धरान प्रहरीको धन्दा,धम्कि कि लापरवाही ? कि आर्थिक मितव्ययिताको बहानामा राज्यलाई चुनौती ? ? धरानका मेयर बिरुद्ध कि सरकार बिरुद्ध ? यसको जवाफ कसले दिने ? अर्थ के ?
बढ्दो भ्रस्टाचार, गैर जिम्मेवार र अटेरी कर्मचारी प्रसासन र झुटपुर्ण राजनीतिले गाजिएको नेपालको दुखद हबिगतका बीच धरानका मेयर हर्क सांपाङ्गको उदयलाई आम नेपालीले अन्धकारमा भेटिएको दियोका रुपमा लिदै आएका छन्। उनि गलत प्रवृत्ति र बिरोधि पात्रका बिरुद्ध निच र अनुपयुक्त शब्दले प्रतिकार गर्दछन। उनको यस्ता केहि प्रस्तुतिलाइ लिएर भएको असम्बन्धित व्यक्तिहरुको आलोचना उनको निजि स्वभाव संग संबन्धित भए पनि नागरिकलाई भने मेयर सांपाङ्गको रुखो प्रस्तुतिले कुनै घाटा पुर्याएको भने छैन।
मेयर साम्पाङ्गको प्रस्तुतिमा रूखोपन भेटिएपनि उनि पेसागत र पदिय मार्यादामा जिम्मेवार छन्, घुस खादैनन् , कमिसनका लागि बदमासी गर्दैन्न भन्ने कुरामा २ मत छैन। यसो भन्दै गर्दा उनले सारा समास्याको अन्त्य र बिकासको सम्पूर्ण काम पुरा गरिसकेर जनताको सबै अपेक्षा पुरा गरिसके भन्ने हैन।
त्यसो त् भ्रस्टाचार नगर्ने यो देशमा कोहि छ भने त्यो हर्क नै हुन् भन्न सकिन्छ। किन कि उनका बिरोधि र सचेत समुहहरुका हजारौ आखाहरूले नियालिरहेका कारण उनलाई गलत गर्न त्र्सास र राम्रो गर्न थप उर्जा प्रदान गरेको यथार्थलाई कसैले भुल्नु हुदैन पनि।
तर पनि मेयर हर्क जस्ता प्रसासकलाई अटेरी गर्ने देखि उनका बिरुद्ध अभियान चलाउने समुहमा राज्यको कोषबाट तलब भत्ता खाने कर्मचारीहरु समेत रहेको दृश्यहरु भेटिएका थिए। यो भने उनका लागि थप चुनौती मात्र हैन यसले समग्र रास्ट्रको सुसासनको अभियानलाई अबरोध गर्दै आएको इतिहासले पुस्टि गरिसकेकै छ।
नेपाल संघिय संरचनामा जानु पुर्व धरान कोशी अञ्चलमा पर्दथ्यो। संघिय सिमांकन संगै प्रदेशको नाम नै प्रदेश नंबर १ नामाकरण गरियो। त्यस पछि प्रदेश १ को संसदले आफ्नो नाम कोशी प्रदेश नामाकरण गर्यो। तर यस नामाकरण संबन्धमा पूर्वका पहिचानबादी राजनितिज्ञहरुले बिरोध जनाउदै नाम फेरेर जनता र भूगोल झल्किने नाम राख्नु पर्ने भन्दै भिसण आन्दोलन गरेका थिए। अन्ततगोत्व उक्त लामो संघर्ष त्यसै तुहियो।
तर धरान प्रहरी कार्यालयको यो फण्डा यस भन्दा फरक छ।
धरानको वडा प्रहरी कार्यालयको बोर्डमा नत पूर्वका पहिचानबादिको माग बमोजिमको (विद्रोहको पक्षमा ) प्रदेश १ को संसदले राखेको नामाकरण बिरुद्ध नया नाम जुराएको छ नत पुरानो नाम प्रदेश १ नै भनेर स्वीकारेको छ। नत बर्तमानमा कायम रहेको कोशी प्रदेश नै भनेको छ बरु प्रहरी कार्यालयको बोर्डमा राजाकालीन समयमा नामाकरण गरिएको नाम “कोशी अञ्चल” उल्लेख छ। जबकि यस बेला नेपालले आफ्नो भौगोलिक र प्रसासकिय हिसाबले अञ्चलको परिकल्पना नै गरेको छैन । त्यसो भए यो दृश्यको अर्थ के ? यो बोर्ड हेर्नुहोस। धरानको मुटुमा रहेको पुरानो प्रहरी कार्यालको बोर्ड। यहा लेखिएको छ – “नेपाल सरकार , गृह मन्त्रालय , प्रहरी कार्यालय धरान (कोशी अञ्चल) भनेर साइन बोर्डमा लेखिएको छ।
के मेयर सांपाङ्ग यो बाटो हिडे हिडेनन ? कि थाहा पाएर पनि उनको समहती रहयो ? कि प्रहरीले चुनौती दियो ? कि यसको नामले कुनै फरक पर्दैन ?
