यसलाई के भनौ, कथा, लेख या समाचार ? नेपालको गुमनाम देशभक्तको संघर्ष र त्यागको मार्मिक वर्णन हो। उनको जीवन र अभियानले नेपालको स्वाभिमान, भूगोल, र स्वतन्त्रताको लागि लड्ने व्यक्तिको पिडा र समर्पणलाई उजागर गर्दछ। अझ भनौ यो कथा केवल फणीन्द्र नेपालको कथा मात्र होइन, बरु नेपाली जनताको राष्ट्रिय चेतना, युवाको भूमिका, र विदेशी हस्तक्षेपबाट उत्पन्न चुनौतीहरूको प्रतिबिम्ब पनि हो।
फणीन्द्र नेपालको संघर्षले देखाउँछ कि कसरी एक व्यक्तिले आफ्नो जीवन र समय राष्ट्रको हितमा समर्पित गर्न सक्छ। तर उनको अभियानलाई युवा पुस्ताले अनदेखा गरेको तथ्यले गम्भीर प्रश्न उठाउँछ: के हामीले आफ्नो इतिहास र भूगोललाई बिर्सन थालेका छौं? के हामी विदेशी शक्तिहरूको हस्तक्षेपलाई नजरअन्दाज गर्न थालेका छौं? फणीन्द्र नेपालको संघर्षको कथाले युवाहरूलाई यो सोच्न प्रेरित गर्छ कि राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको लागि लड्नु केवल अतीतको कुरा होइन, यो हाम्रो वर्तमान र भविष्यको जिम्मेवारी पनि हो।
यो कथाले नेपाली समाजलाई आफ्नो भूमि, संस्कृति, र स्वतन्त्रताको मूल्य बुझ्न र बचाउन आह्वान गर्दछ। फणीन्द्र नेपालको जीवनले देखाउँछ कि सच्चा देशभक्ति भनेको केवल शब्दहरूमा सीमित हुनु होइन, बरु कर्म र त्यागमा आधारित हुनु हो। उनको संघर्षले हामीलाई यो सन्देश दिन्छ कि राष्ट्रिय एकताको लागि लड्नेहरू कहिल्यै एक्लै हुँदैनन्, तर उनीहरूको आवाजलाई सुन्न र समर्थन गर्नेहरूको आवश्यकता हुन्छ।

यो समाचार नेपाली युवाहरूलाई आफ्नो भूमिका बुझ्न र राष्ट्रिय चेतनाको लागि उठ्न प्रेरित गर्ने एक सशक्त साधन हो। फणीन्द्र नेपालको जीवन र संघर्षले हामीलाई यो सिकाउँछ कि राष्ट्रको स्वाभिमान र स्वतन्त्रताको लागि लड्नु भनेको केवल अतीतको गौरव होइन, यो हाम्रो वर्तमान र भविष्यको दायित्व पनि हो।
केहि समय पहिले इन्डियाले माहाकाली नदि नै घुमाएर नेपाली भूमिमा एकलौटि बाध लगाएर पनि अतिक्रमण गर्यो। जुन गैरकानुनी र हेपाहा हर्कतको पराकास्टा थियो। राज्य बोल्न सकेन, केहि मिडियाहरु बाहेक अन्यले समाचार समेत बनाएनन्। संसदमा सांसदहरुले खै के गरे ? नेपालि भुमि अतिक्रमण, नेपालि उत्पादनलाई निकासिमा अबरोध, गौतमबुद्ध र पोखरा बिमान स्थलका लागि उडान भर्ने जहाजहरुलाई हवाई मार्ग अबरोध जस्ता घटनाका बिरुद्ध लगातार आन्दोलन गर्दै आएका फणिन्द्र नेपाल बारे युवापुस्ता अनभिज्ञ छ किन ? फणिन्द्र नेपाल भन्छन – “डिजिटल प्ल्याटफ़र्ममा मेरा सामाग्रीहरुलाइ रोक लगाउने सम्मका काम हुन्छन। इन्डियाको हस्तक्षेप यति सम्म छ कि मेरो ट्विटर एकाउण्ट नै बन्द गराइदियो। उता हाम्रो शिक्षा प्रणालीले देश बनाउन र बचाउन सिकाएन बरु इन्डियन भक्तिबिलास गराउने काम भयो। हाम्रा सैक्षिक पाठ्यक्रमहरु इन्डियाले डिजाइ गरिदिने गरेको जगजाहेरै छ। यसको पछिल्लो उदाहरण ईण्डियन दुतावासले गैर कानुनि रुपमा दर्जनै बिद्यालय संचलान गरेर मिसन संचालन गर्दै आएको छ। हामीले यसलाई रोक्न सकेनौ। यी तमाम कारणले युवाहरुले मेरो अभियान बारे बुझ्नै पाएनन् “।

सुस्ता होस या कालापानी या लिम्पियाधुरा होस्। तिलाठी होस् या सन्दकपुर या देशको जुनसुकै भूभागमा बिदेसीको बर्बर अत्याचारको घटना होस्। इन्डियाको अतिक्रमण र ज्यादतीले प्रताडित नेपालि जनताको रोदनको खबर पाउने बित्तिकै प्रतिरोधका लागि आब्हान गर्दै इन्डियान दुतावासमा प्रदर्सन गर्न एक्लै पुग्छन ग्रेटर नेपाल रास्ट्रबादि मोर्चाका अध्यक्ष (संस्थापक अध्यक्ष) फणीन्द्र नेपाल। कहिले सिंह दरवारमा त् कहिले माइतिघरमा प्रदर्सन गर्न पुग्नु उनको जिम्मेवारी जस्तै भएको छ।
बिषयको गम्भीरता बुझेका केहि प्रौढहरु कहिले काही उनको अभियानलाई समर्थन गर्न पुगेका हुन्छन भने कहिले काही उनि एक्लै भएपनि बिरोधमा उत्रिन्छन। तर युवाहरुमा उनको अभियान र संघर्ष प्रति खै किन हो चासो देखिएन। के उनले युवाहरुको अहितमा , देशको अहितमा र निजि स्वार्थले प्रेरित भएर अभियान चलाएका हुन् ? यसको जवाफा भने युवाहरुमा छैन।
देशको भोलिका कर्णाधार युवाहरुलाइ नै मतलब छैन भने न नाम, न दाम , न सम्मान किन एक्लै भौतारिनुहुन्छ ? भन्ने प्रश्नमा उनि जवाफ दिन्छन ” हरेक नेपालिहरु आमाको कोखबाट जन्मिएरै यो धर्तीमा आएका हुन् र सबैको मृत्यु पनि निश्चित छ। तर जिबन रहुन्जेल आफ्नो देश, आफ्ना जनता र रास्ट्रको न्यायका लागि संघर्ष गर्नु नै मेरो जिबनको सार्थकता हो भन्ने लाग्छ। म आफ्नो जिबनलाई सार्थक बनाउन प्रयास गर्दै छु। दामका लागि भन्नुहुन्छ भने अभियान बन्द गर्ने सर्तमा मलाइ इन्डियन राजदुतले १० करोड भारु दिने प्रस्ताव गरे। नामको कुरा गर्नुहुन्छ भने ग्रेटर नेपालका संस्थापक अध्यक्ष, साहित्यकार , कबि , लेखकका उपमा नै प्रयाप्त छन्। तर इमानको पर्दा भित्र बिमानको खिचडी पकाउनु आफ्नै स्वाभिमान माथिको अपमान हो। ”
प्रदर्शनको क्रममा उनि अक्सर एक्लै प्रहरीको गिरफ्तारीमा पर्छन। केहि दिन , केहि हप्ता र केहि घन्टाको हिरासत बसाइ पछि रिहा हुन्छन। चासो राख्ने केहि मिडियाले कहिले काही समाचार पनि बनाउछन तर अधिकांश उनका संघर्षका समाचारहरु गुमनाम हुन्छन।

उनको हिरासत बसाइ पनि उस्तै टिठ लाग्दो रहने गरेको छ। भ्रस्टाचार र जघन्य अपराधमा जेल र हिरासतमा रहेकाहरुलाई भेट्न जानेहरुको लर्को लाग्ने गरेको यो देशमा फणीन्द्र नेपाललाई हिरासतमा ढाडस दिन समेत उत्तिधेरै मानिसहरु पुग्दैनन।
फणिन्द्र नेपालको अभियानलाई दसकौ देखि नियालेका व्यक्तिहरुको भनाइ भने फरक छ। उनीहरु भन्छन “सतिले सरापेको देश ? यो त् एउटा अन्धबिस्वास र भाग्यबादमा बिस्वास गर्ने अल्छिहरुले भन्ने कुरा भयो । तर जे होस् ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालको संघर्षका जिबन भने दुखद छन्। यसलाई सतिले सरापेको भन्दा पनि युवाहरु लक्षित जागरुकता र संप्रेसित सन्देशहरु प्रवाहमा के कसरि अबरोध भैरहेको छ र किन उनीहरु फणिन्द्र नेपालको अभियानबाट अनभिज्ञ भए भन्ने बिषय बिचारणिय छ। ”
करिव ४ दशक देखि देशको सिमाना, बिदेसिको थिचोमिचो र अत्याचार बिरुद्धको संघर्षमा जिबन समर्पित गरेका नेपाल बिगतमा प्राध्यापन पेशामा थिए। आफ्नो नियमिताको प्राध्यापन पेशाका बाबजुत समय निकालेर उनि देशको रास्ट्रिय सुरक्षा, स्वाधिनता , भौगोलिक अखण्दता र इन्डिया द्वारा कब्जा र अतिक्रमणमा परेको भुभाग फिर्ताका लागि ज्यान दिएर संघर्षमा होमिदै जनताका आवाज उठाउदै आएका थिए र अहिले पनि उनको अभियान जारि छ।
रास्ट्रको अस्तित्व, स्वाभिमान र प्रतिस्ठा माथि जस्तोसुकै घात हुदापनि नेपालको सत्ता पक्ष बोल्दैन बरु विभिन्न स्वार्थमा परेर किनाराको साक्षी बन्ने गरेको छ। जसरि इन्डियाले नेपालमा नाकाबन्दी लगाउदा नेपाली कांग्रेसले नाकाबन्दी नै भन्न सकेन । इन्डिया द्वारा अतिक्रमित लिम्पियाधुरा देखि सुस्ता सहितका भुभागबाट इन्डियन फौजलाई हटाउन संसदबाट संकल्प प्रस्ताव पारित गराउनु पर्ने बिषयमा सत्ता पक्ष मौन छ भने प्रतिपक्षहरु पनि आवाज उठाइ रहेका छैनन्।

उता साताको खेलबाट बाहिर रहेका पुर्व राजा ज्ञानेन्द्र शाह राजगद्धीबाट हटेको १६ बर्ष भैसक्यो यस बिचमा शाहले यो र यस्ता बिषयमा कहिल्यै मुख खोलेनन्। यसको अर्थ इन्डियाको सहयोगमा उनि पुन राजा हुने सपनामा रमाई रहेका छन। दिल्लीले राजा बनाइ दिने झिनो आश्वासनको बदलामा यस्ता गम्भीर बिषयमा मौन बसेका ज्ञानेन्द्र शाहले कुन तहको भक्ति गरिरहेका होलान् भन्ने बिषय पनि उत्तिकै रहस्यमय छ।
फणिन्द्र नेपाल भन्छन – ” मैले जसोतसो अभियानको सुरुवात गरे, ४ दसक यसैमा बिताए। नाम र दाम भन्दा पनि मैले गरेको काम कति महत्वपुर्ण हो भन्ने नै मुख्य हो। म सन्तुस्ट छु। बेलायतले नेपाल र इन्डियाको भुमि कब्जा गरेर उसको उपनिवेश चलायो। बेलायत सन् १९४७ मा आफ्नो उपनिदेश छोडेर स्वदेश फिर्ता पनि गयो। त्यस पछि पश्चिममा महाकाली पारि सिमला र कांगडा सम्मको नेपालि भुमि फिर्ता भयो भने पुर्वमा टिस्टा नदि पारि नगरकट्टा सम्मको भुमि फिर्ता भयो। यसलाई सुगौली सन्धि, सन् १९५० मा नेपालले छुट्टा छुट्टै रुपमा बेलायत र इन्डिया संग गरेको सन्धि आदि इत्यादिले पुस्टि गरेको छ। यो भूभागको स्वामित्व नेपालको रहेको प्रमाणीत हुदा हुदै नेपालि जनताको तहबाट परिणाममुखी पहल हुन् नसक्दा हौसिएको इन्डियाले मेची र महाकाली भित्रकै हजारौ बर्गकिलो मिटर थप भूभाग कब्जा गर्दै आएको छ। नेपालि युवा पुस्तालाई यस तर्फ सचेत र जानकार गराउनु मेरो अभियानको उद्देस्य हो। बाकि इतिहासले मुल्यांकन गर्ला। ”
यी तमाम बिषयमा चर्चा भैरहदा माइतिघरमा भेटिएका एक युवाले आफै माथि प्रस्न गर्दै भने -” गुमनाम देशभक्तको हृदयबिदारक दैनिकी। मरेतुल्य बनाईएको देशका जिउदो मान्छेको कहानी। हेरेक नेपालीले पढुन।”