इण्डियालाई खुसी पार्न आफुलाई प्रहरिले नियन्त्रणमा लिएको हुन सक्ने उनले बताएका छन । तर पनि यकिन कारण भने संसयकै घेरामा छ ।
टिस्टा देखि कांगडा सम्मको ऐतिहासिक नेपाली भुभाग फिर्ता रलिम्पियाधुरा- सन्दकपुर-कालापानी-सुस्स्ता लगायतका भुमी कब्जा गरि बसेको इण्डियाली फौज हट्नुपर्ने माग सहित अभियान सन्चालन गर्दै आएका ग्रेटर नेपाल रास्ट्रबादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललाई जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
आज बिहान करिब ११ बजे साथिको कारमा यात्रा गरिरहेका बखत मोर्चाको कार्यालयबाट नजिकै बन्नेश्वरदेखि प्रहरिले नियन्त्रणमा लिएको थियो । उनलाई कुन कसुरमा पक्राउ गरिएको हो र के मुद्धा चलाउने भन्ने समेत थाहा नभएको प्रहरिले आखिर किन पक्राउ गर्यो ? कहिले सम्म राखिने छ, भन्ने बिषयमा प्रहरिले अहिले सम्म केही बोलेको छैन ।
अहिले ३ बजे सम्म उनलाई सोधपुछ समेत गरिएको छैन । दुर्गा प्रसाईंको कम्बोडिया प्रकरण, सहकारी पिडितको प्रतिरोधपुर्ण आन्दोलन र इण्डियन सैनिक कमाण्डरको नेपाल भ्रमण सहितका बिशयहरु सडकमा उठेका छन । तथापी फणिन्द्र नेपाललाई पक्राउ गरेर यश मध्य कुन आन्दोलनलाई निस्तेज पार्न खोजिएको भन्ने यकिन नभएपनी इण्डियाली स्थल सेनाध्यक्ष उपेन्द्र दिबेद्धिको नेपाल भ्रमण र उनलाई मानार्थ नेपाली सेनापतिको पदबी दिने कार्यको बिरोध गर्दै आएकाले उनलाई पक्राउ गरिएको अनुमान गरिएको छ ।
अहिले उनलाई जिल्ला प्रहरी परिशर काठमाण्डौ, भद्रकालिमा राखिएको छ ।
