बालेनको पालिका र अदालत समेतले यस्तो गरे? नेपालका सरकारी लेटरप्याडमा इण्डीयाको निसानछाप, के अनौठो भयो र ?

संबिधान नै संसोधन गरेर देशको निसान छाप समेत परिबर्तन गरिएको बर्षौ भयो । यतिका बर्ष भैसक्दा समेत खुल्ला प्रतिस्पर्धा र योग्यताका आधारमा छनौट भएका भनिएका देसका कर्मचारीहरुलाई नेपालको नक्सा र निसान छाप कस्तो छ भन्ने अझै जानकारी समेत नहुनु घिनलाग्दा मात्र हैन अयोग्यताको बलियो प्रमाण हो ।
यस्तै हबिगत काठमाण्डौं माहनगरपलिकामा पनि भेटियो । मेयर बालेनलाई हेक्का होस । त्यसो त देशका सबै जसो कार्यालयको हबिगत उस्तै छ । सर्बोच्च अदालत लाई त थाहा छैन भने अरुको के कुरा । यो दृष्यले संबद्ध कर्मचारी र नेतृत्वको प्रमाणपत्र नै फर्जि हो कि प्रश्न सिर्जना गरेको छ ।
यस हिसाबले हाम्रा कर्मचारी–प्रसासकहरुमा यस्तो अयोग्यता बढदै जाँदा कुनै दिन लेटरप्याडमा इण्डीयाको निसान छाप राखिदिएछन भने पनि अनौठो मान्नु पर्ने छैन ।

