आज आमाको श्राद्ध थियो। तर पनि इन्डियाको अतिक्रमण पछि नियन्त्रणमा रहेको नेपालि भुमिलाई सम्झिनु पनि मेरालागी उत्तिकै महत्वपुर्ण थियो। यहि हुटहुटिले गर्दा समय सारा काम थाती राखेर पनि पृथ्वी जयन्तिको अवसर पारेर बिगतका बर्षहरुमा जस्तै आज पनि म सिंहदरवारको पश्चिम गेट पुगे। तर यहि दिन आफु माथि प्रहरीले दुर्ब्यबहार गरेको ग्रेटर नेपाल रास्ट्रबादि मोर्चाका संयोजक फणीन्द्र नेपालले बताए।
इन्डियाले इतिहासमा कहिल्यै अस्तित्वमा नरहेको नक्सा (हालको नेपाली भुमि गाभेर) बनाएर उसको नया संसद भवनमा राखेर उत्सब मनाउदा समेत चुईक्क नबोल्नेहरू ग्रेटर नेपालको नक्सा सार्वजनिक हुदा तिल्मिलाए छन् – फणिन्द्र नेपालले आक्रोसित हुदै भने ” इण्डियाले कब्जा गरेको नेपाली भुभागको हबिगत देखाउदा आज प्रहरीले म माथि गर्यो यस दुर्ब्यबहारको घोर भ्रत्सना गर्छु तर आजको दृश्यले लिपुलेखमा ब्यारेक बनाएर बसेको इन्डियन अतिक्रमणकारि फौज हौसिएको छ यसले मलाइ चिन्तित बनाएको छ “।
घटना यस्तो थियो
सिंहदरवार पश्चिम गेटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा रास्ट्रपति राम चन्द्र पौडेलले माल्यार्पण गरि फर्की सकेपछि मोर्चाका संयोजक फणीन्द्र नेपाल सहितको टोलीले सालिकमा पुगेर ग्रेटर नेपालको नक्सा राखेको थियो। त्यसको केहि समय पछि सिंहदरवार प्रहरी प्रभागका प्रमुख डिएसपि गङ्गा प्रसाद पौडेल आइपुगे । एकछिन प्रहरिहरुले आपसमा मुखामुख गरे । माथिको आदेश आएपछि गर्नै परो भन्ने सैलिमा डिएसपी पौडेलले उक्त नक्सा हटाउन खोजेका थिए तर मोर्चाका समर्थकहरुले प्रतिरोध गर्ने संभावाना देखेपछि एकाएक प्रहरी पछि हटेको थियो।
एकछिन पछि तिनै डिएसपि पौडेल आएर फणिन्द्र नेपाललाई नियन्त्रणमा लिएर बाटो पारि पुर्याएर छोडिदिए लगत्तै सालिकमा झुण्ड्याईएको ग्रेटर नेपालको नक्सा अन्य प्रहरी जवानहरुले हटाएका थिए ।
यस बारेमा बुझ्न नेपाल प्रहरीका प्रबक्ता एसएसपी बिश्व अधिकारीलाई फोन गर्दा यस बारेमा आफुलाई केहि थाहा नभएको र बुझेर जानकारी दिने बताए। त्यसपछि पुन जिज्ञासा् राख्दा उनले नीतिगत बिषय भएकाले यस बारेमा बोल्न नमिल्ने भन्दै जिल्ला प्रहरी परिषरमा बुझ्न भने । परिषरका प्रमुखले भने त्यहा केहि नभएको भनेर जवाफ दिन इन्कार गरे।

आजको दृश्य अर्को अर्थमा पनि रोचक थियो। नेपाली भुमि लिपुलेख नाका भएर एकलौटि रुपमा चिनसंग ब्यापार गर्ने घोसणा गरेको इन्डियाको हर्कतलाई लिएर बिरोध जनाउदा यहि पुस २२ गते सिंह दरवारको दक्षिण गेटबाट फणिन्द्र नेपाल पक्राउ परेका थिए। त्यहि दिन डिएसपि गंगा प्रसाद पौडेल सिंहदरवार प्रहरी प्रभागमा सरुवा भएर आएका थिए । २२ गते मध्यान्ह १२ बजे पक्राउ परेका फणिन्द्र नेपाल साझ छुट्ने बेलामा यिनै डिएसपिले भनेका थिए – “फणिन्द्र सर तपाइलाइ यहा राखिएको रहेछ भेट्न आउछु भनेको थिए आफुले कार्यभार ग्रहण गर्ने कार्यक्रमको व्यस्तताले भेट्न आउन भ्याईन, कुनै समय मिलाएर यसो चिया खाने गरि आउनुस न है तर यसरि चाहि हैन” संयोग आज उनै डिएसपिले फणिन्द्र नेपाललाई जबर्जाइ गर्दै घचेटेर बाहिर निकालेका थिए । – भिडियो हेर्नुस



