ज्ञानेन्द्रको पक्षमा छन भने एमाले बिच्चमा छ ।
“इन्डिया र अमेरिकाले ज्ञानेन्द्रको सैनिक सत्ता बचाउका लागि हतियार र सैन्य सहयोग ह्वात्तै बढाएको घटनाले अझ रहस्यमय बनायो ।”
मिति: २०५८ जेठ २१, आइतबार
कांग्रेसले चाहेको भए ज्ञानेन्द्रलाई राजा हुनबाट रोक्न सक्थ्यो । तर एमाले समेत लागि पर्यो । राप्रपा त ज्ञानेन्द्र कै रहेछ । कहिले आफै बन्दुक पड्किएर राजा रानिको ज्यान गयो भन्छ कहिले दिपेन्द्रले चरेसले मातेको गोलि हानेको भन्छ कहिले दिपेन्द्रको मुखुण्डो लाएका कैयौ दिपेन्द्रले गोलि चलाएको भनिन्छ कहिले के कहिले के ! योजनाकार देखिएका ज्ञानेन्द्र आज शाही सेनाको हेलिकप्टर चडेर बिहानको राती अज्ञात स्थानबाट सिधै छाउनी ब्यारेक पुगे ।
आज ज्ञानेन्द्रलाई राजा बनाउने रणनिती बारे छलफल गर्न ज्ञानेन्द्र सहित उच्चस्तरीय बैठक बस्यो। अर्को बैठकमा राजपरिषद्, सेना, प्रहरी, र मन्त्रीहरू सहभागी थिए। ज्ञानेन्द्रलाई दीपेन्द्रको राज्य सहायक बनाइयो। तर, यो बैठक पूर्ण रूपमा गोप्य राखियो। प्रज्वल शमशेर र ज्ञानेन्द्रको निकटताले सबै ससंकित छन् । सेनाले अब ज्ञानेन्द्रको आदेश मान्ने पक्का भयो। निर्मल निवासमा आज विदेशी कूटनीतिज्ञहरूको आवतजावत देखियो। रत्न शाहले पनि केही दरबारीहरूसँग गोप्य छलफल गरेको खबर छ।
ज्ञानेन्द्रले देशवासीलाई सन्देश दिए, हत्याकाण्डलाई “स्वचालित हतियार पड्किएर भएको दुर्घटना” भने। यो कस्तो हल्का व्याख्या! यति ठूलो नरसंहारलाई हतियारको गल्ती भन्नु जनताको अपमान गरेपछी सडकमा प्रदर्शन चर्कियो। ज्ञानेन्द्रको उक्त घोसणा जनताले स्वीकारेनन्।
मिति: २०५८ जेठ २२, सोमबार
१९ गते नै मारिएका दिपेन्द्रलाई ४ फिन सम्म राजा घोसित गरियो र आज बिहान ३:४५ बजे दीपेन्द्रको मृत्यु घोषणा भयो। यो खबरले ज्ञानेन्द्रको षणयन्त्र झनै पुष्टि भयो। हत्याराको रूपमा चित्रित दीपेन्द्रको कागजी प्राण पनि अब यो संसारबाट बिलाएको छ। उनको मृत्युसँगै सत्य लुकेको छ। कर्फ्यूको बीचमा ज्ञानेन्द्रको राज्यारोहण भयो। हनुमानढोकाबाट नारायणहिटी बग्गीमा आएका उनलाई जनताले ढुंगा हाने प्रतितोधमा सेनाले गोलि चलाएर केहि जनता हताहती र घाईते भ । उनको वैधतामाथिको ठूलो प्रश्न हो।
कर्फ्युका बिच शहरमा शाहि सेना परिचालन गरेर आजै दीपेन्द्रको शवयात्रा र अन्त्येष्टि भयो । शाही सेनाको कडा घेरा छ। जनताले उनको विदाइमा सहभागी हुन पाएनन्। ज्ञानेन्द्रले सर्वोच्चका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको नेतृत्वमा छानबिन समिति गठन गरे। तर, यो समितिमा कसैको विश्वास छैन। निर्मल निवासमा आज राति फेरि गोप्य बैठक भयो। प्रज्वल शमशेर, रत्न शाह, र केही विदेशी प्रतिनिधिहरूको उपस्थिति रहेको गाईगुईको चली सकेको छ ।
मिति: २०५८ जेठ २३, मंगलबार
आज प्रदर्शनले काठमाडौं थेगी नसक्ने गरि तात्यो। जनताले ज्ञानेन्द्र, कोमल, पारस, हिमानी, राजीव शाही, र रत्न शाहमाथि हत्याराको आरोप लगाए। त्यस्तालाई राजा बनाउन तयार भएको भन्दै सत्ताधरि कांग्रेस र प्रधानमन्त्री गिरिजा बिरुद्ध पनि जनताहरु आक्रोसित छन । पारशकि पत्नी हिमानी,इण्डियाको पुर्व राजखलक ग्वालियर दरबारकी छोरी, उनलाई RAW सँग जोडेर हेरिएको छ। राजीव शाहीको हत्याकाण्डको रात दरबारमा उपस्थितिको द्र्श्यले थप शंका गहिरियो। ज्ञानेन्द्र र रत्न शाहले सूचना नियन्त्रण गरेको चर्चा छ। यदि दीपेन्द्रले हत्या गरेका हुन् भने, किन ज्ञानेन्द्रको परिवार सुरक्षित रह्यो? प्रस्नहरु अनुत्तरित नै छन ।
“निर्मल निवासमा आज भारतीय र अमेरिकी कूटनीतिज्ञहरूको आवतजावत देखियो। यो हत्याकाण्डमा बाह्य शक्तिको हात भएको शंका बलियो भयो। प्रेक्षा शाह, धीरेन्द्रकी पत्नी, जस्लाई हत्याको यथार्थ थाहाथियो । पछि उनलाई रारा तालमा हेलिकप्टर दुर्घटनाको बहानामा मारियो। ब्ल्याक बक्स गायब भयो। यो सबै संयोग होइन। ”
मिति: २०५८ जेठ २४
राजा नबनुन्जेल राप्रापा मात्रैले हैन एमाले- कांग्रेस लगायतका संसदका पार्टिहरुले मिलेरै ज्ञानेन्द्रलाई बोके । राजा बनी सकेपछी राजाका बिरुद्ध संसद, अदालत या कतैपनी उजुर या छलफल गर्न नपाउने मात्र हैन राजा र राजपरिवारले हत्या नै गरेको भए पनि कानुन नलाग्ने भनेर बिधमान २०४७ को संबिधानले संरक्षण गरेको छ । त्यसैमा टेकेर नेताहरुको ग्रीन सिग्नल पाएपछि उनले तारानाथ र केशब उपाध्याय सम्मिलित कथित छानबिन समितिको नाटक मन्चन गरेका छन । यो समितिले के लेख्ने भनेर शाही सेनाका राजिब शाहिले पत्रकार सम्मेलन गरेका छन् । छनबिनको प्रतिबेदन अब राजिब शाहिले भने अनुसारकै हुने निस्चित छ ।
“दुर्भाग्य नै भन्नू पर्यो राजिब शाही र ज्ञानेन्द्रले सुरुमै भनेका कुरालाई उक्त छनबिन आयोगले हुबहु समेटर रेडियो नेपाल र टिभी मार्फत आंसिक रिपोर्ट सार्वजनिक गरेको थियो । एक झुटो लुकाउन अर्को झुट भने झै दिपेन्द्रले चरेस खाएर बेहोसिमा घटाएको अर्को हल्ला चलाईयो ।
“दिपेन्द्रले चरेस खाएर घटना घटाएको भन्ने झुटो चर्चा चलाईएको कुरा डा उपेन्द्रले लिक गरेका थिए । ज्ञात रहोस् त्यस बेला सघाए बापत ग्यानेन्द्रले आफू राजा भएपछि उनै देबकोटालाई स्वास्थ्य मन्त्री बनाएको ठानिन्छ।”
किरिया-कर्म
ज्ञानेन्द्रले आफ्ना दाजु वीरेन्द्रको काजकिरिया नै गरेनन् ।त्यसो हुदा उनि कसरी हिन्दु भए? दाजुको मृत्युपछि भाइले १३ दिनको किरिया नै गरेनन् । उनले किरिया गरेनन् भने, उनलाई कसरी हिन्दुहरूको संरक्षक र विष्णुको अवतार मान्ने? हामी भक्तहरुले सुँगुर छुदा जात जाने, रक्सी खाए जात जाने अनि बिष्णु भगवान ( राजा/राजपरिवार) ले बदेलको मासु र रक्सी खान हुने । प्रश्न उठ्छ। यति सम्मकी स्वयं ज्ञानेन्द्रले आफना बुवा महेन्द्रको समेत श्राद्ध गर्दैनन् । फेरि उनै हिन्दु धर्मका नायक ? म अनुत्तरित छु।
निर्मल निवास, महेन्द्र मन्जिल र अन्य गोप्य स्थानहरुमा यी दिनहरूमा सैन्य अधिकारी, ज्ञानेन्द्र शाह,रत्न शाह र विदेशी प्रतिनिधिहरूको भेटघाट तिब्र चलेको छ। एमाले र कांग्रेस अब ज्ञानेन्द्रको कठपुतली जस्तै भएका छन किन ?
मिति: २०५८ जेठ ३०, मंगलबार
आज छानबिन समितिले प्रतिवेदन बुझायो। दीपेन्द्रलाई रक्सी र लागूपदार्थको नशामा हत्याकाण्ड गरेको भनेर पुर्व घोसित बिबरण समेटेर दोषी ठहर गरियो। यसर्थ यो प्रतिवेदन पुरापुर झुटपुर्ण छ भन्नेकुरा यहि प्रतिबेदनले पुस्टि गरेको छ । किन कि दिपेन्द्रले नसालु पदार्थ खाएको पुष्टि गराउने उद्देस्यले देब्यानी राणा(नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरका नाति,राप्रपा नेता पशुपती शमशेरकि छोरी)ले बयान दिईन ” दिपेन्द्रले मलाई फोन गर्दा उस्को बोली लड्खडाएको थियो ” । तर दरवारको आँखा छलेर गोप्य परिक्षण गरेका डाक्टर उपेन्द्रले भनेका छन ” दिपेन्द्रले चरेस त के रक्सी समेत खाएको थिएन ।”
अदृस्य र अभौतिक डाइरि लेख्नु आजको बाध्यता हो। भौतिक आखाले देखिने कागजमा कलमले डाइरि लेख्नु यतानको कारक हुन् सक्छ। जुनसुकै बेला ज्ञानेन्द्रले सैनिक शासन लागु गर्दै छन्। त्रासमय छ समाज।
ज्ञानेन्द्रले आफुलाई चोख्याउन समितिमा राखेको ठान्दै माधवकुमार नेपालले समितिबाट राजीनामा दिएको आसय छ तर तारानाथले ज्ञानेन्द्रलाई काध थापेको हुनाले कंग्रेसको राजनितिबाट पत्तासाफ भए । पार्टी बचाउने र जनाधार कयमै राख्ने खेल अन्तर्गत कांग्रेसले कांग्रेसकै लाईन बोकेका तारानाथ रानाभाटलाई बलि चढायो ।
“दरवार हत्या काण्ड बाहिर ल्याईदिन सक्ने ठानिएकी प्रेक्षा शाहको मृत्यु र उनी सबार हेलिकप्टरको ब्ल्याक बक्स नै गायब, घटनास्थल भत्काएर तुरुन्त सफाइ गरि प्रमाणहरु जलाईएको र पोस्टमार्टममा अवरोध—यी सबैले ज्ञानेन्द्रमाथिको शंका पुष्टि गर्छ। ”
निर्मल निवासमा आज पनि गोप्य बैठक भयो। प्रज्वल शमशेर, ज्ञानेन्द्र शाह, र भारतीय दूतावासका प्रतिनिधिहरूको उपस्थितिको बिषय चर्चामा छ। उता दरवार हत्या काण्डको यथार्थ संग संबन्धित सुचनाहरु शाही सेनाले नियन्त्रण गरेको छ। यो सबै कस्तो षड्यन्त्र हो?
मिति: २०५८ असार १ देखि १५ सम्मका घटनहरु
यी दिनहरूमा देश अशान्त छ। सुरक्षाकर्मिहरुको चरम दमनका बबजुत ज्ञानेन्द्रमाथिको आशंका झन झन बढ्दै जादा नागरिक प्रदर्सन बढ्दो छ । निर्मल निवास अब शक्तिको केन्द्र बनेको छ। यहाँ अमेरिका र भारतका कूटनीतिज्ञहरूको भेटघाट चलेको छ। रत्न शाहले दरबारीयाहरूलाई नियन्त्रणमा राखेकी छिन्। माओवादी विद्रोहलाई दबाउन ज्ञानेन्द्रले विदेशी सहायता लिन खोज्दैछन्। तर, यो सहायताको मूल्य आफ्नो राजगद्धीको आयु नढाउन मात्र दितित छ ।
२०५८ साल मंसिर ११ गते
ज्ञानेन्द्र शाहले आफ्ना दाजु बिरेन्द्रको बाटो भत्काउदै सेनाको बलमा देशमा संकाटकाल घोसणा ग्स्रेपछि सेना परिचल्लन भएको छ । राप्रपा, कांग्रेस र एमाले सहितका राजनैतिक दलहरु पनि राजाको सारथि भएर हिडिरहेका छन् । गाउँ गाउमा अझ बिषेशगरी तराईमा विभिन्न अपराधिक गिरोहलाई नै हतियार बाडेर सत्ता बिरुद्ध संघर्ष गरिरहेको माओबादी बिरुद्ध परिचालन गरिएको छ । यश अभियानमा दैनिक करोडौ भ्रस्टाचार भैरहेको छ । यसरी अनियमित रुपमा खान दिएपछि आफ्नो पक्षमा जयजयकार हुने बुझाईमा ज्ञानेन्द्रले ती भ्रस्टाचारलाई अझ बढवा दिएईरहेका छन ।
१०५९ जेठ ४
ज्ञानेन्द्र शाहले राजा बिरेन्द्र र उनका सन्तानको नाममा रहेको संपती र राजगद्धी सुरक्षित गर्ने लालचमा केही बाकी राखेनन् । राजाको जयजयकार गर्नेहरुले अकुत भ्रस्टाचार गरिरहेका छन । उपल्लो तहका सारा नियुक्तिहरु कित राजपरिवारका सदस्यहरुले पाएका छन कित दरवार निकटहरुले मात्र पाएका छन् । राजा बिरेन्द्रको शासनकालमा हत्या, चोरी, तस्करी र विभिन्न अपराधको पर्याय बनेका ज्ञानेन्द्र शाह नै यश बेला नेपालको राजा छन ।
संकटकाल र सेना परिचलनका कारण देशको ग्रमिण क्षेत्र अहिले त्रसित छ । कलेज र स्कुलका बिध्यार्थिले पढ्ने पुस्तक स्वयं बिध्यार्थिले बाहेक अरुले पढे दण्डित हुनुपर्ने छ । नागरिक अधिकार या कम्युनिस्ट बिचारधाराका पुस्तकहरु घरमा राखेको मात्र पाईए पक्राउ पर्ने र हिरासतमा यातना भोग्नु पर्ने अबस्था छ । गाउमा पसेको सेनाले सैयौलाई सोतर बनाएर कुटेको छ, दर्जनौलाई पक्रीएर लगेको छ । त्रीयुगा नगरपल्लिकाको खैजनपुरबाट बिनोद प्रसाद पोखरेल र खड्ग बहादुर राउतलाई सेनाले चरम यातना दिएर राखेको छ ।
“पछि उनिहरुलाई निर्म्मता पुर्वक मार्यो र परिवारलाई पनि पक्रीएर लग्यो । यातना दिईरहेको छ ।
मिति: २०६१ माघ १९, मंगलबार
आज ज्ञानेन्द्रले संसद् विघटन गरेर प्रत्यक्ष शासन लादे। दरवार हत्या काण्डमा संलग्नताको आरोप लागेका ज्ञानेन्द्रले बिरोधिको सफाया र समर्थकको जयजयकारको स्थिती बनाएर शासन लम्ब्याउने प्रयास गरेका हुन् । यश बाट उनको प्रत्यक्ष शासनको भोक थाहा हुन्छ । सेनापति प्रज्वल शमशेर पछि नया सेनापती प्यार जंग थापा छन ।
“ज्ञानेन्द्र एक्लैले ९ महिनाको अबधिमा ७५ करोड ११ लाख राज्यको ढुकुटी खाएका थिए । राजा र राजपरिवारले जे गरे पनि प्रस्न गर्न नपाईने संबैधानिक उन्मुक्तिको अधिकार अन्तर्गत बजेटको ठुलो हिस्सा उनले एक्लै पचाए। जिबन भरि १ हजार रुपैया नदेखेका नेपालिका राजाले यो एक अर्व हाराहारिको पैदाले के खाएछन? । जिज्ञासाहरु बढिरहेका छन ।
ज्ञानेन्द्रको शासनकालमा दैनिक १ हजार सम्म नेपालिको हत्या गरियो । मारेको संख्याको आधारमा सुरक्षाकर्मिको बढुवा देखि मार्न सघाउनेलाई कमिसन घोसणा भयो । माओबादिका नाममा हजारौ मान्छे मारिदै छ । माओबादि बिद्रोह दबाउने बहनामा १७ हजारको हत्या, दरवार हत्याको आरोप लागिरहदा सफाई लिन छोडेर प्रमाण नस्ट गर्न तल्लिन हुने देखि राप्रपाका मन्त्री र नेताहरुले किर्ते सुराकी खडागरेर दैनिक लाखौ भ्रस्टाचार गरेको मामिलाका सहयोगी बनेका ज्ञानेन्द्र प्रस्नै रस्नको घेरामा छन । गृहमन्त्री कमल थापाले दैनिक ५ लाख सम्म भ्रस्टाचार गरे । “
ज्ञानेन्द्र राजा हुने बित्तिकैबाट सेनापती प्रज्वल्ल शमशेरले माओवादीविरुद्ध ठूलो सैन्य कारबाही शुरू गरे तर यो शक्ति ज्ञानेन्द्रको बिरुद्धको आवाज दबाउन र जनताको स्वतन्त्रता दबाउन पनि प्रयोग भयो। सेनापती प्यारजंग थापा सम्म आईपुग्दा प्रेसमाथि नियन्त्रण, नागरिकका मौलिक अधिकारको हनन् र राजनैती पार्टी माथी अघोसित प्रतिबन्ध र पक्राउ थल्लनी गरे ।
निर्मल निवासमा भारतीय र अमेरिकी प्रतिनिधिहरूसँग गोप्य बैठकहरू भए। ज्ञानेन्द्रले सत्ता र सम्पत्ति जोगाउन विदेशी हस्तक्षेपलाई निम्तो दिए। यो राष्ट्रघात हो ।
मिति: २०६२ बैशाख ११, शुक्रबार
आज १९-दिने जनआन्दोलनले ज्ञानेन्द्रलाई घुँडा टेक्न बाध्य बनायो। यश बेला संसद् पुनर्स्थापना गरे पनि भ्रस्टाचार र अपराधको पर्याय बनेका ज्ञानेन्द्रले जनताको विश्वास गुमाइसकेका छन । पिडित नागरिकको भिडले हत्या गर्ला भन्ने डरले रत्न शाह र ज्ञानेन्द्रको परिवारले देश छोड्ने तयारी गरेको चर्चा छ।
मिति: २०६५ जेठ १५, बुधबार
हत्याको संभावनाका बिच तत्कालिन सत्ताधारी घटक (राप्रपा र राजदरवारको समुह)ले आन्दोलनकारी घटक ) ले खै के सहमती गरे ज्ञानेन्द्रले देश छोडेनन् । संबैधानिक उन्मुक्तिको सुबिधामा जम्मा गरेको उनको अकुत सम्पती जफत नहुने भयो । संविधान सभाको चुनाब मार्फत माओबादी पनि संसदमा छ । गणतन्त्रको घोसणा गर्न अस्विकार गरिए फेरि बन्दुक बोकेर युद्धमा फर्किने भनेर माओबादिले बारम्बार भनिरहेका छ । तर राप्रपा त गणतन्त्र बिरुद्ध नै भएपनि एमाले-कांग्रेस पनि सहजै गणतन्त्रको पक्षमा उभिनेमा माओबादी ससंकित देखिन्छ। जसोतसो आज संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्रको घोसणा गर्यो ।
राजतन्त्रको अन्त्य भयो। वीरेन्द्रको उदार शासनलाई ओझेल पार्दै सुरुभएको ज्ञानेन्द्रको क्रुर शासन अन्त्य भएको छ । राजतन्त्र ढल्नुमा ज्ञानेन्द्रको भ्रस्ट,अपराधिक र तानाशाही हर्कतले नै काम गर्यो। हत्याकाण्डको सत्य अझै रहस्यमय छ।
२०६५ जेठ २९ गते
ज्ञानेन्द्रले आफ्नो सत्ता टिकाउन माओबादी बिरुद्ध सेना परिचालन गरे । सैनिक शासन चलाए १७ हजार बढिको हत्या भयो। तर पनि सत्ता टिकेन । नेताहरु पनि ज्ञानेन्द्रले सेना लगाएर मार्ने हुन कि भन्ने त्रासमा छन । यता सत्ता नटिक्ने अबस्था आएपछी आक्रोसित प्रदर्सनकारिहरुले आक्रमण गरि मार्ने हुन कि भन्ने त्रासमा ज्ञानेन्द्र छ्न । संबैधानिक उन्मुक्ति लिएर जम्मा गरेको ज्ञानेन्द्रको सम्पती जफत गर्न माग उठिरहेका छन । यश अबस्थामा ज्ञानेन्द्रको संपति जफत नगरिने र दरवारको हजारौ किलो सुन-चाडी-हिरा-मोति लगायत बहुमुल्य बस्तुहरु ग्यानेन्द्रले लान पाउने गोप्य सहमती भएपछि उनले राजदरवार छोडेको चर्चा छ ।
मिति: २०७६ कार्तिक १, शुक्रबार
इण्डियाले लिपुलेक, कालापानी, र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेट्यो। जंगे पिलर सारी नेपालको भूमि अतिक्रमण गरेको घटना जिबितै छ । तर, ज्ञानेन्द्र र राप्रपाको मौनताले आश्चर्यमा पार्छ। के राजाबादिहरुले भारतको समर्थनमा सत्ता फर्काउने सपना देखेको परिणाम यस्तो भएको हो?
महाकाली सन्धि (२०५२) मा कांग्रेस,एमाले र राप्रपाको समर्थन र भारतको प्रभावले राष्ट्रिय स्वार्थमाथि आँच पुर्याएर गरियो। रास्ट्रहित बिपरित्को महाकाली सन्धिलाई माथ खुवाउदै स्ट्रीप नक्सा प्रकरणमा ज्ञानेन्द्रको रास्ट्रप्रेमको ढोलकी नियत उदांगिएको छ । निर्मल निवासमा भारतीय प्रतिनिधिहरूसँग भेटघाटको खबर छ।
मिति: २०७७ जेठ १, बुधबार
आज नेपालले लिपुलेक, कालापानी, र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्यो। यो गर्वको क्षण हो। तर, ज्ञानेन्द्र र राप्रपाको मौनता अझै कायम छ । सत्ताको लोभमा राष्ट्रिय स्वाभिमानलाई इण्डिया सामु लिलामिमा राखिदिए ।
मिति: २०८२ वैशाख १, मंगलबार
आज दरबार हत्याकाण्डको २४ वर्ष बित्यो । दरवार हत्या काण्डको आरोप, भ्रस्टाचार र कुसासन, नागरिकका मौलिक हक खोसेर सैनिक शासन लगाउने र बोल्न सक्ने नेताहरु जेलमा थुनिए, मारिने डरमा रहेका जनता बोल्न सकेनन् यसै अनि त्यसबेला बोल्ने मिडिया नै थिएनन् । यो तमाम कारणले ज्ञानेन्द्र तानाशाही शासन बिरुद्ध नागरिकहरु आन्दोलित भएका थिए । सत्य के हो? अझै रहस्यमय छ । ज्ञानेन्द्रको संलग्नताको रहस्य अझै मेटिएको छैन। उनको अनुपस्थिति, परिवारको सुरक्षा, निर्मल निवासको संकास्पद गतिविधि,दरवार हत्या घटना पछिको परिस्थिती नियन्त्रणमा राख्न पर्दा भित्र ज्ञानेन्द्र र बाहिर देखिएकि रत्न शाहको नियन्त्रणको प्रयास, प्रेक्षा शाहको मृत्यु, ब्ल्याक बक्सको गायब, र छानबिनमा अवरोध—यी सबै कुराले उनलाई हत्याराको रूपमा चित्रण गर्छ।
दार्चुला देखि कन्चनपुर,पर्सा बारा, स्ट्रिप नक्सा काण्ड र रास्त्क्ट्रघाती महाकाली सन्धिमा राप्रपाको नेतृत्व र यसबारे ज्ञानेन्द्रको मौनताले उनलाई सत्ताका निर्मम खेलाडी देखायो ।
हिमानीको भारतीय पृष्ठभूमि, हत्या घटना स्थलमा राजीव शाहीको संकस्पद उपस्थिति, र विदेशी शक्तिसँगको सम्बन्धले यो हत्याकाण्ड र पछिल्ला घटनाहरूमा बाह्य हातको शंका उब्जाउँछ । दिबंगत राजा बिरेन्द्रको परिवारको किरियाकर्मको अभावले उनको हिन्दु संरक्षकको दाबीलाई खोक्रो बनायो। इतिहासले उनलाई कहिल्यै माफी दिंदैन।
अन्य प्रश्नहरू
– हत्याकाण्डको रात शाही सेना, ज्ञानेन्द्रको परिवार, र रत्न शाहले नारायणहिटीलाई नियन्त्रणमा लिएर सूचना गोप्य लुकाई रहे। यो गोप्यताले षड्यन्त्रको शंका बढायो, किनभने यदि दीपेन्द्र दोषी थिए भने पारदर्शी अनुसन्धान हुनुपर्थ्यो। विभिन्न नाटकिय बहनामा किन अनुसन्धाम रोकियो?
राजा वीरेन्द्रको मृत्यु घोषणा र अन्त्येष्टिको समय
– मृत्यु घोषणा: २०५८ जेठ २०, राति १ बजे घोसणा गर्नु नै रहस्यमय छ । अर्थात सबै सुतेको बेलामा सेनाको तैनाथिमा यो घोसणा गरिएयो ।
–
– अन्त्येष्टि: २०५८ जेठ २०, दिउँसो २ बजे, पशुपतिनाथ मन्दिर अगाडि।
काजकिरिया र ज्ञानेन्द्रको व्यवहार
– हिन्दु परम्पराअनुसार १३ दिनको किरिया आवश्यक थियो, तर ज्ञानेन्द्रले किरिया गरेनन्। बरु एक पछि अर्को नाटकिय र चटकदार कुराहरु सार्वजनिक गर्दै श्रीपेच लगाउन काममा तिब्रता दिए ।बिरेन्द्रको बंश नास भएपछी अब काज क्रीयाको जिम्मेवारी ज्ञानेन्द्रमा जनछ तर यो उनको हिन्दु संरक्षकको दाबीमाथि ठूलो प्रश्न हो।
महाराजको राज। शैक्षिक चक्रमा देश
दरवार हत्या काण्डमा ज्ञानेन्द्रको नेतृत्व थियो या सहायक या समर्थमन मात्रै थियो? उनको समर्थन नै थिएन भने दरवार हत्याका कुनै दोसि सैनिककिन सजायको भागी भएनन् र प्रमाण नस्ट गराए? बरु तिनै सैनिकको साथमा निरंकुश सत्ता चलाए । यदि यसो हो भने दोस्रोपटक राजा हुन आफ्नो दाजुको बंशहत्या सम्म गएका र यदि बिरेन्द्र या ददिपेन्द्र मध्य कोहि बाचेको भएको भए के लात हुन्थ्यो? यत्रो जोखिमका बिच काण्ड घटाएर सत्ता टिकाउन सत्र हजार भन्दा बढिको ज्यान लिएका ज्ञानेन्द्र्ले आज १६ बर्श पछि पुन राजा हुन खेल सुरुगरेका छन् । बिगतमा सत्ताका लागि त्यत्रो गरेका ज्ञानेन्द्रले २०८२ चैत्र १५ गते उनका समर्थकहरुले गरेको हत्या, तोडफोड र अग्गजनिलाई सामान्य लिएका छन । अब उनले कुन हद सम्म आफुलाई लान्छन? हेर्न बाकी छ । उता बिध्यलय शिक्षाका नाममा इण्डियाले खोलेका अबैध बिध्यलयले नेपालबाट हरेक बर्श खरबौको लुटिरहेका मात्र हैन नेपाल बिरुद्धक पाठ्यसामग्री पढाएर षणयन्त्र गरिरहेका छन् । शिक्षा ऐन २०२८ र नियमाबली २०५९ लाई एकीकृत गर्दै बनाएको ड्राफ्त तयार जस्तै छ । तर इण्डियन दुतावासले कुटनितिको दुहाइ दिदै गरेको सणयन्त्रलाई सरकारले रोक्न चाहन्छ तर यहाँ राजाबादी खेल हाबी छ । यदि सरकारले इण्डियलाई नियन्त्रण गर्यो भने दिल्लिले खुलेरै राजाबादी समुहलाई लगानी गर्नसक्ने त्रासमा सरकार छ । इण्ड्यियालाई खुसी पार्न पुराना ब्यबस्थालाई अझ व्यापक बनाउदै दिल्लिका रणनितिलाई समर्थन हर्दा देशको भविस्य संकटमा अनि एमाले पनि बदनाम हुने छ । अहिले थन्याए राख्ने र अनुकुल समय पारेर ऐन ल्याउने सरकारी योजना शिक्षक आन्दोलनको चेपुवामा छ । यसर्थ शिक्षा ऐन जारी हुदा नेपाल सग इण्डियाले दुस्मनी साध्ने र दिल्लिले खुलेर आफुहरुमाथी लगानी गर्ने बुझाईमा राजाबादिहरु रमाइरहेका छन् ।
निर्मल निवासमा संकास्पद गतिविधि
हत्याकाण्डअघि र पछि निर्मल निवासमा सैन्य अधिकारी, रत्न शाह, विदेशी कूटनीतिज्ञ, र दरबारीहरूको गोप्य भेटघाट संकास्पद थियो भन्ने सुनिदै आएकोमा अहिले अझ आसंका बढाएको छ ।
स्ट्रिप नक्सा प्रकरण
अहिले ज्ञानेन्द्रको सैनिक शासन छ । नेपाल र इण्डिया बिचको सिमा ब्यबस्थित गर्ने बहनामा जंगे पिलर सारेर नेपालको भूमि अतिक्रमण भैरहेको छ । तर सुस्ता , सन्दकपुर, तिलाठी, लिपुलेक, कालापानी, र लिम्पियाधुराको मामिलामा ज्ञानेन्द्र सरकार चुपचाप छ । जुन अहिले सम्म आइपुग्दा ज्ञानेन्द्र र राप्रपाको मौनताले भारतसँगको भुमिगत सम्झौताको शंका उब्जायो।
महाकाली सन्धि र राप्रपाको भूमिका
२०५२ मा राप्रपाले यो सन्धिलाई समर्थन र अनोदन गर्यो । राजाको पार्टी भएकाले ज्ञानेन्द्रको समर्थन राप्रपालाई रहदै आएको छ । रास्ट्रको अस्तित्वलाई संकटमा पारेर स्ट्रीप नक्सा घटाए (मेची देखि महकाली सम्म ग्यानेन्द्रको प्रत्यक्ष शासनकालमा ) पनि अखिर ज्ञानेन्द्रको सिंहासन टिक्न सकेन् । ज्ञानेन्द्रको सत्ता लालचले राष्ट्रविपरीतको शासनकालमा भारतको प्रभाव बढ्यो।
ज्ञानेन्द्रमाथिको आशंका
– हत्याकाण्डमा उनको अनुपस्थिति, परिवारको सुरक्षा, प्रेक्षा शाहको मृत्यु, र छानबिनमा अवरोधले शंका बढायो।
– हिमानी, पारस, कोमल, राजीव शाही, र रत्न शाहको व्यवहार संकास्पद अझ संकास्पद देखिँनु रह्स्यमय छ ।
सैन्य शक्तिको दुरुपयोग
– २०६१ माघ १९ मा प्रत्यक्ष शासन लादेर ज्ञानेन्द्रले सेनालाई माओवादी र जनआन्दोलन दबाउन प्रयोग गरे। यश खण्डमा हजारौ नेपालिको हत्या भयो ।
विदेशी हस्तक्षेप
सत्ताको पहरेदार शाही सेना जस्को आडमा ज्ञानेन्द्रको शासन टिकेको थियो त्यही सेनाको मजबुतिका लागी अत्यधिक रुपमा भारत र अमेरिकाको सहायता लिँदा नेपालको स्वतन्त्रतामाथि आँच आउने गरि ज्ञानेन्द्रले थप संझौता गरेको आरोप थियो ।
घटना सस्मरण । त्यस दिनको स्मरण र अनुभुतिहरुको सार संक्षिप्त बिबरण
ज्ञानेन्द्रको सम्पती बिबरण सार्वजनिक गरियोस । दरवार हत्याको बिषयमा कानुन बनाएर अनुसन्धान गरियोस । सरकारी औषधि उद्धोग लगाउने राजाबदिहरुलाई कार्वाही गर्योस । ज्ञानेन्द्रको संलग्नताका प्रमाणहरु उहिल्यै नस्ट गरिए पनि निर्दोसिताको प्रमाण लिईयोस । हिजो पन्चायतमा चोरिएका मुर्तिहरु अहिले फिर्ता आइरहेका छन त्यसमा ग्यानेन्द्र बाहेक अरु कोको संलग्न रहे? उनको जवाफ आउनु पर्यो । संबैधानिक उन्मुक्तिको औबिधा अन्तर्गत खरबौको लुट मच्चाएको पैसा फिर्ता गर्ने कि के गर्ने ? राप्रपाले हिजो ज्ञानेन्द्रको सत्ता जोगाउन गरेको बर्बर अत्याचार र सुराकिको नाममा लिएका पैसा फिर्ता दिने कि नदिने? यदि ग्यानेन्द्र कुनै अपराधमा संलग्न छैनन भने पदम ठकुराठिको टाउकोमा गोलि हान्ने गिरोह उनकै हुनुको कारण के?
शणयन्त्र, भ्रम र अन्धबिस्वासको जगमा चलाईएको राजाबादी गतिबिधीको बिसर्जन कसरी जोला हेर्न बाकी छ ।
यी तमाम आरोपमा ज्ञानेन्द्र संलग्न छन या छैनन ? त्यसबेला प्रमाण नस्ट गर्न मौका दिएपछी अहिले अनुसन्धान गर्छु भन्नू नेताहरुको चर्चाको मसाला मात्र हो । माओबादिले भने जस्तो ज्ञानेन्द्रका मुद्धामा कसरि अनुसन्धान हुन्छ? घटना स्थल र सारा प्रमाण उहिल्यै नस्ट गरिसके । अहिले अनुसन्धान गर्दा के परिणाम आउला? ज्ञानेन्द्रको संलग्नता प्रमाणित नै भएपनी तत्कालिन संबिधानमा ज्ञानेन्द्रलाई कार्वाही नहुने उल्लेख छ । यसर्थ अनुसन्धान नै नहुने या नगरेपछि यसै भन्न सकिने अबस्था पनि रहेन । कुनै बिषेश कानुन बनाएर यदि निस्पक्ष र सक्षम निकायले अनुसन्धान गर्नेहो भने दरवार हत्या काण्ड लगायतका मुर्ती चोरी सम्मका घटनामा ज्ञानेन्द्र शाह निर्दोस नै हुन सक्ने पनि संभावना होला अनि यती मात्र हैन अझ थप हजारौ नयाँ काण्डमा उनको संलग्नाता देखिने संभावना पनि उत्तिनै होला । राप्रपाले संसदमा माग गर्न सक्छ?
त्यसबेलाको नेपाली समाज र परेबेश समेटेको दैनिकिलाई जस्ताको तस्तै स्मरण गर्दा ।