Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

आलोचित राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सच्याउन पत्र

कालो किताब July 9, 2026
IMG-20260709-WA0005

समाचार प्रतिवेदन

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सच्याउन एमालेको पत्र

काठमाडौं, २५ असार २०८३ ।

नेकपा (एमाले) ले राष्ट्रिय मानव अधिकार आयोगको २०८२ साल भदौ २३ र २४ गतेका घटनासम्बन्धी प्रतिवेदनलाई ‘पूर्वाग्रही र असंवैधानिक’ भन्दै तत्काल सच्याउन माग गरेको छ। एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आज आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष औपचारिक निवेदन दर्ता गराउनुभएको हो।

यो विषयले एमाले र आयोगबीचको सम्बन्धमा थप तिक्तता थपेको छ। एमालेले आयोगको प्रतिवेदनमा २०८२ साल भदौ २४ गते भएको विद्धंसात्मक आगजनीको घटनालाई सही रूपमा सम्बोधन नगरिएको र वास्तविक दोषीहरूलाई जवाफदेही बनाउन असफल भएको आरोप लगाएको छ।

गम्भीर आरोप र पारदर्शिताको माग

एमालेले आयोगको निर्णय नं. १७७ अन्तर्गतको प्रतिवेदन संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय मानव अधिकारका स्थापित मान्यता तथा सिद्धान्तहरूसँग बाझिएको दाबी गरेको छ। यसअघि नै आयोगसमक्ष आवश्यक कागजात र प्रतिवेदनको प्रतिलिपि माग गरिए पनि पूर्ण रूपमा उपलब्ध नगराइएकोमा एमालेको असन्तुष्टि रहदै आएको छ ।

एमालेले आयोगसँग लिली थापाको नेतृत्वमा गठित छानबिन समितिले पेस गरेको मूल प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेको छ। साथै, आयोगले उक्त प्रतिवेदनको कुन–कुन अंश स्वीकार गर्‍यो, कुन अंश हटायो वा थप गर्‍यो र त्यसको कारण के थियो भन्ने स्पष्ट विवरणसमेत माग गरिएको छ।

आयोगसँग उक्त घटनाको छानबिनसँग सम्बन्धित सबै प्रतिवेदन र कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग सहित तमाम विषयमा आयोगबाट थप कुनै छानबिन, अनुसन्धान वा अध्ययन भएको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा कागजातहरूको पनि विवरण माग गरेको बताईएको छ । ”

मेयर बालेन र तत्कालीन प्रधानसेनापतिलाई उन्मुक्ति दिएको आरोप

एमालेको यो कदमले आयोगको निष्पक्षता र प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। आयोगको प्रतिवेदनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र तत्कालीन प्रधानसेनापतिलाई जिम्मेवार नबनाइएको भन्दै स्वतन्त्र विश्लेषकसहित स्वयं एमालेले विगतमा पनि आपत्ति जनाएको थियो। यस्ता विषयलाई एमालेले ‘संशयपूर्ण’ भन्दै टिप्पणी गर्दै आएको पृष्ठभूमिमा यो पछिल्लो कदम सार्वजनिक भएको हो।

२०८२ भदौ २४ को विद्धंसात्मक आगजनीको घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन एमालेको यो कदमलाई राजनीतिक वृत्तमा महत्त्वपूर्ण मानिएको छ। अब आयोगले एमालेको मागलाई कसरी सम्बोधन गर्छ र कस्तो जवाफ दिन्छ भन्ने कुरा चासोका साथ हेरिएको छ।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: निर्मला पन्तको डीएनए परीक्षण विवाद अध्ययन कार्यदलका संयोजक डा. जीवन रिजालको सनसनीपूर्ण खुलासा: पर्दाभित्रको घटना संग्रह Video
Next: निर्मल पन्त प्रकरण अनुसन्धानमा प्रहरीलाई नै बेहोस बनाएर लीने बयान नार्को टेस्ट के हो ? बैधता र अनुमतिबारे रबिन्द्र रेग्मी

Related Stories

FB_IMG_1789925655707

आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”

कालो किताब September 20, 2026 0
Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

FB_IMG_1789925655707

आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”

कालो किताब September 20, 2026 0
Rasuwa Badhi

​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार

कालो किताब September 7, 2026 0
1788633235676

श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन

कालो किताब September 5, 2026 0
1788609925205

हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!

कालो किताब September 5, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • आईजीपी दानबहादुर मेरो साथी हुन्, आज खुलेर भन्छु- म कसरी पक्राउ परेँ?: पत्रकार किशोर श्रेष्ठ”
  • ​विपद्का नाममा राजनीति: रसुवा बाढीपछि शक्ति राष्ट्रको दुर्व्यवहार
  • श्रीपेचको महत्त्वाकाङ्क्षादेखि नागार्जुनको बसाइँसम्म: ज्ञानेन्द्रको उदय र पतन
  • हामीलाई दया होइन अधिकार चाहियो: जलवायु कोषको ऋण अस्वीकार!
  • KYC अद्यावधिकको नाममा करोडौँ ठग्ने गिरोह पक्राउ: २८ वटा नम्बर सार्वजनिक गर्दै ब्युरोको चेतावनी

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.