
काठमाडौँ, १३ वैशाख २०८२ । गणतन्त्रको पक्षमा दृढ अडान राख्ने अभिनेत्री सुरक्षा पन्तविरुद्ध सामन्ती राजतन्त्रका अवशेष र राप्रपा-राजावादी समूहले सामाजिक सञ्जालमा अराजक र अश्लील हमला सुरु गरेका छन्। पन्तले हालै एक अन्तर्वार्तामा गणतान्त्रिक संविधानले सुनिश्चित गरेको नागरिक सर्वोच्चता, कानुनी समानता र सबैप्रति समान व्यवहारको पक्षमा आफ्नो विचार व्यक्त गरेकी थिइन्। उनले पूर्वराजपरिवारका व्यक्तिलाई पनि आम नागरिकसरह क्षमता र योग्यताका आधारमा मात्र अवसर प्राप्त हुनुपर्ने धारणा राखेकी थिइन्। तर, यो विचारले राजावादी समूहलाई चिढ्याएको छ, जसले पूर्वराजा ज्ञानेन्द्र र राजपरिवारलाई भगवान्को रूपमा पुज्छन्।
सामाजिक सञ्जालमा पन्तविरुद्ध अश्लील गालीगलौज र व्यक्तिगत हमलाको शृङ्खला सुरु भएको छ। यस्ता हमलाले राजावादी समूहको सामन्ती सोच र संस्कारहीन व्यवहारलाई उदाङ्गो पारेको छ। जवाफमा, अभिनेत्री पन्तले आफ्नो फेसबुक पेजमा काव्यात्मक तर तिखो व्यंग्यसहितको पोस्ट सेयर गरिन्, जसले सामाजिक संस्कारको कमी र आफूमाथि भएको हमलालाई चित्रण गरेको छ। उनको पोस्ट यस्तो छ:
“**समर्पित**
मेरो रजस्वला भइरहेको छ
मलाई अहिले छुन नआउनु!
पहिलो दिन अलि विचार हुन्छ,
दोस्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाँचौँ दिनमा तुच्छ! तुच्छ! आकार..
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु 🫶”
केही कुलीन दरवारिया समूह बाहेक यो पोस्टले लाखौँ नागरिकको समर्थन प्राप्त गरेको छ। सामाजिक सञ्जालमा #WeStandWithSuraksha ट्रेन्ड चलिरहेको छ, जसले गणतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताको पक्षमा जनताको एकजुटता देखाएको छ। तर, राजावादी समूहबाट अश्लील गालीगलौज र भ्रामक प्रचार भने रोकिएको छैन।
राप्रपा र राजावादी समूहको यस्तो हर्कत पहिलो पटक होइन। यसअघि पनि यिनीहरूले देशभक्त र इमानदार कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी)लाई अफवाहपूर्ण भ्रम फैलाएर बदनाम गर्ने प्रयास गरेका थिए। राप्रपाले आफूलाई राष्ट्रवादी दाबी गरे पनि इतिहासमा महाकाली सन्धी जस्ता राष्ट्रघाती कदममा संलग्न रहेको तथ्य लुकेको छैन। पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा भ्रष्टाचार, दमन र कुशासनले देशलाई पछाडि धकेलेको कुरा नेपाली जनताले बिर्सेका छैनन्। यस्तो पृष्ठभूमिमा, राप्रपाको राष्ट्रवादी नारा केवल भ्रामक प्रचारबाजी मात्र हो भन्ने कुरा स्पष्ट छ।
दुखद कुरा त यो छ कि यी राजाबादी भनिएकाहरुले सत्तामा हुदा होस या सत्ता बहिर हुदा होस, संसदमा लगातार रहदै आएका छन । तर अहिले माहाकालिमा इण्डियन डोजर लागिरहेको छ, कालापानी र लिम्पियाधुरामा इण्डियन फौज बसिरहेको छ, सुस्तामा कब्जा जमाईरहेको छ । यस्तो अबस्थामा इण्डियन फिल्म हेर्न लाईन लाग्ने राजाबादिहरुले सुरक्षा पन्तको सिनेमा बाहिस्कार अभियान चलाउनु रह्स्यमय छ ।
शिक्षित नागरिक समाजको बुझाइमा, सरकारमा रहेका कांग्रेस र एमालेप्रति जनताको विश्वास घट्दै जाँदा राजावादी समूहले अवसरको फाइदा उठाइरहेको छ। तर, यस्ता भ्रामक प्रचार र सामन्ती सोचको क्षति आम जनताले नै बेहोर्नुपरेको छ। गणतन्त्रले सुनिश्चित गरेको समानता, स्वतन्त्रता र अधिकारलाई कमजोर बनाउने यस्ता प्रयासविरुद्ध नागरिक समाज एकजुट हुनुपर्ने आवश्यकता छ।
पूर्वराजा ज्ञानेन्द्र र राप्रपा-राजावादी समूहको सामन्ती सोचले नेपाली समाजलाई पछाडि धकेल्ने र विभाजन सिर्जना गर्ने कामबाहेक केही गरेको छैन। गणतान्त्रिक संविधान र नागरिक सर्वोच्चताको रक्षा गर्दै यस्ता अराजक तत्वको भण्डाफोर गर्नु आजको आवश्यकता हो। अभिनेत्री पन्तको साहसिक अडानले गणतन्त्रप्रतिको विश्वासलाई थप बलियो बनाएको छ। भन्दै शिक्षित बर्गले चिन्ता ब्यक्त गरेका छन ।
अर्कोतिर नेपाली कला क्षेत्रले सुरक्षा पन्त जस्तो भद्र,शान्त,शालिन मात्र हैन यति बौद्धिक ब्यक्ती समेत पाएको भन्दै व्यापक प्रशंसा भैरहेको छ ।